default_image

Featured

Dudhe

September 21, 2017

हिमालयन शेर्पा टुबोर्ग दुधे कपको सेमिफाइनलमा

झापा (हाम्रो खेलकुद)– ए डिभिजन क्लब हिमालयन शेर्पा टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय लिग खेलिसकेको मोफसलको बलियो टोली झापा ११ लाई आज पेनाल्टीमा ३–२ ले हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा अग्रता लिएर पनि त्यसलाई […]

September 21, 2017

सैनिक युथ झापा एकेडेमी फुटबलको सेमिफाइनलमा

झापा (हाम्रो खेलकुद)– सैनिक युथ क्लब झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । प्रतिस्पर्धात्मक खेलमा बेलबारी फुटबल क्लबलाई ५–४ ले हराउँदै सैनिक युथले अन्तिम चारको यात्रा तय गरेको हो । सैनिकका लागि विकेश लिम्बु २ तथा हाङसु लिम्बु, बालकृष्ण राई र राज कन्दङ्वाले समान १ गोल गरे । जेबि रबर एमएफसी […]

September 21, 2017

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हासिल गरेको छ । आजको खेलमा उप कप्तान ज्ञानेन्द्र मल्लको शतकबाट प्ररित नेपाली टोली मिलानपुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गर्यो । २ सय ५२ रनको लक्ष्य पछ्याएको मिलानपुरले राम्रो सुरुआत गरेपछि टोलीले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९९ […]

September 21, 2017

प्रतिभा नेदरल्यान्ड्स जाँदै, साहस स्पोर्टसले गर्यो विदाइ

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा माली तीन साताको प्रशिक्षणका लागि आज नेदरल्यान्ड्स जाने भएकी छन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेलको निमन्त्रणमा उनी त्यसतर्फ जान लागेकी छिन् । साहस स्पोर्टसले प्रतिभालाई एक कार्यक्रमका बीच आज विदाइ गरेको छ । खेलकुद पोशाक उत्पादक कम्पनी साहसले झन्डै दुई महिनाअघि प्रतिभालाई आफ्नो ब्रान्ड […]

September 21, 2017

अभ्यास खेलमा नेपालले बनायो २ सय ५१ रन

काठमाडौं (हाम्रो खेलकुद)– उप कप्तान ज्ञानेन्द्र मल्लको शतकसँगै भारतको चेन्नई भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा ७ विकेटको क्षतिमा २ सय ५१ रन बनाएको छ । मिलानपुर रिक्रियसन क्लबविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले रिटार्य हर्ट हुनुअघि सय रन बनाएका थिए । उनले पहिलो विकेटका लागि सागर पुनसँग ६७ रनको […]

Gyanendra Malla Nepal

September 21, 2017

उपकप्तान ज्ञानेन्द्रको शतक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको चेन्नइ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो अभ्यास खेलमा शतक प्रहार गरेका छन् । ज्ञानेन्द्र १ सय रन बनाएपछि रिटायर्ड आउट हुँदै बाहिरिएका छन् । मिलानपुर रिक्रियसन क्लबसँगको खेलमा नेपाली टोलीले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको हो । ज्ञानेन्द्रले ओपनरको रुपमा नेपालको इनिङ्ग्स सम्हालेका थिए । अर्का […]

Ronaldo

September 21, 2017

घरेलु मैदानमा रियल पराजित

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिगामा खराब प्रदर्शनलाई निरन्तरता दिँदै घरेलु मैदानमा रियल बेटिससँग १-० को हार बेहोरेको छ । ७३ खेलमा पहिलो पटक गोल गर्नबाट चुकेको म्याड्रिड अंक तालिकामा सातौं स्थानमा झरेको छ । रियलकालागि ५ खेलको प्रतिबन्ध पछि फर्केका क्रिस्टियानो रोनाल्डोलेको पुनरागमन सुखद हुन सकेन । रियलका पूर्व गोलकिपर एन्टोनियो एडानले बेटिसको […]

Sunil Shrestha

September 20, 2017

भारतसँगको खेल ‘गर या मर’ – प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – इराकका प्रशिक्षक अली हादीले नेपालले डिफेन्सलाई ध्यान दिएको कारण धेरै गोल निकाल्न नसकेको बताए । नेपाली डिफेन्सलाई प्रसंसा गर्दै हादीले नतिजा प्रति सन्तुष्टी जनाए ।    जितपछि हादीले नेपालले डिफेन्सलाई बढी जोड दिएर खेल्दा कम स्कोरमा चित्त बुझाउनु परेको बताए । ‘घरेलु टोलीसँग पहिलो खेल नै खेल्नु पर्दा हामीलाई केही गाह्रो भयो […]

Nepal vs Bhutan

September 20, 2017

साफ यू-१८ : नेपाल भुटानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारि साफ यू-१८ च्याम्पियनसिपमा साविक विजेता नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । आयोजक भुटानसँग नेपाल १-० ले पराजित भएको हो । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको भुटानको यो लगातार दोस्रो जित हो । नेपालले खेलमा नियन्त्रण गर्दै धेरै जसो समय बलमा पकड जमाएपनि गोल गर्न भने सकेन । भुटानले दोस्रो […]

Nepal concede

September 20, 2017

छनोट चरणको पहिलो खेलमा नेपाल इराकसँग पराजित

विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको खेलमा नेपाल इराकसँग १-० ले पराजित भएको छ । खेलमा पूर्ण नियन्त्रण बनाएको इराकले गोलकिपर बिशाल सुनारको गल्तीमा गोल गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।  पहिलो हाफदेखि खेलमा हावी रहेको इराकी टोली खेलको २८ मिनेटमा अग्रता लिनबाट चुकेको थियो ।  इराकका मोहम्मद रिधा अल्घानमीले ६ […]

Success

Thank you for your time.