January 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर बाबु बन्ने भएका छन् । शरद की श्रीमती चलचित्र नायिका निशा अधिकारीले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत आमा बन्न लागेको सार्वजनिक गरेकी छिन् । शरद र निशा असार १६ गते बैवाहिक बन्धनमा बाँधिएका थिए । निशाले नयाँ वर्षको अवसर पारेर समर्थक माझ […]
January 1, 2018
लिभरपुल (एजेन्सी) – नयाँ वर्षको दिन प्रिमियर लिगमा खराब लयमा रहेको म्यानचेस्टर युनाइटेड एभर्टनसँग भिडदै छ । एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ११.१५ बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका लागि रोमेलु लुकाकु घाइते छन् । त्यस्तै अर्का स्ट्राइकर ज्लाटान इब्राहिमोभिच पनि घाइते भएकाले मार्कोस रासफोर्डले युनाइटेडको अग्रपंक्ति सम्हाल्ने […]
January 1, 2018
वेष्ट ब्रोमविच (एजेन्सी) – गए राति प्रिमियर लिगमा आर्सनल वेष्ट ब्रोमसँग १-१ को बराबरीमा रोकिएको छ । सो खेल आर्सनलका प्रशिक्षक आर्सन वेंगरको कीर्तिमानी ८ सय ११ औं खेल पनि थियो । पहिलो हाफ खेल नियन्त्रणमा राखे पनि आर्सनलले अवसरहरु भने सिर्जना गर्न सकेको थिएन । खेलको दोस्रो हाफमा भने आर्सनलका एलेक्सिस सान्चेजले गरेको प्रहार […]
December 31, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको १८ खेलको विजयी यात्रामा पूर्ण विराम लागेको छ । क्रिस्टल प्यालेसले सिटीलाई आफ्नै घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको थियो । खेल आफ्नो नियन्त्रणमा राखे पनि घरेलु टोली क्रिस्टल प्यालेसले खेलको दुई राम्रा अवसर पाएको थियो । खेलको अन्तिम मिनेटमा प्यालेसले पाएको पेनाल्टीलाई सिटीका गोलकिपरले बचाऊ […]
December 31, 2017
हेटौंडा (हाम्रो खेलकुद) – सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा तेस्रो हेटौंडा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता फागुन पहिलो साताबाट हुने भएको छ । आयोजकले यसअघि गत कात्तिकमा पत्रकार सम्मेलनमार्फत नै प्रतियोगिता पुस ८ गतेबाट १५ गतेसम्म हुने जानकारी गराएको थियो । तर, प्राविधिक कारण प्रतियोगिता फागुनमा सार्नु परेको प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले बताए । तेस्रो […]
December 31, 2017
दिपक बोहोरा पाँचथर – सुनसरी ११ ले नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मोरङ ११ लाई २–० ले हराउँदै सुनसरी च्याम्पियन बनेको हो । सुनसरीलाई जित दिलाउन तीर्थ बस्नेत र सुरज सुनुवारले गोल गरे । रेफ्रीका रुपमा फिफा रेफ्री लव खत्रीको अन्तिम खेलका रुपमा रहेको फाइनलमा खेलको अन्त्यतिर गोल भएको […]
December 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिमाञ्चलले फराकिलो जितसहित राखेप च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताको सुरुआत गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले मध्यमाञ्चलमाथि ६–२ को फराकिलो जित हासिल गर्यो । टोलीको जितमा निर्मला विकेले ह्याट्रिकसहित ४ गोल र अमृता जैशी र कप्तान घिम कुमार गुरुङले समान २ गोल गरे […]
December 31, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज क्रिस्टल प्यालेससँग भिड्दै छ । नेपाली समय अनुसार ५.४५ बजे सुरु हुने सो खेल क्रिस्टल प्यालेसको घरेलु मैदान सेल्हर्स्ट पार्कमा खेलिँदै छ । म्यानचेस्टर सिटीका लागि कप्तान भिन्सेन्ट कम्पनी घाइते छन् । उनको स्थानमा इलाकुम मङ्गाला खेल्दै छन् । त्यस्तै आज सर्जियो अगुएरो र […]
December 31, 2017
बार्सिलोना (एजेन्सी) – नयाँ वर्षको सुरुवातसँगै विन्टर ट्रान्सफर विन्डो पनि खुल्ने छ । त्यस्तैमा विभिन्न क्लबहरु आफ्नो टोलीलाई बलियो बनाउन खेलाडि भित्राउनतिर लाग्ने छन् । यसै अवसरमा अमेरिकी फुटवेर कम्पनी नाइकिले फिलिप कौटिन्हो बार्सिलोना जाने सङ्केत दिएको छ । यस सिजनको सुरुवात अघि कौटिन्हो बार्सिलोना जान खोजे पनि लिभरपुलले उनको ट्रान्सफर रोकेको थियो । तर […]
December 30, 2017
दिपक बोहोरा फिदिम – फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्डकप प्रतियोगिताको भोली हुने फाइनल खेलका लागी मोरङ ११ र सुनसरी ११ तयार रहेका बताएका छन् । फाइनल खेलको अधिल्लो दिन आयोजक फिदिम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रिम्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षकहरुले फाइनलको लागी आफू तयार रहेको बताएका हुन् । फाइनल खेल भोली २ बजे […]