default_image

महिला साफ च्याम्पियनसिप

October 27, 2024

भारतलाई हराउँदै नेपाल फाइनलमा

सुबास हुमागाईं, काठमाडौं नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना […]

October 27, 2024

नेपाल र भारत पहिलो हाफमा बराबर

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरीमा छन् । दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले खतरा टार्यो […]

October 27, 2024

साफ च्याम्पियनसिप सेमिफाइनल – नेपाली टोलीको पहिलो रोजाईमा १ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले महिला साफ च्याम्पियनसिपमा भारतविरुद्धको पहिलो रोजाईमा १ खेलाडी परिवर्तन गरेको‌ छ। श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलको पहिलो रोजाईमा रहेकी सुरु लिम्बुको सट्टा आज पुजा रानाले सुरु गर्ने भएकी छिन्। कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासहित १० जनाले निरन्तरता पाएका छन् । पुजा, एन्जिलासहित पहिलो रोजाईमा विमला विक, अमृता जैसी, रेनुका नगरकोटे, […]

October 27, 2024

बंगलादेश फराकिलो जितसँगै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानलाई पहिलो सेमिफाइनलमा फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न सेमिफाइनलमा बंगलादेशले ७-१ को जित दर्ता गरेको हो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन् । सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले १-१ गोल […]

October 27, 2024

पहिलो हाफमै बंगलादेशको ५ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलको पहिलो हाफमा बंगलादेशले भुटानविरुद्ध ५ गोल गरेको छ । बंगलादेश पहिलो हाफमा ५-१ को अग्रता लिन सफल भयो । बंगलादेशका लागि कप्तान सविना खातुन र तोहुरा खातुनले २-२ तथा ऋतु पोर्ना चक्माले १ गोल गरे । भुटानले डेकी ल्हाजोमले १ गोल फर्काइन् । खेलको […]

October 27, 2024

नेपाललाई फेरि पनि भारतलाई हराउने चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल, सर्वाधिक सफल भारत र साविक विजेता बंगालादेशलाई महिला साफ च्याम्पियनसिप मुख्य दाबेदारका रुपमा हेरिएको छ। नेपाललाई समूह चरणमा गोलरहित बराबरीमा रोक्दै भुटानले पनि बिस्तारै आफ्नो उपस्थितिलाई औपचारिकता भन्दा पनि चुनौती दिन सक्षम टोलीका रुपमा आफ्नो प्रस्तुत गरेको छ। नेपालसँग बराबरी खेलेपछि उत्साहित भुटानले त्यसपछिको खेलमा श्रीलंकालाई ४-१ र माल्दिभ्सलाई […]

October 24, 2024

श्रीलंकालाई हराउँदै नेपाल समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई हराएको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकामाथि ६-० को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा सावित्रा भण्डारी साम्बा, रश्मीकुमारी घिसिङ, सविता राना मगर र अमिषा कार्कीले १-१ गोल गरे […]

October 24, 2024

पहिलो हाफमै नेपालको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४-० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा […]

October 24, 2024

साम्बासहित ४ खेलाडी परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद)–नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलको‌ पहिलो रोजाई अघिल्लो खेलका ४ खेलाडी परिवर्तन गरेको छ। राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासँगै सावित्रा भण्डारी साम्बा, अमिषा कार्की, अमृता जैसीले सुरुआती ११ मा मौका पाएका छन् । माल्दिभ्स विरुद्ध अघिल्लो खेलमा‌ पहिलो रोजाईमा‌ रहेका गोलकिपर अन्जना राना मगर, रश्मीकुमारी घिसिङ, विमला […]

October 24, 2024

भुटान १३ गोल गर्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह बी को खेलमा भुटानले माल्दिभ्सविरुद्ध १३-० को जित निकालेको छ । यस जितसँगै भुटान लगातार दोस्रो संस्करणमा सेमिफाइनल प्रवेश गरेको छ । पहिलो हाफको खेल सकिँदा भुटान ६-० ले अघि थियो । भुटानका लागि डेकी ल्हाजोम एक्लैले ५ गोल गरिन् । पेमा छोदेन र डेकी याङदोनले […]

Success

Thank you for your time.