default_image

Featured

January 11, 2017

ढोरपाटन महिला भलिबलमा न्यू डाइमन्ट पुनः शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– न्यू डाइमन्ड एकेडेमीले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा पुनः शीर्षस्थानमा उक्लेको छ । बालाजु नयाँ बस पार्कस्थित नवनिर्मित कोटमा बुधबार रामेछापको चन्डेश्वरी युवा क्लबलाई हराँयदै न्यु डाइमन्ड अग्रस्थानमा पुगेको हो । चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा हराएको न्यू डाइमन्टले ५ खेलबाट १५ अंक जोडेको छ । […]

jhapa-xi

January 11, 2017

घरेलु फुटबल कहिले सम्म यसरी चल्छ ?

दिपक बोहोरा पाँचथर– नेपाल फुटबलको मैदान भित्र जति चर्चा हुन्छ । त्यो भन्दा धेरै चर्चा मैदान बाहिर हुनेगर्छ । अघिल्लो महिना अखिल नेपाल फुटबल संघ (एन्फा) को गल्तीको कारण रुस्लान थ्री स्टार क्लबले एएफसी कपको प्ले अफ खेल्न नपाए बाट नेपाली फुटबल केही समय मैदान बाहिर निकै चर्चामा रह्यो । केही दिनअघि मात्र नेपालको महिला […]

January 11, 2017

अघि बढ्दै म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर (एजेन्सी)– जाजे माउरिन्हो म्यानचेस्टर युनाइटेडलाई पहिलो महत्वपूर्ण उपाधि दिलाउने अभियानको एक कदम अघि बढेका छन् । हुवा माटा र मारोउने फिलानीले गोल गरेपछि इएफएल कप सेमिफाइनलको पहिलो लेगमा मंगलबार युनाइटेडले हल सिटीलाई २–० ले हराएको छ । खेलको ५८ औं मिनेटमा माटाले हेरिक मखिटारिनको पासमा माटाले गोल गरेका थिए । परिवर्तित फिलानीले खेल सकिन […]

January 10, 2017

रुस्लान कप क्रिकेटमा पुलिस र आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान कप टी– ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो दिन विभागीय टोलीनेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरआत गरेका छन् । रुस्लान कपको दोस्रो सस्करणको पहिलो दिन मंगलबार पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले र आर्मीले न्यू राइजिङ स्टारलाई ९ विकेटले हराएको थियो । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा […]

January 10, 2017

ओलम्पियन फुपुसहित पदक विजेता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन जुडोकी फुपुल्हामु खत्रीलाई नेपाल जुडो संघले मंगलबार २५ हजार रुपैयाँबाट पुरस्कृत गरेको छ । रियो ओलम्पिक– २०१६मा फुपुले महिला ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनले एक बाउट पूरा समय (४ मिनेट) टिकेर खेलेकोमा फुपुलाई पुरस्कृत गरेको हो । फुपुलाई एक बाउट पूरा समय टिकेको खण्डमा २५ हजार रुपैयाँबाट […]

January 10, 2017

चितवनलाई भेट्रान नाइन ए साइड फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – चितवन फुटबल क्लबले प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीको ठूलो ढुंगामा मंगलबार भएको फाइनलमा चितवनले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–० ले हराएको थियो । चितवनका लागि रविन्द्र श्रेष्ठले १ गोल गरे भने बाँकी २ गोल आत्माघाती थिए । चितवनले क्वाटरफाइनलमा […]

January 10, 2017

मनाङ मस्र्याङ्दी खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी धनगढीमा जारी भागेश्वर गुप्र खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । धनगढी रंगशालामा मंगलबार भुटानको ड्रुकस्टार फुटबल क्लबलाई २–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । सोझै क्वार्टरफाइनल पुगको मनाङ र भुटानी क्लबले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । ५१ औं […]

January 10, 2017

एपिएफ र न्यू डाइमन्ड महिला भलिबल लिगको शीर्षस्थानमा

काठमाडौँ (हाम्रो खेलकुद) – महिला भलिबलका दुई बलिया टोली एपिएफ र नैकापको न्यूडायमन्ड एकेडेमीले १२ औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा संयुक्त रुपमा अग्रता बनाएका छन् । नयाँबसपार्कमा मंगलबार एपिएफले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई ३–१ ले हराएपछि अघिल्लो दिन शीर्ष स्थानमा रहेको न्यूडाइमन्डसँग अंक बराबरी ग¥यो । चौथो दिनको खेलमा एपिएफले पश्चिमाञ्चलसँग […]

January 10, 2017

२०२६ फिफा विश्वकपमा ४८ टिम हुने पक्का

ज्युरीच (फिफा) – आज बसेको फिफा काउन्सिल बैठकले २०२६को फिफा विश्वकपमा ४८ टोलि सहभागी हुने पक्का भएको छ। फिफाको अधिकारिक ट्वीटरले “फिफा काउन्सिलको बैठकले २०२६ विश्वकपमा ४८ टोलि सहभागी हुने पक्का भएको छ। तिन टोलीको १६ समुहमा खेल खेलाइनेछ। विष्तृत विवरण बाँकी” भनेर उदृत गरेको छ। नवनिर्वाचित अध्यक्ष जियानी इन्फानटिनोले आफु निर्वाचित हुनुअघिनै ४८ टोलि […]

January 10, 2017

‘२०१६ मेरो करियरकै उत्कृष्ट’ : रोनाल्डो

ज्युरीच (एजेन्सी) – सन् २०१६को फिफाद्वारा घोषित ‘द बेष्ट’ पुरुष फुटबलर उपाधि विजेता क्रिस्टियानो रोनाल्डोले २०१६साल उनको करियरकै उत्कृष्ट सिजन रहेको बताएका छन्। ‘मेरो लागि यो पहिलो उपाधि हैन, तर मलाई पहिलोपटक यति खुसि महसुस भैरहेको छ। मा यसको लागि मेरो टिम, खेलाडी साथीहरु, मेरो परिवार, क्लबका स्टाफ लगायत सम्पूर्णलाई धेरै धन्यवाद दिन चाहन्छु।”, उपाधि […]

Success

Thank you for your time.