November 2, 2025
बिर्तामोड (हाम्रो खेलकुद) – एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी पूरा भएको हो शिवसताक्षीस्थित दुधे रंगशालामा सोमवार सुरु भएर कात्तिक २४ गते प्रतियोगिता सकिनेछ। यसअघि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता वर्षाका कारण २ दिन […]
November 2, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल म्याड्रिडले शनिवार भ्यालेन्सियालाई ४-० ले हराएको छ । योसँगै शीर्ष स्थानको रियलले ला लिगामा ७ अंकको अग्रता बनाएको छ। सान्टियागो बेर्नाबेउमा एमबाप्पेले खेल सुरु भएको ३१ मिनेटभित्र २ गोल गरे। त्यसपछि भ्यालेन्सियाका गोलकिपर जुलेन आगिरेजाबालाले भिनिसियस जुनियरको पेनाल्टी रोके । जुड बेलिङ्घमले उत्कृष्ट गोल गर्दै रियललाई पहिलो […]
November 2, 2025
एजेन्सी – लिभरपुलले एस्टन भिल्लामाथि २–० को जित निकाल्दै लगातार ४ खेलको हारको शृंखलालाई अन्त्य गरेको छ। शनिवार एनफिल्डमा भएको खेलमा मोहम्मद सालाह र रायन ग्राभेनबर्चले गोल गरे। सालाहले पहिलो हाफको इन्जुरी समयमा गोल गरे। जुन उनको लिभरपुलका लागि २ सय ५०औं गोल पनि हो। यो गोल एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजको गल्तीका कारण सम्भव […]
November 1, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। युनाइटेडले आज नटिङ्घम फरेस्टसँग २-२ को बराबरी खेलेको छ । ८१ औं मिनेटमा अमादले शानदार भलि गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए। दोस्रो हाफको सुरुवातमा लगातार २ गोल खाँदै युनाइटेड पछाडि परेको थियो। ३४ औं मिनेटमा कासेमिरोले हेडरमार्फत युनाइटेडलाई १-० को अग्रता दिलाएका […]
November 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा गरेको ६ बर्षपछि हरि खड्का राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। म्याट रसले राजीनामा दिएपछि राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो। नेपाली टोलीले कात्तिक २७ गते बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र मंसिर २ गते मलेसियासँग एएफसी एसियन कप छनोटको खेल्नु पर्ने […]
November 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बन गरेको छ । एन्फा कार्यसमितिको शुक्रवार बसेको आपतकालीन भिडियो कन्फेरेन्स बैठकले खड्कालाई आगामी साधारण सभासम्मका लागि निलम्बन गर्ने निर्णय गरेको एन्फाले विज्ञप्ति मार्फत जानकारी दिएको छ। करिब दुई साताअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै खड्काले महासचिव किरण राईलाई निलम्बन गरेका थिए। तर […]
October 31, 2025
बिर्तामोड (हाम्रो खेलकुद)- एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता २ दिनपछि सरेको छ । यसअघि शनिवार सुरु हुने भनिएको गोल्डकप अब सोमवार सुरु हुने भएको हो। बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले भोलिसम्म झापासहित देश अधिंकश ठाउँमा पानी पर्ने भएकाले प्रतियोगिता २ दिन सार्ने आयोजक झापा महिला गोल्डकपले निर्णय […]
October 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि सुझाव पेश लागि युवा तथा खेलकुद मन्त्रालयले आज ७ सदस्यीय कार्यदल गठन गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फ) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यमा युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट एक प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद (राखेप) का इन्जिनियर […]
October 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियाविरुद्ध हुने एएफसी एसियन कप छनोटको खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली प्रशिक्षकलाई राष्ट्रिय पुरुष फुटबल टोलीको जिम्मेवारी दिने भएको छ। म्याट रसले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएपछि छनोटमा मलेसियाविरुद्ध नेपालीलाई प्रशिक्षकको जिम्मेवारी एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ ) इन्द्रमान तुलाधरले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए। एएफसीको […]
October 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन् । रसले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई राजीनामा बुझाएको एन्फा स्रोतले पुष्टि गरेको छ । एन्फाले अधिकारिक रुपमा भने यसबारे केहि सार्वजनिक गरेको छैन । एन्फा र रसबीच एक वर्षको सम्झौता भएको थियो । […]