default_image

फिफा विश्वकप

December 4, 2022

जिरुडको गोलमा फ्रान्सलाई अग्रता

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ चरणको तेस्रो खेलमा फ्रान्स र पोल्यान्ड भिड्दैछन् । पहिलो हाफमा फ्रान्सले ओलिभिएर जिरुडको गोलमा १-० को अग्रता लिएको छ । खेलको सुरुवाती समय फ्रान्सले लगातार आक्रमण बुनेपनि गोलरक्षक वोजसिएक सेचेज्नीले बल आफू पार हुन दिएनन् । एकपटक सेचेज्नी बिट भएको अवस्थामा जिरुडले गम्भीर गल्ति […]

December 4, 2022

फ्रान्सद्वारा ९ खेलाडी परिवर्तन

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध पछिल्लो खेलबाट ९ खेलाडी परिवर्तन गरेको छ । ट्युनिसियाविरुद्ध पहिलो रोजाइमा खेलेको टोलीबाट राफाएल भारान र ओरेलिएन चुआमेनीले मात्र अन्तिम टोलीमा स्थान बनाएका छन् । फ्रान्सले ट्युनिसियासँग १-० को हार बेहोरेपनि समूह विजेता बनेको थियो । आजको खेलमा […]

December 4, 2022

‘ब्राजिललाई हारेर घाटा भएको छैन’

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत दक्षिण कोरियाविरुद्ध अन्तिम १६ को खेलअघि ब्राजिलका डिफेन्डर थियागो सिल्भाले पछिल्लो खेलमा हार बेहोरेर ब्राजिललाई घाटा नभएको बताए । ब्राजिलले समूहको अन्तिम खेलमा क्यामरुनसँग १-० को हार बेहोरेको थियो । इन्ज्युरी समयमा भिन्सेन्ट अबुबकारले गोल गरेपछि ब्राजिल प्रतियोगिताको पहिलो हाफ बेहोर्न पुगेको थियो । खेलको पूर्व सन्ध्यामा […]

December 4, 2022

इंग्ल्यान्डलाई सेनेगलको चुनौती

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेलमा प्रतिस्पर्धा हुँदा इंग्ल्यान्डले अफ्रिकी प्रतिद्धन्द्धी सेनेगलसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजेपछि अल बायत रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । समूहको पहिलो र तेस्रो खेलमा जित तथा दोस्रो खेलमा बराबरीको नतिजासहित अपराजित रहेर अन्तिम १६ […]

December 4, 2022

विश्व विजेता फ्रान्सले पोल्यान्डसँग खेल्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेलमा प्रतिस्पर्धा हुँदा विश्व विजेता फ्रान्सले पोल्यान्डसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे अल थुमामा रंगशालामा हुनेछ । पोल्ल्यान्डविरुद्ध मैदान उत्रदा साविकको विजेता फ्रान्स जितको लक्ष्यसहित मैदान उत्रदै उपाधि रक्षा अभियानलाई बलियो पार्न चहान्छ । यस विश्वकपमा सुरुवाती दुई खेलमा जित निकालेको […]

December 4, 2022

लेवान्डोस्कीविरुद्ध सचेत फ्रान्स

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सले पोल्यान्डको सामना गर्दैछ । खेलको अघिल्लो दिन फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्प्सले फरवार्ड रोबर्ट लेवान्डोस्कीबारे आफ्नो टोली सचेत रहेको बताए । प्रशिक्षक डेस्च्याम्प्सले पोल्यान्डविरुद्ध खेल सहज रुपमा लिन नसकिने बताए । ‘विश्वकपमा आएपछि सहज भन्ने हुँदैन । खेल जित्न नसकेपनि अन्त्यसम्म हरेक […]

December 4, 2022

हजारौं खेलमा मेस्सी प्लेयर अफ द म्याच

सुबास हुमागाईं, कतार अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आफ्नो व्यावसायिक फुटबल करिअरको हजारौं खेलमा प्लेयर अफ दि म्याच चुनिएका छन् । फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गर्दा मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाको २-१ को जितमा सुरुवाती गोल गरेका मेस्सीले थुप्रै अवसर पनि सिर्जना गरेका थिए । खेलको ३५ […]

December 4, 2022

मेस्सीको उच्च प्रदर्शनसँगै अर्जेन्टिना क्वाटरफाइनलमा

सुबास हुमागाईं, कतार दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना अष्ट्रेलियालाई हराउँदै फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । हमद बिन अली रंगशालामा अर्जेन्टिनाले २-१ को जितका साथ क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग भेट पक्का गरेको हो । कप्तान मेस्सीले आफ्नो हजारौं खेलमा सुरुवाती गोलसहित उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिनाको जित सम्भव भएको थियो । मैदानमा ४५ हजार दर्शकसामु […]

December 4, 2022

मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

सुबास हुमागाईं, कतार कप्तान लियोनेल मेस्सीको गोलमा अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अग्रता लिएको छ । अहमद बिन अली रंगशालामा मेस्सीकै गोलमा अर्जेन्टिना १-० ले अघि छ ‌। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले सुरुवाती समय रक्षात्मक खेल प्रस्तुत गरे । निकै समय लिएर आक्रमण गर्ने क्रममा अधिकांश समय बल आफ्नै […]

December 3, 2022

अर्जेन्टिना र अष्ट्रेलिया दुवैको एक परिवर्तन

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिना र अष्ट्रेलियाले पहिलो रोजाइमा १-१ परिवर्तन गरेका छन् । अर्जेन्टिनाले विंगर एन्जल डी मारियाको स्थानमा मिडफिल्डर आलेहान्द्रो गोमेजलाई पहिलो रोजाइमा राखेको छ । आक्रमणमा कप्तान लिओनेल मेस्सीलाई जुलियन अल्भारेजले साथ दिनेछन् । मिडफिल्डमा पछिल्लो खेलकै रोड्रीगो डे पल, एन्जो फर्नान्डेज र एलेक्सिस […]

Success

Thank you for your time.