default_image

फुटबल

Ronaldo and Real Madrid

April 29, 2017

घरेलु मैदानमा रियलले भ्यालेन्सियाको सामना गर्दै

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगाको उपाधि जित्ने लक्ष्यलाई थप मजबुद बनाउने उद्देश्यका साथ आज घरेलु मैदानमा उत्रने रियल म्याड्रिडले भ्यालेन्सियाविरुद्ध कुनै अंक गुमाउने अपेक्षा गरेको छैन । घरेलु मैदानमा भएका अघिल्ला ५ खेलमा ७ अंक गुमाएको रियलले भ्यालेन्सियाविरुद्ध खेल्दा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र टोनी क्रुसलाई पुनः मैदानमा फर्काउनेछ । बार्सिलोना भन्दा १ खेल […]

April 28, 2017

आर्मी र संकटा विशाल स्मृति गोल्ड कपको फाइनलका लागि तयार

वीरगन्ज (हाम्रो खेलकुद)– ए डिभिजन क्लबको सहभागितमा रहेको बर्षको पहिलो नकआउट फुटबल प्रतियोगिता टुबोर्ग प्रथम विशाल स्मृति गोल्ड कप को उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सिएमजी क्लबले शनिबार एकअर्काको सामना गर्दैछन् । चर्को गर्मीका बीच हुने फाइनलमा दुवै टोलीका प्रशिक्षक खेलाडीले क्षमता अनुसारको प्रदर्शन गर्नेमा भने शंका व्यक्त गर्छन् । ‘मोफसलमा प्रतियोगिता हुनु राम्रो […]

April 28, 2017

जितसंगै किरणको क्लब तेश्रो स्थानमा उक्लियो

माले (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ सम्मिलित टि.सी. स्पोर्ट्स क्लबले माल्दिभ्सको शीर्ष डिभिजनको लिग धिवेही प्रिमिएर लिग अन्तर्गत पाँचौ खेलमा जित दर्ता गरेको छ। शुक्रबार भएको खेलमा टि.सी. स्पोर्ट्सले क्लब इगल्सलाई १-०ले पराजित गरेको हो। विजेता टोलीका लागि कर्नेलिअस स्टेवार्टले १५औं मिनेटमा गरेको गोल निर्णायक सावित भएको थियो। जितसंगै तेश्रो […]

April 28, 2017

नेपाली क्लबलाई किस्टोनको निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकाको पेन्सेभेनियामा रहेको किस्टोन एथलेटिकले नेपाली क्लबलाई अमेरिका भ्रमणको निमन्त्रणा दिएको छ । युएसए ओपन च्याम्प्यिनसिपमा नेपाली खेलाडीको व्यवस्थापकका रुपमा अमेरिका पुगेका रुस्लान थ्री स्टार क्लबका सदस्य राम श्रेष्ठमार्फत क्लबका पदाधिकारीले नेपाली क्लबलाई किस्टोनले समरमा आयोजना प्रतियोगिता भाग लिन आमन्त्रण गरेको बताइएको छ । थ्री स्टारका पूर्व प्रशिक्षक प्रदीप हुमागाई हाल किस्टोन […]

De Gea

April 28, 2017

डे हेयालाई महँगो गोलकिपर बनाउने रियलको तयारी

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे हेयालाई क्लबमा भित्राउने तयारी तिब्र पारेको छ । आउँदो सिजन क्लबमा अनुबन्ध गर्ने लक्ष्य राख्दै रियलले उनलाई अहिले सम्मको सबै भन्दा महँगा गोलकिपर बनाउने तयारी सुरु गरेको छ । गत सिजन ट्रान्सफर विन्डो अन्त्य हुनु अघि आवश्यक कागजात पुर्याउन नसक्दा डे हेयालाई रियलको अनुबन्ध गर्ने योजना […]

April 28, 2017

म्यानचेस्टर डर्बी बराबरीमा टुंगियो

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा गए राती भएको सिटी र युनाइटेडको म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा टुंगिएको छ । म्यानचेस्टर सिटीको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा रहँदै खेलको अन्त्य गरेको थियो । खेलमा आक्रमक रुपमा प्रस्तुत भएको  सिटिले धेरै मौका गुमाएपछि खेल बराबरीमा सकिएको हो। युनाइटेडका फरवार्ड ज्लाटान इब्राहिमोभिचको अनुपस्थितिले टोलीको आक्रमण शून्यप्राय रह्यो। […]

City United

April 27, 2017

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र युनाइटेड भिड्दै

म्यानचेस्टर (एजेन्सी)– इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टरका दुई क्लब सिटी र युनाइटेड आज राती आमने सामने हुँदैछन् । सिटीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राती १२ः४५ बजे सुरु हुनेछ । अंक तालिकामा १ अंकले मात्र भिन्न यी दुइ टोलीलाई अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन यो खेल निकै महत्वपूर्ण रहनेछ । चौथो स्थानमा रहेको […]

April 27, 2017

आर्मी फाइनलमा प्रवेश

वीरगंज (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नव जन जागृति फुटबल क्लबलाई ३-०ले पराजित गर्दै प्रथम विशाल मेमोरियल कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। बिहिबार भएको दोश्रो सेमिफाइनल खेलमा आर्मीले खेलको २२औं मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलले अग्रता बनाएको थियो। खेलको अन्त्यतिर कप्तान भरत खवासले २ गोल थपेपछि आर्मीले फाइनलमा स्थान पक्का गरेको हो। […]

Everest

April 27, 2017

चितवन लिगको उपाधिका लागि फेरी एनएफसी र एभरेष्ट भिड्ने

राकेश तिमल्सिना चितवन – चितवन जिल्ला लिगको फाइनलमा फेरी पनि एनएफसी र एभरेष्ट क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । भरतपुर फुटबल क्लब (बिएफसी) लाई बिहीबार २–० ले हराउँदै एभरेष्टले एनएफसीसँगको भेट पक्का गरेको हो । साविक विजेता एनएफसी यसअघि नै फाइनल पुगिसकेको छ । नारायणगढको क्याम्पाचौर बिहीबार एभरेष्टलाई जित दिलाउन सुरज सेन्चुरी र देव गुरुङले […]

April 27, 2017

बायर्न कपबाट बाहिरियो

म्युनिख (एजेन्सी) – सेमिफाइनलमा बोरुसिया डर्टमुण्डसंग ३-२ले पराजित भएपछि जर्मन लिग च्याम्पियन बायर्न म्युनिख जर्मन कपबाट बाहिरिएको छ। बुधबार राती भएको प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा डर्टमुण्डले मारको रीउसको गोलमा अग्रता लिएको थियो। उनले १९औं मिनेटमा अग्रता दिलेपानी दिलाएपनि हाभिएर मार्टीनेजले त्यसको ९ मिनेटमै खेललाई बराबरीमा ल्याएका थिए। ४१औं मिनेटमा फ्र्यांक रिबेरीको पासलाई सदुपयोग गर्दै म्याट्स […]

Success

Thank you for your time.