December 28, 2017
लिभरपुल (एजेन्सी) – जनवरी ट्रान्सफर विन्डो सुरु हुन लाग्दै गर्दा इङ्लिस क्लब लिभरपुलले साउथह्याम्टनबाट २६ वर्षीय डिफेन्डर भर्जिल भ्यान डाइक खरिद गर्ने आधारिक खबर सार्वजनिक गरेको छ । जनवरी १ मा विन्डो खुले लगतै डच सेन्टर ब्याक भ्यान डाइक लिभरपुलका खेलाडी बन्ने छन् । समर विन्डोदेखि नै उनलाई खरिद गर्न प्रयासरत लिभरपुल साउथह्याम्टनलाई ७५ मिलियन पाउन्ड तिर्ने सम्झौतामा पुगेको हो […]
December 28, 2017
लण्डन (एजेन्सी) – चेल्सीका पूर्व खेलाडि रे विल्किन्सले टोटनह्यामका स्ट्राइकर ह्यारी केन अहिले बार्सिलोनाका लियोनल मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोकै स्तरमा रहेको बताएका छन् । साउथह्याम्पटनविरुद्ध ह्याट्रिकसहित केनले सन् २०१७ को सबै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडि बने । यस वर्ष कुल ५६ गोल गर्दै उनले मेस्सी (५४ गोल) र रोनाल्डो (५३ गोल) दुवैलाई […]
December 28, 2017
न्युकासल (एजेन्सी) – गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई १-० ले हराएको छ । सो जितमा म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टेर्लिङले गोल गरेका थिए । खेलभरी पुरै पकड बनाएको सिटीको जित भने संघर्षपूर्ण रह्यो । सिटीले खेलभरी २१ प्रहार गरे पनि केभिन डे ब्रुयनको पासमा स्टेर्लिङले ३१ औं मिनेटमा गरेको […]
December 27, 2017
सुनसरी (हाम्रो खेलकुद) – इटहरीमा हुन गइरहेको १२ औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता यही पुस १७ र १८ गते सुनसरीको इटहरी रंगशालाको नवनिर्मित कभर्डहलमा आयोजना हुँदै छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संयोजक राष्ट्र राईले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको […]
December 27, 2017
पोखरा (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भलिबल प्रतियोगितामा विभागिय टोली नेपाल एपिएफ क्बल र नेपाल पुलिस क्लबले दोहोरो जित हासिल गरेका छन् । २१ औं राष्ट्रिय महिला भलिबल समेत रहेको प्रतियोगितामा आज एपीएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २५–९,२५–१९ र २५–७ ले हरायो । महिलातर्फ नै पुलिसले पुर्वाञ्चललाई २५–१७,२५–१५ र २५–१६ ले पराजित […]
December 27, 2017
दिपक बोहोरा पाँचथर– यो वर्ष अहिले सम्मको सबैभन्दा सफल टोली त्रिभुवन आर्मी क्लब नवौ रुस्लान फाल्गुनन्द गोल्ड कपको पहिलो खेलमै स्तब्ध भएको छ । मोरङ ११ सँग आज टाइब्रेकरमा ४–२ ले पराजित हुँदै आर्मी पहिलो खेलबाट फर्केको छ । मोरङ भने सेमिफाइनल पुगेको छ । अब मोरङ फाइनल प्रवेशका लागि शुक्रबार साविक विजेता विर्ता युनाइटेडको […]
December 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रियट्स टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर खेलमा पोखरा राइनोजलाई २७ रनले पराजित गर्दै ललितपुरले क्वालिफायरको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्ससँगको भेट पक्का गरेको हो । क्वालिफायरको दोस्रो खेल बिहिबार हुनेछ । ललितपुरले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको पोखरा […]
December 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद)- ललितपुर प्याट्रियट्सले टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको इलिमेटरको पहिलो खेलमा पोखरा राइनोजलाई जितको लागि १ सय ३९ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रनको सामान्य योगफल बनायो । पोखराले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ […]
December 27, 2017
बाबरको अर्को विष्फोटक अर्धशतक काठमाडौं (हाम्रो खेलकुद) –विराटनगर वारियर्स राजधानीमा जारी टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इपीएल अन्र्तगत बुधबार भएको क्वालिफायरमा बाबर हायतले अर्को अर्धशतकीय इनिङ्स खेलपछि भैरहवा ग्लाडियटर्सलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । पराजित भएपनि भैरहवाले आजै हुने इलिमेटरको विजेतासँग अर्काे इलिमेटर खेल्ने […]
December 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगर वारियर्सले राजधानीमा जारी टीभिएस एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायरमा जितका लागि १ सय २८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रनको मध्यम स्कोर खडा गरेको हो । भैरहवाका लागि […]