November 19, 2016
धनगढी (हाम्रो खेलकुद)– सुदूरपश्चिम ११ ले शुभश्री प्यालेस फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताकञो उपाधि जितेको छ । आयोजक फारवेष्ट पशुपति क्लबलाई शनिबार ३(२ ले हराउँदै सुदूरपश्चिमले उपाधिसहित सूदुरपश्चिमाञ्चल क्षेत्रकै सर्वाधिक दुई लाख नगद हात पारेको हो । सुदूरपञ्चिमका लागि विनोद केसीले निर्णायक गोल गरेका थिए । फारवेस्टले १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेको थियो […]
November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – टेबलटेनिसको विभिन्न कार्यक्रमका लागि हाल नेपालमा रहेका अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) का विज्ञ आरिफ खानले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटको अवसर पाएका छन् । आरिफले प्रधानमन्त्री दाहाललाई आफ्नो नेपाल भ्रमणको विविध पक्ष बारे जानकारी गराएका थिए । प्रधानमन्त्री दाहालले आफूले पनि दैनिक जसो टेबलटेनिस खेल्ने गरेको र यसबाट स्वास्थ्यमा पनि सुधार भइरहेको […]
November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – स्वास्थ्य मन्त्री गगनकुमार थापाले नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन) को प्रशिक्षण हलको शनिबार उद्घाटन गरेका छन् । बुढानीलकण्ठ नगरपालिका ३ स्थित महादेव खोलामा रहेको करिब १ रोपनी ८ आना जग्गा क्षेत्रफल भित्र हल निर्माण गरिएको हो । हल निर्माण गर्न ३६ लाख ४० हजार रुपैयाँ खर्च भएको संघले जनाएको छ […]
November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले फ्रेन्ड्स अफ जापानलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको च्यारेटी खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १–० को जित हासिल गरेको हो । नवयुग श्रेष्ठले दोस्रो हाफमा गरेको गोलले नेपाल विजयी बनेको । खेलको अन्त्यतिर फ्रेन्ड्स अफ जपानले दबाब दिएपनि नेपाली टोली अग्रता जोगाउन सफल भएको थियो । नवयुगले […]
November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीले हङकङको अक्सफाम ट्रयालवाकर २०१६ को अल्ट्रा दौड उपाधि जितेको छ । बेदबहादुर सुनुवार, पूर्ण तामाङ, तीर्थबहादुर तामाङ र भिमबहादुर गुरुङ सम्मिलित टोलीले सय किलोमिटर दौड ११ घन्टा १ मिनेटमा दौड पुरा गर्दै उपाधि जितेको अक्सफामको वेभसाइडमा उल्लेख गरिएको छ । चारै जना नेपाली सेनाका खेलाडी हुन् । पछिल्लो तीन बर्षमा […]
November 19, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अल्ट्रा दौडमा अन्तर्राष्ट्रिय पहिचान बनाइसकेकी धाविका मिरा राईलाई सरकारले उपचार खर्चका लागि ५ लाख रुपैयाँ दिएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले शुक्रबार मन्त्रालयमा मिरालाई चेक हस्तान्तरण गरेका थिए । अल्ट्राका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरि दर्जन भन्दा बढी उपाधि जितिसकेकी मिरालाई सरकारले आर्थिक सहयोग गरेको यो पहिलो पटक हो […]
November 18, 2016
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी सदस्य प्रतिभा माली माल्दिभ्स महिला लिगका विदेशी खेलाडीतर्फ सर्वोत्कृष्ट चुनिएकी छिन् । प्रतिभा र कोपिला उप्रेती सम्मिलित टोली मिस्कियागु इजीले ४ मध्ये ३ खेल जित्दा सबैमा प्रतिभा क्विन अफ दी म्याच घोषित भएकी थिइन् । मञ्जु गुरुङ अरुणा शाही फेयस्दाबाट खेलिरहेका छन् । मञ्जका अनुसार महिला लिगको दोस्रो […]
November 18, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता थाइल्यान्डमा हुने महिला एसिया कपका लागि रुविन क्षेत्रीको कप्तानमिा १५ सदस्यीय नेपाली टोली शुक्रबार घोषणा गरिएको छ । एसिया कप मंसिर ११ गते सुरु हुनेछ । संगिता राई पहिलो पटक महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी छिन् । त्यस्तै शोभा आलेले टोलीमा पुनरागमन गरेकी छिन् । टोलीका अन्य सदस्यमा […]
November 18, 2016
काठमाडौं (हाम्रो खेलकुद) – विद्या संस्कारले प्रथम एपेक्स लाइफ यु–१२ छात्र अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सरस्वतीनगरस्थित आयोजक एपेक्स लाइफ स्कुलमा शुक्रबार भएको फाइनलमा विद्या संस्कारले संस्कृतिलाई टाइब्रेकरमा २–१ गोलले हरायो । पेनाल्टीमा विजयी टिमका लागि उमिद रायमाझी र प्रत्युश भट्टराईले गोल गरे । संस्कृतिका रिवाज श्रेष्ठले एक गोल फर्काए । निर्धारित समयको […]
November 18, 2016
हाम्रो खेलकुद – नेपाली राष्ट्रिय फुटबल टोलि र जापानको एक टोलीबीच भोलि एन्फा कम्प्लेक्समा हुने मैत्रीपूर्ण खेलमा इन्ग्लिश प्रिमिएर लिग क्लब टोटेन्ह्याम हट्स्परका पुर्व खेलाडी तोडा काज़ुयुकी पनि खेल्ने भएका छन्। जापानबाट आएको टोलीमा सबैभन्दा बढी अनुभव बोकेका तोडाले फिफा विश्वकप २००२मा जापानको प्रतिनिधित्व पनि गरेका थिए। २००२-२००३ सिजनमा टोटेन्ह्यामबाट खेलेका उनले लिगमा चार खेल […]