default_image

Featured

December 30, 2017

सालाहको दुई गोलमा लिभरपुल विजयी, चेल्सीको शानदार जित

लिभरपुल (एजेन्सी) – प्रिमियर लिगको बलियो टोली लिभरपुलले लेस्टर सिटीलाई २-१ ले हराएको छ । लिभरपुलको जितमा फरवार्ड मोहम्मद सालाहले दुई गोल गरे । खेलको तेस्रो मिनेटमै लेस्टर सिटीका जेमि भार्डिले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको खेलको ५२ औं तथा ७६ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् […]

December 30, 2017

राखेप च्याम्पियनसिप भलिबलमा आर्मी र एपिएफलाई उपाधि

पोखरा (हाम्रो खेलकुद)– राखेप च्याम्पियनसिप राष्ट्रिय भलिबलमा च्याम्पियनसिपमा विभागिय टोलीले उपाधि जितेका छन् । आज भएको फाइनलमा महिलातर्फ नेपाल एपिएफ क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका हुन् । ३१ औं राष्ट्रिय पुरुष भलिबल समेत रहेको प्रतियोगिताको फाइनलमा आर्मीले अर्को विभागिय टोली एपिएफलाई ३–० को सोझो सेटमा हरायो । अर्कोतिर २१ औं राष्ट्रिय महिला […]

December 30, 2017

खप्तड गोल्ड कपमा थ्री स्टारको पहिलो भेट झापासँग

धनगढी (हाम्रो खेलकुद)– एक वर्ष भन्दा लामो समयपछि रुस्लान थ्री स्टार क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपमार्फत फर्कदैछ । तर, टोलीलाई खप्तड गोल्ड कपको पहिलो खेलमै मोफसलकै बलियो टोली रमपम झापा ११ को सामना गर्नुपर्ने भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारबाट धनगढीमा सुरु हुने मोफसलकै सर्वाधिक पुरस्कार राशीको खेल तालिका सार्वजनिक हुँदा […]

December 30, 2017

भैरहवा विरुद्ध विराटनगर – इपिएल फाइनल [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडिएटर्सलाई पराजित गर्दै विराटनगर वारियर्स टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

December 30, 2017

विराटनगरलाई इपिएल उपाधि, भैरहवा १ रनले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडिएटर्सलाई पराजित गर्दै विराटनगर वारियर्स टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । विराटनगरले भैरहवालाई रोमाञ्चक बनेको खेलमा १ रनले पराजित गर्दै इपीएलको च्याम्पियन बनेको हो । जितसँगै विराटनगरले २१ लाख रुपैया प्राप्त गर्‍यो । जितसँगै विराटनगरले भैरहवामाथि लगातार तेस्रो जित दर्ता गर्‍यो । भैरहवा विराटनगरसँग […]

December 30, 2017

भैरहवा विरुद्ध विराटनगर – इपिएल फाइनल पहिलो इनिङ्ग्स [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भैरहवा ग्ल्याडियटर्सलाई जितको लागि १ सय ५० रनको विजयी लक्ष्य दिएको छ । भैरहवाले केही बेरमा ब्याटिङ थाल्नेछ ।

December 30, 2017

भैरहवालाई जितको लागि १ सय ५० रनको विजयी लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले टीभिएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भैरहवा ग्ल्याडियटर्सलाई जितको लागि १ सय ५० रनको विजयी लक्ष्य दिएको छ । भैरहवाले केही बेरमा ब्याटिङ थाल्नेछ । भैरहवा र विराटनगर प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्दै छन् । दुवै खेलमा विराटनगर विजयी भएको थियो । लिग चरणको खेलमा ३५ […]

December 30, 2017

युनाइटेड साउथह्याम्पटनको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज साउथह्याम्पटनसँग भिड्दै छ । युनाइटेडको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार राती ११.१५ बजे सुरु हुने छ । घरेलु टोली युनाइटेडका लागि मुख्य डिफेन्डर क्रिस स्मलिङ र एरिक बाई घाइते रहेकाले भिक्टर लिन्डेलफले फिल जोन्ससँग डिफेन्स सम्हाल्ने छन् । त्यस्तै साउथह्याम्पटनका लागि […]

wiman Anant

December 29, 2017

विमल र अनन्त रुस्लान थ्री स्टारसँग आबद्ध

दिपेन्द्र पोखरेल काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका स्टार खेलाडीद्वय विमल घर्ती मगर र अनन्त तामाङ केहि दिनअघि रुस्लान थ्री स्टार क्लबसँग आबद्ध भएका छन् । अर्को साताबाट धनगढीमा सुरु हुने नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामार्फत थ्री स्टार एक वर्ष भन्दा लामो समयपछि घरेलु फुटबलमा पुनरागमन गर्दैछ । खप्तड गोल्ड कप पुस २१ गते […]

December 29, 2017

इपीएल फाइनल भोली – भैरहवाले अपराजित विराटनरलाई रोक्ला ?

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको शनिबार फाइनल हुँदा विराटनगर वारियर्सले जितलाई निरन्तरता दिन्छ वा भैरहवा ग्ल्याडिएटर्सले अघिल्ला दुई हारको बदला लिन्छ भन्नेमा बढी चासो हुनेछ । इपीएलमा विराटनगर यो सिजनमा अपराजित एक्लो टोली हो । लिग सबै खेल जित्दै शीर्षस्थानमा विराटनगर थियो भने भैरहवामा दोस्रो स्थानमा थियो । तस्बिरहरु […]

Success

Thank you for your time.