default_image

फुटबल

October 27, 2025

भारतविरुद्ध अन्जना, दिपा र मनमाया पहिलो रोजाइमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतसँगको खेलका लागि इरानसँगको खेलेको पहिलो रोजाइमा ३ खेलाडी परिवर्तन गरेको छ। महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले गोलकिपरमा अन्जना राना मगर , मिडफिल्डर दिपा शाही र डिफेन्डर मनमाया दमाईलाई पहिलो रोजाइमा मौका दिएका छन्। इरान विरुद्धको पहिलो रोजाइमा खेलेका गोलकिपर एन्जिला तुम्बापो सुब्बा तथा डिफेन्डर निशा थोकर र हिरा […]

October 27, 2025

नेपाल र भारत भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आज भारतको सामना गर्दैछ। सिलोङको जवाहरलाल नेहरु रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।यो खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ। किनकी प्रतियोगीतामा इरान च्याम्पियन बनिसकेको छ। इरानले नेपाल ३-० र भारतलाई २-० हराउँदै च्याम्पियन बनेको हो। त्यसैले दुई चिरप्रतिद्वन्द्वी भारत र नेपाल आज प्रतिष्ठाको […]

October 27, 2025

झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक

बिर्तामोड (हाम्रो खेलकुद)- एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । कात्तिक १५ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा महिला गोल्डकपले आज सोमवार खेल तालिका सार्वजनिक गरेको हो । आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र […]

October 26, 2025

‘एल क्लासिको’ मा रियल म्याड्रिडको जित

एजेन्सी – एल‌ क्लासिकोमा यस पटक रियल म्याड्रिडले सफलता प्राप्त गरेको छ । प्रतिस्पर्धा खेलमा रियलले बार्सिलोनामाथि २-१ को रोमाञ्चक जित निकाल्यो । सान्टियागो बेर्नाबेउमा भएको यो खेलमा केलियन एमबाप्पे र जुड बेलिङ्घमका गोलले रियल विजयी भयो । २२ औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे। फर्मिन लोपेजले ३९ औं मिनेटमा बराबरी गोल गरे। मार्कस रासफोर्डको […]

October 26, 2025

सिटी स्तब्ध, आर्सनल थप मजबुत

एजेन्सी – एस्टन भिल्लाले प्रिमियर लिगमा उच्च प्रदर्शन जारी राख्दै आज म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ। भिल्ला पार्कमा भएको खेलमा डिफेन्डर म्याटी क्यासले १९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यो जितसँगै एस्टन भिल्लाले लगातार चौथो जित हासिल गरेको छ। प्रशिक्षक युनाई एमरीको टोलीले खेलभर मजबुत डिफेन्स गर्दै सिटीका स्टार खेलाडीलाई रोक्न सफल भयो। […]

October 26, 2025

झापा महिला गोल्डकपको मुख्य प्रायोजकमा एलभिडी

हिमाल खरेल, बिर्तामोडप्रथम संस्करणको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २०८२ लाई लिभ भिन्टेज डेनिम (एलभिडी) ले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र पुरुषले लगाउने कपडा (मेन्स वेयर) कम्पनी एलभिडीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको हो । एलभिडीले मुख्य प्रायोजकका रुपमा पहिलोपटक सहयोग गरेको जनाएको छ । अब […]

October 26, 2025

अल नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले खेल जीवनको ९ सय ५०औं गोल गरेको खेलमा अल–नासरले अल–हाजमलाई २–० ले हराएको छ । योसँगै अल–नासरले साउदी प्रो लिगमा यो सिजन लगातार छैंटौं जित निकालेको छ। पहिलो हाफमा जोआओ फेलिक्सले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाए। खेलको अन्त्यतिर रोनाल्डोले कोमानको पासबाट नजिकैबाट गोल गर्दै जित निश्चित गरे।खेलको सुरुवातमा अल–हाजमले मजबुत […]

October 26, 2025

लिभरपुलको अर्को हार, युनाइटेड विजयी

एजेन्सी – लिभरपुलले प्रिमियर लिगमा लगातार चौथो हार ब्यहोरेको छ। शनिबार ब्रेन्टफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै लिभरपुललाई ३-२ ले हरायो। खेलको पाँचौं मिनेटमै माइकल कायोडेको लामो थ्रोबाट आएको बल डाङ्गो औआताराले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर केभिन साडेले अर्को गोल गर्दै अग्रता दोब्बर बनाए। लिभरपुलका मिलोस केर्केजले दोस्रो हाफमा एक गोल फर्काए । […]

October 25, 2025

सन्डरल्यान्डसँग चेल्सी पराजित

एजेन्सी – सन्डरल्यान्डले आज चेल्सीलाई २-१ ले हराउँदै प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ। खेलको निर्णायक गोल चेहम्सडिन टाल्बीले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरे। उनको गोलसँगै सन्डरल्यान्डले जित पक्का गर्‍यो। खेलको चौथो मिनेटमा एलेजान्द्रो गर्नाचोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । यो उनको चेल्सीका लागि पहिलो गोल पनि हो। तर त्यसपछि २२ औं मिनेटमा विल्सन […]

October 25, 2025

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – लियोनेल मेस्सीले २ गोल गरेपछि इन्टर मियामीले नासभिललाई ३-१ ले हराएको छ। एमएलएस प्ले अफको पहिलो चरणमा नासभिलमाथि जित निकाल्दै मियामीले ३ खेलको श्रृंखलामा १-० को अग्रता बनाएको छ। ३ मध्ये २ खेल जित्ने टोली अर्को चरणमा पुग्नेछ। १९ औं मिनेटमा लुइस सुवारेजले पेनाल्टी भित्र गरेको क्रसमा मेस्सीले हेडमार्फत गोल गर्दै टोलीलाई १-० […]

Success

Thank you for your time.