default_image

फुटबल

July 23, 2022

‘साफको फाइनलमा पुग्ने लक्ष्य छ’ – कप्तान आयुष

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीका कप्तान आयुष घलानले भारतमा यसैसाता आयोजना हुने यू–२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने लक्ष्य रहेको बताएका छन् । प्रतियोगितास्थल भारतको भुवनेश्वरमा पुगेर पहिलो दिनको प्रशिक्षण सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा कप्तान आयुषले माल्दिभ्ससँग ३ अंक जोड्दै फाइनलसम्म पुग्ने लक्ष्य रहेको बताएका हुन् । ‘माल्दिभ्सविरुद्धको पहिलो खेलमा सकेसम्म ३ अंक जोड्दै […]

July 23, 2022

एल क्लासिको : रियलको सामना गर्न नयाँ बार्सिलोना तयार

एजेन्सी – प्रि-सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस फुटबलका दुई ठूला क्लब रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । अमेरिकाको लास भेगासमा हुने यस खेललाई लास भेगास क्लासिको नाम दिइएको छ । अमेरिकामा शनिबार हुने खेल नेपाली समयअनुसार आइतबार विहान ८:४५ बजे हुनेछ । गत सिजन रियल म्याड्रिडले स्पेनिस लिग र युरोपेली च्याम्पियन्स लिग जित्दै निकै सफल सिजन […]

July 23, 2022

दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर रोकियो

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड प्रि–सिजनको मैत्रीपूर्ण खेलमा प्रिमियर लिग प्रतिद्वन्द्वी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ । अन्तिम समयमा गोल खान पुगेपछि युनाइटेड एस्टन भिल्लासँग २–२ गोलको बराबरीमा रोकिन बाध्य बनेको हो । अप्टस स्टेडियम पर्थ अष्ट्रेलियामा शनिबार भएको खेलमा युनाइटेडका लागि जेडान सान्चोले गोल गर्दा एक गोल उपहार पाएको […]

July 23, 2022

प्रि–सिजनमा पिएसजीको लगातार तेस्रो जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा लगातार तेस्रो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा पिएसजीले जापानी क्लब उरावा रेड डाइमन्ड्समाथि ३–० को सहज जित निकालेको हो । जापानमा शनिबार भएको खेलमा पिएसजीको जितमा पाब्लो साराविया, केलियन एमबाप्पे र अर्नाउड कालीमुइन्डो मुइंगाले गोल गरे । पहिलो हाफमा […]

July 23, 2022

सिटीका डिफेन्डर आर्सनलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब आर्सनलले प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीबाट युक्रेनी डिफेन्डर ओलेक्सान्डर जिनचेन्कोलाई क्लबमा अनुबन्ध गरेको छ । आर्सनलले डिफेन्डर जिनचेन्कोलाई ४ वर्षको लागि ३० मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । २५ वर्षीय डिफेन्डर ६ वर्ष सिटीमा बिताएर आर्सनल आएका हुन् । जिनचेन्को सन् २०१६ मा सिटी आएका थिए । आर्सनलको यो सिजनमा पाँचौ […]

July 23, 2022

किरणसम्मिलित माजियालाई लिग उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गोलरक्षक किरण चेम्जोङसम्मिलित माजिया स्पोर्टस एण्ड रिक्रियशनले दुई खेल बाँकी छँदै माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगको उपाधि जितेको छ । शुक्रबार भएको खेलमा माजियाले दा ग्राण्डेलाई १–० ले पराजित गरेपछि दुई खेल बाँकी छँदै उपाधि जित्न सफल भएको हो । माजियाको जितमा टाना डोमिंगेजले गरेको गोल नै निर्णायक बन्यो […]

July 23, 2022

बेल्जियमलाई हराउँदै स्वीडेन सेमिफाइनलमा

एजेन्सी – लिन्डा सेमब्रान्टले इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गरेपछि स्वीडेनले बेल्जियमलाई स्तब्ध पार्दै महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीडेनले बेल्जियमलाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । लेइग स्पोर्ट्स भिलेज ग्रेटर म्यानचेस्टरमा शुक्रबार राति भएको खेलको २५औं मिनेटमा स्टिना ब्ल्याकस्टेनिअसले गोल गरेपनि गोलले मान्यता नपाउँदा […]

July 22, 2022

आल्भेस मेक्सिकन क्लबमा अनुबन्धित

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेस मेक्सिकोको क्लब युनिभर्सिडेड नेसनल एसीमा अनुबन्धित भएका छन् । मेक्सिकन क्लबले आल्भेसलाई फ्री ट्रान्सफरमा क्याटलान क्लब बार्सिलोनाबाट अनुबन्ध गरेको हो । आल्भेसले सिजनको अन्त्यसँगै स्पेनिस क्लब बार्सिलोना छाडेका थिए । ३९ वर्षीय डिफेन्डरले पुमास नामले परिचित क्लबसँग एक वर्षको सम्झौता गरेका छन् । आल्भेस गत जनवरीमा ६ महिनाको […]

July 22, 2022

लेवान्डोस्कीले रियल म्याड्रिडविरुद्ध खेल्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले प्रि–सिजनको एल क्लासिकोमा प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ । लेवान्डोस्की यसैसाता मात्रै जर्मन क्लब बायर्न म्युनिखबाट बार्सिलोनामा आबद्ध भएका हुन् । उनी अहिले अमेरिकामा रहेको बार्सिलोनासँगको प्रशिक्षणमा सामेल भइसकेका छन् । टोलीसँगको प्रशिक्षणमा रहेकाले उनले बार्सिलोनाको लागि डेब्यु खेलमा प्रतिद्धन्द्धी रियल म्याड्रिड नै हुने सम्भावना रहेको […]

July 22, 2022

थापा पुन: महिला टोलीको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा प्रशिक्षक कुमार थापाको पुनरागमन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार वेबसाइटमार्फत सूचना जारी गर्दै थापाले साफ च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोली हेर्ने जानकारी दिएको हो । यसअघि भारतको सिलिगुडीमा भएको चौथो संस्करणमा पनि थापा नै प्रशिक्षक रहेका थिए । त्यसबेला टोलीको यात्रा […]

Success

Thank you for your time.