default_image

महिला साफ च्याम्पियनसिप

September 20, 2022

साफको उपविजेता टोलीले सरकारबाट जनही ३ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टोलीले सरकारबाट पुरस्कार पाउने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले हालै बनाएको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधिमा दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण, रजत र कांस्य विजेताका लागि निश्चित पुरस्कारको व्यवस्था छ । २०७२ सालमा बनेको कार्यविधि २०७६ सालमा संशोधन भएको थियो । […]

September 19, 2022

पुनम, दीपा र इन्दिराको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सोमबार सन्यासको घोषणा गरेका छन् । तीनै खेलाडी त्रिभुवन आर्मी फुटबल क्लबका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै रक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरेका हुन् । अखिल […]

September 19, 2022

प्रशिक्षक थापाद्वारा पद त्याग्ने घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षक पद‌ त्याग्ने घोषणा गरेका छन् । प्रशिक्षक थापाले सोमबार सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलपछि पदमा नरहने बताए । उनले आफूले उपाधि दिलाउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै पद छाड्ने जानकारी दिए । थापाले यसै प्रतियोगिताको सुरुवातमा जिम्मेवारी पाएका थिए । सन् […]

September 19, 2022

उपाधिसँगै अवार्डमा बंगलादेशको क्लिन स्विप

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिपको उपाधिसँगै बंगलादेशले व्यक्तिगत अवार्डमा पनि क्लिन स्विप गरेको छ । दशरथ रंगशालामा सोमबार इतिहासकै पहिलो उपाधि जित्ने क्रममा घरेलु टोलीलाई ३-१ ले पराजित गरेको हो । उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेकी बंगलादशकी कप्तान सविना खातुन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले प्रतियोगिता अवधिभर ८ गोल गर्दै […]

September 19, 2022

नेपाललाई स्तब्ध पार्दै बंगलादेशलाई ऐतिहासिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशले पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा घरेलु टोली नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले ऐतिहासिक उपाधि जितेको हो । दशरथ रंगशालामा सोमबार घरेलु टोलीलाई स्तब्ध पार्न बंगलादेशकी कृष्णारानी सरकारले २ गोल गरिन । सम्सुनाहारले सुरुवाती अग्रता दिलाउँदा नेपालका लागि अनिता बस्नेतको गोल सान्तवना सावित भयो । […]

September 19, 2022

साफ च्याम्पियनसिपमा नेपाललाई इतिहास रच्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल अर्को ऐतिहासिक उपलब्धीको एक कदम टाढा छ । दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने महिला साफ च्याम्पियनसिपको उपाधि जित्न सके नेपाल पहिलो पटक दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिताको च्याम्पियन बन्नेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा अहिले सम्म नेपाली पुरुष वा महिला दुवै टोली च्याम्पियन बन्न सकेको छैन […]

September 19, 2022

नेपाल र बंगलादेशबीचको फाइनल संयोग

प्रकाश तिमल्सिना, काठमाडौं पुरुष फुटबलमा नेपाल र बंगलादेशको थुप्रै संयोग छन् । दक्षिण एसियाली खेलकुद (साग) तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) मा सिनियर टोलीले खेल्दा नेपाल र बंगलादेश दुवै समान दुई पटक च्याम्पियन बनिसकेका टोली हुन् । दुई टोलीले अन्तिम पटक उपाधि जित्दा एकअर्काको भूमिमा जितेका थिए । साफमा नेपालले पछिल्लो पटक उपाधि जितेको […]

September 18, 2022

नेपाललाई ३८ वर्षपछि दशरथ रंगशालामा उपाधि जित्ने अवसर

प्रकाश तिमल्सिना, काठमाडौं नेपाललाई ३८ वर्षपछि दशरथ रंगशालामा फुटबलको अधिकारिक प्रतियोगितामा उपाधि जित्ने अवसर मिलेको छ । दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको छैटौं संस्करणको फाइनलमा सोमबार नेपालले बंगलादेशको सामना गर्दैछ । स्वदेशमा सन् १९८४ मा भएको तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करणमा नेपाली पुरुष टोलीले फुटबल […]

September 18, 2022

साफ च्याम्पियनसिपको फाइनल साँझ ५ बजे सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ ५:०० बजे सुरु हुनेछ । फाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यी दुई पहिलो पटक फाइनल एक अर्काको सामना गर्दैछन् । भदौ २१ गते देखि सञ्चालन भएको च्याम्पियनसिपमा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता थियो । समूह एमा ४ र समूह बीमा […]

September 18, 2022

‘घरेलु समर्थकको अगाडि जितेको अनुभव छ’ – बंगलादेश प्रशिक्षक छोटोन

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक गोलाम रोब्बानी छोटोनले साफ च्याम्पियनसिपको फाइनलअघि घरेलु समर्थकको अघि खेलेको अनुभव रहेको बताएका छन् । दशरथ रंगशालामा सोमबार साँझ ५ बजे हुने फाइनलमा हजारौं समर्थक उपस्थित हुने अपेक्षा रहेको छ । सेमिफाइनलमा भारतविरुद्ध झन्डै साढे ७ हजारको उपस्थिति रहेको थियो । प्रशिक्षक छोटोनले फाइनलमा घरेलु […]

Success

Thank you for your time.