default_image

फुटबल

November 6, 2018

च्याम्पियन्स लिगः इन्टर मिलानले बार्सिलोनाको सामना गदैं

मिलान (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति इटालियन क्लब इन्टर मिलानले स्पेनिस प्रतिद्धन्द्धी बार्सिलोनालाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । च्याम्पियन्स लिग अन्तरगत समूह ‘बी’ को चौथो चरणको खेलमा इन्टरले बार्सिलोनासँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । समूह ‘बी’ को शीर्षस्थानमा रहेको बार्सिलोना इन्टरलाई उसकै घरेलु मैदानमा पराजित […]

November 5, 2018

सहारा एकेडेमीमा फुटबल खेल्ने पारसको वचन

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीको अबको बन्द प्रशिक्षक पोखरामा गर्ने विषयमा छलफल भइरहेको कप्तान पारस खड्काले बताएका छन् । आहा रारा गोल्ड कपको आयोजक सहारा क्लबले दोब्बिलामा सञ्चालन गरेको एकेडेमी निरिक्षण गर्ने क्रममा सोमबार पारसले पोखरामा बन्द प्रशिक्षणका विषयमा प्रशिक्षक जगत टमाटासँग छलफल गर्ने बताएका हुन् । उनले एकेडेमीमा फुटबल नै खेल्ने इच्छा पनि […]

November 5, 2018

क्रिस्टल प्यालेसलाई पराजित गर्दै चेल्सी लिगको दोस्रो स्थानमा

लन्डन (एजेन्सी) – क्रिस्टल प्यालेसलाई पराजित गर्दै लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु टोली चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लन सफल भएको हो । चेल्सीको ११ खेलबाट २७ अंक पुगेको छ । समान २७ अंक भएपनि गोल अन्तरमा चेलसीले लिभरपुललाई पछि पारेको हो […]

November 5, 2018

साउथह्याम्पटनमाथि सिटीको प्रभावशाली जित

इतिहाद (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा सिटीले साउथह्याम्पनमाथि ६–१ को प्रभावशाली जित निकालेको हो । सिटीको प्रभावशाली जितमा रहिम स्ट्रलिङले २ तथा सर्जियो अग्विरो, डेभिड सिल्भा र लिरोए सानेले समान १ गोल गर्दा १ गोल गर्दा आत्मघाती उपहार […]

November 5, 2018

च्याम्पियन्स लिग टोलीमा मेस्सीको पुनरागमन

बार्सिलोना (एजेन्सी) – सेभिल्ला विरुद्धको खेलमा नायक बनेका लियोनल मेस्सी हातमा चोट बोकेयता मैदान बाहिर छन्। तर मंगलबार हुने च्याम्पियन्स लिगको खेलका लागि प्रशिक्षक एर्नेस्टो भाल्भार्देले मेस्सीलाई टोलीमा समावेश गरेका छन्।  मंगलबार मिलानसँग हुने खेलका लागि बार्सिलोना टोलीमा अर्जेन्टिनाका फरवार्ड मेस्सीले स्थान पाएका छन्। चोटपछि कम्तीमा तीन साता गुमाउने भनिएपनि मेस्सी सोचे भन्दा अगावै प्रशिक्षणमा […]

November 4, 2018

‘ए’ डिभिजन लिग जित्नु मुख्य लक्ष्य’- मनाङका कप्तान सुजल

काठमाडौं (हाम्रो खेलकुद)– भारतको सिक्किममा गभनर्स गोल्ड कप च्याम्पियन बनेको सिग्नेचर मनाङ मस्याङ्दी क्लबको टोली आज स्वदेश फर्कदैछ । यसअघि दुई पटक फाइनल खेलेपनि मनाङले गभनर्स गोल्डकप जितेको यो पहिलो पटक हो । दसै तिहारको विदामा उपाधि जित्न सफल भएकोले त्यसले मंसिर १ गतेबाट पुनः सुरु हुने सहिद स्मारक ए डिभिजन लिगमा फाइदा पुग्ने विश्व […]

November 4, 2018

रियलका सबै फरवार्डभन्दा सुआरेजको गोल धेरै

एजेन्सी – लुइस सुआरेज सिजनको सुरुवातमा आलोचनाको पात्र बनेका थिए । कारण, उनले अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् र गोल पनि निस्केको थिएन । तर पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले लागत गोल गरिरहेका छन् । बार्सिलोनाका मुख्य फरवार्डको भूमिका निर्वाह गरिरहेका ३१ वर्षीय सुआरेजले शनिबार भालेकानोविरुद्धको जितमा पनि दुई गोल गरे । पछिल्लो साता […]

November 4, 2018

बायर्न रोकिँदा डर्टमन्डले शीर्षस्थानमा अग्रता बढायो

म्युनिख (एजेन्सी) – साविकको विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगामा फ्रेइबर्गसँग बराबरीमा रोकिँदा बोरुसिया डर्टमन्डले वल्सबर्गमाथि १–० को झिनो जित निकालेको छ । जर्मन बुन्डेसलिगा अन्तरगत शनिबार राति भएको खेलमा बायर्न फ्रेइबर्गसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीपछि बायर्नले शीर्ष स्थानमा रहेको डर्टमन्डसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ । म्युनिखको १० खेलबाट २० […]

November 4, 2018

वल्भ्समाथि टोटेनहमको संघर्षपूर्ण जित

वोल्भ्स (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राती टोटेनहम हस्टपरले वल्भरह्याम्पटन वन्डरर्समाथि ३–२ को कठिन जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा टोटेनहमको संघर्षपूर्ण जितमा इरिक लमेला, लुकास मौरा र कप्तान ह्यारी केनले गोल गरे । घरेलु टोलीका लागि रुवेन नेभेस र राहुल जिमिनेजले पेनाल्टीमार्फत गोल गरे । वोल्भ्सको घरेलु […]

November 4, 2018

युभेन्ट्सको सहज जित

टोरिनो (एजेन्सी) – साविकको विजेता युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा क्याग्लिएरीमाथि सहज जित निकालेको छ । सिरी ‘ए’ अन्तरगत शनिबार राति भएको खेलमा युभेन्ट्सले क्याग्लिएरीमाथि ३–१ को सहज जित निकालेको हो । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा युभेन्टसलाई जिताउन पाउलो डिबाला र जुवान क्वाडराडोले गोल गर्दा एक गोल उपहार पाएको थियो । फिलिप ब्राडारिचले […]

Success

Thank you for your time.