default_image

फुटबल

March 21, 2018

जगजीत अष्ट्रेलियामा प्रेस्टन लायन्ससँग आबद्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय मिडफिल्डर जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबसँग आबद्ध भएका छन् । यस अघि नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन-१ को क्लब प्रेस्टन लायन्ससँग १ वर्षका लागि सम्झौता गरेका छन् । उनले गत साता सम्झौतामा हस्ताक्षर गरेको र नुनावाडिङमा भन्दा तलब पनि बढी रहेको […]

March 21, 2018

‘मेस्सी अझै पेले र म्यारोडोनाको स्थानमा पुग्न बाँकी’ – ड्रोग्बा

न्यूयोर्क (एजेन्सी)– बार्सिलोनाका सुपरस्टार अर्जेन्टिनी लियोन मेस्सी असाधारण खेलाडी भएपनि पेले र म्यारोडोनाको स्तरमा पुग्न अझै बाँकी रहेको चेल्सीका महान पूर्व खेलाडी डिडिएर ड्रोग्बाले बताएका छन् । मेस्सीलाई उनको पुस्ताको विश्वकै उत्कृष्ट खेलाडीका रुपमा हेरिदा ड्रोग्बाको यस्तो भनाई सार्वजनिक भएको छ । यद्दपी ड्रोग्बाले मेस्सीमा महान खेलाडीको सुचिमा पुग्ने क्षमता भने रहेको बताएका छन् । […]

March 21, 2018

नेपाल विरुद्ध यमन – खेलको सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत अन्तिम खेलमा नेपाल यमन विरुद्ध खेल्दै छ । छनोट हुने सम्भावना सकिएकोले यस खेल नेपालका लागि प्रतिष्ठाका लागि हुनेछ । समय: नेपाली समयअनुसार रातिको ९ बजे, २७ मार्च स्थान: सुहिम बिन हमाद स्टेडियम, दोहा, कतार नेपाल समूहमा आफ्नो पहिलो जितको पर्खाइमा रहेको छ । अर्को […]

Neymar

March 21, 2018

पिएसजीसँग नेयमारले माग गरे साप्ताहिक १ मिलियन पाउन्ड

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) तथा ब्राजिलका स्टार खेलाडी नेयमारले क्लबसँग साप्ताहिक १ मिलियन पाउन्ड तलब माग गरेका छन् । सो तलब पिएसजीले दिन सके मात्र नेयमार त्यहिं बस्ने द टाइम्स पत्रिकाले जनाएको छ । नेयमार यसै सिजन बार्सिलोनाबाट २ सय २२ मिलियन युरोको कीर्तिमानी रकममा पिएसजी पुगेका हुन् । आफ्नो पहिलो सिजन नबित्दै […]

March 21, 2018

ट्रान्सफर चर्चा : बार्सा, रियल र पिएसजीको नजरमा सलाह

लिभरपुल (एजेन्सी) – लिभरपुलका फरवार्ड मोहम्मद सलाहलाई युरोपका तीन शक्तिशाली क्लबहरु मध्ये एकले खरिद गर्न सक्ने ‘द सन’ ले जनाएको छ । विश्व फुटबलमा यो सिजनमा सर्वाधिक गोल गर्ने होडमा रहेका सलाहलाई खरिद गर्न बार्सिलोना, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) २ सय मिलियन पाउण्डको कीर्तिमानी रकम खर्च गर्न तयार हुनसक्ने सनले जनाएको छ […]

March 21, 2018

हिसाब सार्वजनिक नगरि अर्को गोल्डकपको तयारी

दिपक बोहोरा पाँचथर– मोफसलका नकआउट फुटबल प्रतियोगिताका कतिपय आयोजक संस्थाले आयव्यय सार्वजनिक गर्ने गरेका छन् । केहि आयोजकले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको हिसाब सार्वजनिक गरेका छन् । तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आयोजक रुपन्देही जिल्ला फुटबल संघले शनिबार समापनका क्रममा नै हिसाब सार्वजनिक गरेको थियो । तर, पाँचथर जिल्लामा भने आयव्यय सार्वजनिक गर्ने परम्परा छैन । […]

national team warm up

March 20, 2018

भिडियोमा हेर्नुहोस नेपाली टोलीको प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कपको छनोट चरण अन्तर्गतको अन्तिम खेलका लागि नेपाली टोली प्रशिक्षणरत छ। प्रशिक्षक ग्योतोकी कोजुले आज २० सदस्यीय नेपाली टोलीको घोषणा पनि गरेका छन्। अन्तिम खेलमा नेपालले मार्च २७ मा यमनको सामना गर्दैछ । अघिल्लो पाँच खेलमा नेपालले २ बराबरी गरेको छ, जसमध्ये घरेलु मैदानमा यमनलाई नै गोलरहित बराबरीमा रोकेको थियो । […]

March 20, 2018

विर्तामोडलाई नेपाल इण्डो भेट्रान फुटबल उपाधि

काँकरभिट्टा (हाम्रो खेलकुद) – विर्तामोड युनाइटेड भेट्रान फुटबल क्लबले नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काँकरभिट्टा माविको मैदानमा मंगलबार भएको फाइनलमा सुरुगां भेट्रान क्लबलाई ३–० ले हराउँदै विर्तामोडले उपाधि जितेको हो । एक पक्षिय फाइनलमा विर्तामोडका लागि सुवास लिम्बुले २ र नगेन्द्रमणी लिम्बुले १ गोल गरे । १० औं मिनेटमा पहिलो गोल गरेका […]

ronaldo portugal green

March 20, 2018

पोर्चुगल वर्ष खेलाडीमा रोनाल्डोको ह्याट्रिक

लिस्बोन (एजेन्सी) –  रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘२०१७ पोर्चुगल वर्ष खेलाडी’ को उपाधि जितेका छन्। ३३ वर्षे पोर्चुगेली फरवार्ड रोनाल्डोको यो लगातार तेस्रो उपाधि हो। ‘क्विनास डी ओरो’ नामक यो उपाधि तीन वर्ष अगाडी सुरु भएयता तीनै पटक रोनाल्डोले जितेका हुन् । उनले यसपटक म्यानचेस्टर सिटीका बर्नाडो सिल्भा र स्पोर्टिंङका रुई प्याट्रिसियोलाई पछि पार्दै यो […]

March 20, 2018

यस साता छुटाउनै नहुने ३ मैत्रीपूर्ण खेलहरु

लण्डन (एजेन्सी) – यस साता क्लब फुटबललाई विश्राम दिई खेलाडीहरु मैत्रीपूर्ण खेलहरु खेल्न आफ्नो राष्ट्रिय टोलीको जर्सीमा उत्रिने छन् । यस साता केहि ठूला राष्ट्रहरुले एक-अर्काको सामना गर्दै छन् । ती मध्ये ३ रोमाञ्चक तथा छुटाउनै नहुने खेल यी हुन्: ३. अर्जेन्टिना विरुद्ध इटाली समय: २४ मार्च, नेपाली समयअनुसार रातिको १.३० बजे इटाली यस पटक […]

Success

Thank you for your time.