March 25, 2018
दिपक न्यौपाने बुटवल – नेपाल एपिएफ क्लब तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । नवीन लामाको ह्याट्रिकको मद्दतमा आएतबार रमपम झापा ११ लाई ४–२ ले हराउँदै एपिएफ प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । बुटवलको रामनगर स्थित मानव ज्ञान माविको मैदानमा भएको खेलमा कर्ण लिम्बुको गोलबाट झापाले पाँचौं मिनेटमा अग्रता लिएको थियो । […]
March 25, 2018
बार्सिलोना (एजेन्सी)– फुटबलका दुई सुपर स्टार बार्सिलोनाका लियोन मेस्सी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोबीच प्रतिस्पर्धा हुनुलाई ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्होेले उत्तम भएको बताएका छन् । दशक यता मेस्सी र रोनाल्डोले विश्व फुटबललाई चम्किलो बनाएको रोनाल्डिन्होको भनाई छ । ‘मेस्सी र रोनाल्डोले १० पटक बालोन डी’ ओर जितेका छन् । दुवैले गोलको वर्षा गरिरहेका छन्,’ बार्सिलोनाका […]
March 25, 2018
बुटवल (हाम्रो खेलकुद) – मोफसलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा आइतबार नेपाल एपिएफ क्लब र रमपम झापाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेपछि बुटवल रामनगरको मान विज्ञान माविको मैदानमा सुरु हुने आयोजकले जनाएको छ । आजको विजेताले मंगलबार हुने क्वार्टरफाइनलमा बुटवलको सुनौलो संगमको सामना गर्नेछ । प्रतियोगिताको पहिलो दिन शुक्रबार […]
March 24, 2018
म्याड्रिड (एजेन्सी)– बार्सिलोनाका स्टार लियोन मेस्सीसँग अर्जेन्टिना राष्ट्रिय टोलीले अभ्यासका लागि रियल म्याड्रिडको सुविधा प्रयोग गर्ने भएको छ । स्पेनसँग मंगलबार हुने मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी टोलीले रियलको सुविधा प्रयोग गर्न लागेको हो । मैत्रीपूर्ण खेल भने एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा हुनेछ । मेस्सी र उनको टोली त्यहि होटलमा बस्नेछन् जहाँ रियलसँग खेल्ने क्रममा बार्सिलोना […]
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत सम्मिलित पुलिस क्लबले माल्दिभ्समा १८/३० महिला फुटसल फिस्टामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिस क्लबले शनिबार भएको खेलमा इकोनोमिक डेभल्पमेन्टलाई १७–० को फराकिलो अन्तरले हराएको छ । जितमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रह्यो । उम्कोलाई ३–० ले हराएको […]
March 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ को नयाँ सिजनको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले भयङ्करा एफसीसँग गोल रहित बराबरी खेलेको छ । लिगको पहिलो खेलमा पर्सिजाले गत सिजनको च्याम्पियन टोली भयङ्करा एफसीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । गत सिजन पर्सिजा भने लिगको चौथो स्थानमा रहेको थियो […]
March 24, 2018
लन्डन (एजेन्सी) – गए रातिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा साविक विश्वकप विजेता जर्मनी स्पेनसँग १-१ को बराबरीमा रोकिएको छ । स्पेनका रोड्रिगो मोरेनोले टोलीलाई अग्रता दिलाए पनि थोमस मुलरले बराबरी गोल गरेका थिए । विश्वकपको बलियो दाबेदार मानिएको ब्राजिलले रुसलाई ३-० ले हराउन सफल रह्यो । ब्राजिलका लागि मिरान्डा, फिलिप कौटिन्हो र पौलिन्होले दोस्रो हाफमा गोल […]
March 23, 2018
डुसेलडर्फ (एजेन्सी) – विश्वकप छनोटको तयारीमा रहेका विश्व फुटबलका दुई महारथी, जर्मनी र स्पेन जर्मनीको डुसेलडर्फमा मैत्रीपूर्ण खेलमा भेट्दै छन्। सन् १९३५ यता जर्मनीको घरेलु मैदानमा स्पेन पहिलो जित दर्ता गर्ने प्रयासमा रहनेछ। स्पेन र जर्मनीको २०१४ पछिको यो पहिलो भेट हो। सन् २०१४ को नभेम्बरमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन आफ्नो घरेलु मैदानमा १-० ले पराजित […]
March 23, 2018
दिपक न्यौपाने बुटवल – तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुदुर पश्चिम–११ लाई हराउँदै आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाण्डौं क्वाटरफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश नम्बर ५ को आयोजनामा शुक्रबार बुटवलको रामनगरस्थित मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतिस्पर्धामा सुदुरपश्चिममाथि आयोजकले ५-१ को सहज जित हासिल […]
March 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीले मलेसियासँग खेल्ने भनिएको मैत्रीपूर्ण खेल रद्द भएको जानकारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको छ। प्राविधिक कारणले खेल नहुने एन्फाले बताएको हो भने यसको कुनै ठोस कारण खुलाएको छैन।।यसअघि अप्रिल १ मा नेपालले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भनिएको थियो। नेपालले मार्च २७ मा एएफसी च्याम्पियनसिप अन्तर्गत […]