April 22, 2021
तातोपानी (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब समूह ‘बी’ को विजेता बन्दै भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भोटेकोसी गाँउपालिका वडा नम्वर २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा बिहीबार भएको समूह ‘बी’ को खेलमा एपिएफले सुरुवाती सेट गुमाएपनि त्यसपछि […]
April 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रथम पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) को पारा वरियतामा पर्न सफल भएका छन् । बिडब्लुएफले निकालेको वरियतामा अधिकारी ८१औं स्थानमा रहेका हुन् । उनले गत महिना दुवईमा सञ्चालन भएको पारा ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाएका थिए । उनले पारा ब्याडमिन्टन खेलमा अझै सहभागिता जनाउन पाए वरियतामा सुधार […]
April 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध मलेसियाले पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा मलेसिया कप्तान अहमद फाइजले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा मलेसिया पराजित भएमा नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुग्ने छन् । आजको खेलमा मलेसिया विजयी भएमा पनि अन्तिम खेल […]
April 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले टि२० आई क्रिकेटमा लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत नेपालको नेदरल्यान्ड्सविरुद्ध अर्धशतकका साथ आफ्नो टि२० आई करिअरको लगातार तेस्रो अर्धशतक प्रहार गरेका हुन् । कुशलले ४१ बलमा तेस्रो अर्धशतक प्रहार गरेका हुन् । नेपालबाट टि२० आईमा लगातार तेस्रो […]
April 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत तेस्रो खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १:१५ पछि टियु क्रिकेट मैदानमा हुनेछ । घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुने छ । मलेसिया नेपाललाई घरमै स्तब्ध पार्दै पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दा […]
April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – श्री आदर्श कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा च्याम्पियन बनेको छ । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिता ६ स्वर्ण, २ रजत र १ कांस्य जित्दै २१ अंकसाथ श्री आदर्श शुक्रबार समग्रमा च्याम्पियन बनेको हो । २ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ १९ अंक जोडेको […]
April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले ‘निसहाय सेवा सदन’ मा रहेका जेष्ठ नागरिकलाई १ महिनासम्म आवश्यक पर्ने औषधी, ह्वीलचेयर र मास्क प्रदान गरेका छन् । स्पोर्ट्स एन्ड इन्भारमेन्ट कमिसनले आयोजना गरेको उक्त कार्यक्रममा ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले निसहाय सेवा सदनका कोषाध्यक्ष शंकर प्रसाद गजुरेललाई उक्त सामग्री हस्तान्तरण […]
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आरडब्लु समर स्ल्याममा नुवाकोटे टाइगर बुधबार च्याम्पियन बनेका छन् । हेभी वेटमा टाइगरले चट्टानलाई पराजित गर्दै २० हजार नगद पुरस्कार जिते । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको हार्ड कोरमा थगुले द युग तथा त्रिपल सेटमा जेनिकाले तनु र दिलाशालाई हराए । थगुले १५ हजार तथा जेनिकाले १० हजार नगद […]
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आईकेकेएफका थमप्रकाश खड्काले प्रथम अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा बुधबार स्वर्ण जितेका छन् । नेपाल क्योकुसिन कराते संघ आईकेएद्वारा आयोजित प्रतियोगिताको फाइनलमा थमले आईकेए दोलखा डोजोका सुवास थामीलाई पराजित गरे । सिनामंगलमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा आईकेए केन्द्र डोजोका कमल पहाडीले आईकेकेएफका प्रज्ज्वल थापा, ३५ केजीमा आईकेए […]
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर सुमिना खड्का आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छन् । पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको महिला ५४ केजीमा सुमिना बेलारुसकी विनाराभा आर्नासंग पराजित भएकी हुन् । तीनै राउन्ड प्रतिस्पर्धा गरेकी सुमिना अंकका आधारमा प्रतिद्वन्द्वी विनाराभासंग पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । […]