November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – कोकाकोला कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि छात्रको बाल सिर्जनालय काडमाडौं र छात्राको दुर्गा देवी सेकेण्डरी स्कुल रौतहटले जितेको छन् । एन्फा कम्म्लेक्समा बिहीबार भएको फाइनल खेलमा एभरेष्ट स्कुललाई १–० ले हराउँदै सिर्जनालयले उपाधि जितेको हो । खेलको ७२ औं मिनेटमा आले मगरले गरेको गोल खेलको निर्णायक बनेको थियो । […]
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लबले प्रधान सेनापति पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक समेत रहेको अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई आज ३–२ ले हराउँदै एपिएफले उपाधि जितेको हो । सावित्रा भण्डारीको गोलबाट दोस्रो मिनेटमै एपिएफले अग्रता लिएको थियो । ३२ औं मिनेटमा सपना लामाले गोल गर्दै आर्मीलाई […]
November 23, 2017
सबिन शेर्मा झापा – सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताका लाागि आज ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । जुन टोलीले जितेपछि यी दुई टोलीबीच यो वर्षको भने पहिलो भेट हुनेछ । नकआउट फुटबलमा गत वर्ष मनाङ सर्वाधिक सफल टोली रहेको थियो भने त्यसपछिका सफल टोली आर्मी र सिएमजी […]
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद) – वर्षाले अघिल्ला दुई खेलमा अंक बाढेको नेपालले आइसीसी महिला टि ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा आज तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । खेल बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे सुरु हुनेछ । यसअघि नेपालले आयोजक थाइल्यान्ड र हङकङसँगको […]
November 23, 2017
टुरिन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोना र युभेन्टस गोलरहित बराबरीमा रोकिएका छन् । समूहमा ११ अंकका साथ बार्सिलोना अन्तिम १६ मा छनोट भएको छ । त्यस्तै इङ्ग्लिस च्याम्पियन चेल्सी काराबागसँग ४-० ले विजयी रह्यो । चेल्सीको जितमा विलियनले दुई गोल गरे । त्यस्तै एडेन हाजार्ड र सेस्क फ्याब्रिग्यासले पनि एकएक गोल गरेका […]
November 23, 2017
पेरिस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘बि’ अन्तर्गत पेरिस सेन्ट जर्मन (पिएसजी) ले सेल्टिकमाथि ७-१ को जित दर्ता गरेको छ ।पिएसजीको जितमा नेयमार र एडिन्सन काभानीले दुई-दुई तथा किलियन बाप्पेले एक गोल गरेका थिए । मुसा डेम्बेलेको प्रहारद्वारा सेल्टिकले पहिलो मिनेटमै आश्चर्यजनक अग्रता लिएको थियो । तर नवौं र २२ औं मिनेटमा गोल गर्दै नेयमारले […]
November 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको भुम्रे सेकेण्डरी स्कुल र रौतहटको दुर्गा मावि कोकाकोला अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । सातदोबाटोस्थि एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको सेमिफाइनलमा भुम्रेले सिन्धुपाल्चोकको सेतीदेवीलाई २–० ले हराएको थियो । दुर्गा माविले कैलालीको श्री शंकर सरस्वतीलाई १–० ले हराउँदै भुम्रेसँगको फाइनल भेट पक्का गरेको थियो […]
November 22, 2017
सबिन शेर्मा झापा – ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब वर्षको दोस्रो उपाधिका लागि भोली एक अर्कोको सामना गर्दैछन् । झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको फइनलमा यी दुई टोलीले एकअर्काको सामना गर्नेछन् । यी दुई टोलीबीच यो वर्षको भने पहिलो भेट हुनेछ । नकआउट फुटबलमा गत […]
November 22, 2017
कारकभिट्टा (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले मोसफलको सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कारकरभिट्टा माविको मैदानमा आज भएको खेलमा पुलिसले भारत कोलकताको सुभास चन्द्र ब्वाइज क्लबलाई ४–० ले हराएको थियो । जितसँगै पुलिस सेमिफाइनल पुगेको छ । राजधानीमा हिजो सम्पन्न चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो […]
November 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालबाट दुई म्याराथन धावक गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठले चीनको डोङग्वानमा हुने एसियाली म्याराथन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । म्याराथन नोभेम्बर २६ तारिखमा हुँदैछ । तीन सदस्यीय टोली बिहिबार प्रस्थान गर्दैछ । टिम अफिसियलमा नेपाल एथलेटिक्स संघका सदस्य दिलबहादुर बम रहेका छन् । गत सेप्टेम्बरमा राजधानीमा सम्पन्न काठमाडौं म्याराथनको प्रदर्शनका […]