default_image

फिफा विश्वकप

December 6, 2022

मोरक्को र स्पेन भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (मंगलबार) मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । मोरक्को र स्पेनबीचको खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । मोरक्को समूह ‘एफ’ को विजेता तथा स्पेन समूह ‘ईं’ को उपविजेता हो । समूह चरणको पहिलो खेलमा […]

December 6, 2022

विश्वकपमा आज प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (मंगलबार) प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा समूह ‘एफ’ को विजेता मोरक्कोले समूह ‘ईं’ को उपविजेता स्पेनसँग खेल्दैछ । अर्काे खेलमा समूह ‘एच’ को विजेता पोर्चुगलले समूह ‘जी’ को उपविजेता स्वीट्जरल्यान्डसँग खेल्दैछ । यि दुई खेलको अन्त्यसँगै क्वाटरफाइनल समिकरण पूरा हुनेछ । हालसम्म नेदरल्यान्ड्स, […]

December 6, 2022

‘हरेक खेलाडीलाई हजार पेनाल्टी हान्ने होमवर्क दिएको थिएँ’

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत नकआउट चरणको पहिलो खेलअघि स्पेनका प्रशिक्षक लुइस एन्रिकेले आफ्ना खेलाडीलाई पेनाल्टी प्रशिक्षणका लागि विशेष गृहकार्य दिएको बताएका छन् । मोरक्कोविरुद्ध हुने अन्तिम १६ चरणको खेलअघि पेनाल्टीमा टोलीको तयारीबारे सोधिएको प्रश्नमा एन्रिकेले क्लब फुटबलमै रहँदा खेलाडीलाई प्रशिक्षणको लागि निर्देशन दिइएको बताए । ‘मैले एक वर्ष अघिदेखि खेलाडीलाई होमवर्क […]

December 6, 2022

ब्राजिल विश्वकपमा २६ खेलाडी उतार्ने इतिहासकै पहिलो टोली

सुबास हुमागाईं, कतार उपाधि दावेदार ब्राजिलले फिफा विश्वकपमा बेग्लै इतिहास रचेको छ । सोमबार दक्षिण कोरियाविरुद्ध ४-१ को फराकिलो जितका दौरान तेस्रो रोजाइका गोलरक्षक वेभर्टनलाई मैदानमा उतारेसँगै ब्राजिल विश्वकपको एकै संस्करणमा २६ खेलाडी खेलाउने पहिलो राष्ट्र बनेको हो । प्रशिक्षक टिटेले खेलको ८० औं मिनेटमा एलिसन बेकरको स्थानमा ३४ वर्षीय वेभर्टनलाई मैदान प्रवेश गराएका थिए […]

December 6, 2022

सानदार जितसँगै ब्राजिल क्वाटरफाइनलमा

कतार (हाम्रो खेलकुद) – उपाधि दावेदार ब्राजिल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दक्षिण कोरियालाई राउन्ड अफ १६ को खेलमा ४-१ ले हराउँदै ब्राजिलले क्रोएसियासँग भिडन्त पक्का गरेको हो । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै पहिलो हाफमा नै ४ गोलको फराकिलो अग्रता बनाएको थियो । बल […]

December 6, 2022

पहिलो हाफमै ब्राजिलको ४ गोल!

कतार (हाम्रो खेलकुद) – उपाधि दावेदार ब्राजिलले फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा दक्षिण कोरियाविरुद्ध पहिलो हाफमै ४ गोल गरेको छ । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको ब्राजिलले प्राप्त अवसर सदुपयोग गर्दै फराकिलो अग्रता बनाएको हो । बल पोसेसनमा बलियो पकड जमाउँदै आक्रमण बुनेको ब्राजिलले लगातार आक्रमणमा अवसर सिर्जना गरिरहेको छ । […]

December 6, 2022

नेयमार ब्राजिलको सुरुवाती रोजाइमा

कतार (हाम्रो खेलकुद) – स्टार फरवार्ड नेयमार फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा दक्षिण कोरियाविरुद्ध सुरुवाती रोजाइमा खेल्ने भएका छन् । नेयमार चोटका कारण यस खेलमा खेल्ने नखेल्ने दुविधा थियो । तर प्रशिक्षक टिटेले उनलाई पहिलो रोजाइमा समेट्दै बलियो टोली उतारेका छन् । डिफेन्डर एलेक्स सान्ड्रो भने टोलीमा छैनन् । ब्राजिल : […]

December 5, 2022

क्रोएसिया टाइब्रेकरमा जापानलाई हराउँदै क्वाटरफाइनलमा

सुबास हुमागाईं, कतार गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा तीन पेनाल्टी विफल पारेपछि क्रोएसिया फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ‌। टाइब्रेकरमा जापानलाई ३-१ ले हराउँदै क्रोएसिया अन्तिम ८ मा स्थान बनाउन सफल भयो । सोमबार अल जनौब रंगशालामा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन […]

December 5, 2022

जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा लम्बियो

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत जापान र क्रोएसियाबीच जारी अन्तिम १६ चरणको खेल अतिरिक्त समयमा लम्बिएको छ । निर्धारित ९० मिनेट १-१ को बराबरीमा रहेपछि खेलमा ३० मिनेट थपिएको हो । खेलको सुरुवातमा क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन । इभान पेरिसिचको प्रहार गोलरक्षक शुइची गोन्डाले बचाए । […]

December 5, 2022

जापानलाई पहिलो हाफमा अग्रता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत जापानले पहिलो हाफमा क्रोएसियाविरुद्ध १-० को अग्रता लिएको छ । पहिलो हाफको एक मिनेट समय बाँकी रहँदा डेजन माएदाले गोल गर्दै जापानलाई अघि बढाए । जापानले छोटो कर्नर खेल्दै निर्माण गरेको मुभमा गोल गरेको हो । पेनाल्टी क्षेत्र भित्र लामो पास क्लिएर हुन नसक्दा माएदाले गोल […]

Success

Thank you for your time.