default_image

फुटबल

September 19, 2017

आयोजक झरनालाई निराश पार्दै कपिलवस्तु युनाइटेड फाइनलमा

दिपक न्यौपाने बुटवल – कपिलवस्तु युनाइटेड रुपन्देहीको जारी ३१ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । आयोजक झरना स्पोर्टस क्लब कुन्जलापुरलाई आजको ट्राइब्रेकरमा ४–३ हराउँदै कपिलबस्तु युनाइटेड उपाधि तजिक पुगेको हो । उमा उच्च माविको मैदानमा दर्शकको उल्लेख उपस्थिति रहेको खेलमा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपनि निर्णयका लागि खेल ट्राइब्रेकरमा धकेलिएको थियो […]

Nepal India

September 19, 2017

विजयी सुरुआत नेपालको लक्ष्य, बलियो इराकसँग पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू–१६ च्याम्पियनसिप अन्तर्गत समूह ‘डी’ को छनोट खेलहरु राजधानीमा बुधबार सुरु हुँदैछ । हल्चोकस्थित नेपाल एपिएफ क्लबको मैदानमा नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वि इराकको सामना गर्दैछ । खेल दिउँसो ३ः३० बजेमा सुरु हुनेछ । त्यसअघि भारत र प्यालेस्टाइनबीचको खेल १२ बजे सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार रोशन […]

September 19, 2017

बाप्पे नलिनु रियलको सहि निर्णय –पूर्व स्ट्राइकर मोरियन्ट्स

अबुधाबी (एजेन्सी)– रियल म्याड्रिडले फ्रान्सेली स्ट्राइकर केलियन बाप्पेलाई नलिएकोमा क्लबका पूर्व स्ट्राइकर फर्नान्डो मोरियन्ट्सले खुसी व्यक्त गरेका छन् । उनले रियलमा जान युवा स्ट्राइकरले अर्को स्तरमा पुग्नु पर्ने बताएका छन् । यो सिजन बाप्पले रियल जाने निकै चर्चा चलेको थियो । अन्ततः उनी मोनाकोबाट लोनमा अर्को फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । […]

September 19, 2017

सैनिक एफसी क्वार्टरफाइनलमा, आज केर्खा र जलथल भिड्ने

भद्रपुर (हाम्रो खेलकुद)– सैनिक फुटबल ट्रेनिङ सेन्टर झापा जिल्ला एकेडेमी स्तरीय नकआउट प्रतियोगिता क्वार्टरफाइनलमा पुगेको छ । मेची रंगशालामा हिजो उद्घाटन खेलमा दमक फुटबल क्लबलाई ६–२ ले हराउँदै सैनिक अघिल्लो चरण पुगेको हो । अब सैनिकले पहिलो चरणमा बाई पाएको जिबी रबर एमएफसीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आज केर्खा स्टार र जलथल एफएबीच प्रतिस्पर्धा […]

Dembele

September 19, 2017

डेम्बेलेको चोटले डर्टमन्डलाई पनि घाटा

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाबाट पहिलो पटक पहिलो रोजाइमा परेको खेलमा फ्रान्सेली स्ट्राइकर औसमाने डेम्बेले चोटग्रस्त हुन पुगेका थिए । गेटाफेसँग खेलमा लागेको चोटले उनी कम्तीमा ४ महिना मैदान बाहिर रहनु पर्ने बताइएको छ । डेम्बेलेको चोटले बार्सिलोनालाई त प्रत्यक्ष असर परिसकेको छ । त्योसँगै उनको पूर्व क्लब बोरुसिया डर्टमन्डलाई पनि असर पर्ने सम्भावना बढेको छ । […]

September 19, 2017

नेयमार वा काभानी : पिएसजीको पेनाल्टी कसले लिँदा ठिक ?

पेरिस (एजेन्सी) – लिग वानमा आइतबार लियोन विरुद्धको २–० जितमा पेरिस सेन्ट जर्मन (पिएसजी) का तर्फबाट पेनाल्टी नेयमार र एडिन्सन काभानीमध्ये कसले हान्ने भन्ने विवाद सिर्जना भएको थियो । अन्तिममा काभानीले त्यो पेनाल्टी लिए, तर उनी त्यसमा गोल गर्नबाट चुके । पेनाल्टीले खेल नै उल्ट्याउन सक्ने भएकोले यसलाई फुटबल खेलको निकै महत्वपूर्ण पक्ष मानिन्छ । […]

Bangladesh

September 18, 2017

भारत पहिलो खेलमै पराजित, बंगलादेशको उत्कृष्ट पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)– भुटानमा आज सुरु भएको साफ यू–१८ च्याम्पियसिपमा साविक उपविजेता भारत पराजित भएको छ । बंगलादेशविरुद्ध पहिलो हाफमा बनाएको ३–० को अग्रता जोगाउन नसकेको भारत अन्ततः ४–३ ले पराजित भएको थियो । लालामपुइयाको गोलबाट भारतले १८ औं खेलमा अग्रता बनाएको थियो । लालरिन्डिका एडमन्डले ३७ औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर गरे […]

September 18, 2017

रुनीलाई २ वर्ष गाडी चलाउन प्रतिबन्ध

म्यानचेस्टर (एजेन्सी)– मादक पदार्थ सेवन गरि गाडी चलाएको आरोप स्वीकार गरेको एभर्टनका स्ट्राइकर वायन रुनीलाई अदालतले कारवाहीसहित जरिवाना तोकेको छ । सेप्टेम्बर १ को बिहान इङल्यान्डको चेसायरमा मादक पदार्थ सेवन गर्दै गाडी चलाएको रुनीले अदालत सामू स्वीकार गरेका छन् । अदालतले उनलाई २ वर्ष सम्म गाडी चलाउन प्रतिबन्धित गर्ने सजाय सुनाएको छ । गाडी चलाउँदा […]

September 18, 2017

यू–१६ फुटबल टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०१८ मा मलेसियामा हुने एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलको लागि नेपालीटोलीको घोषणा गरेको छ । एन्फाले सोमबार रोशन रानामगरको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो । एएफसी च्याम्पियनसिप अन्र्तगत समूह ‘डी’ को खेल नेपालले आयोजना जिम्मेवारी पाएको छ । छनोटका खेलहरु बुधबारबाट शुरु हुनेछ […]

September 18, 2017

भैरव एफसी झरना रनिङ शिल्डको सेमिफाइनलमा

दिपक न्यौपाने बुटवल – नवलपरासीको भैरव एफसी ३१ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सुपौली एफसीलाई आज ३–० हराउँदै भैरव एफसी कुन्जलापुरमा जारी प्रतियोगिताको अन्तिम प्रवेश गरेको हो । प्रतियोगितामा भोली आयोजक झरना र युनाइटेड कपिलवस्तुबीच प्रतिस्पर्धा हुनेछ । असोज ६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा १६ टोलीको सहभागिता छ । उमा […]

Success

Thank you for your time.