default_image

General

March 6, 2020

कोरोना त्रासले १० लाख पुरस्कारको भरतपुर गोल्डकप स्थगित

विनोद बाबु रिजाल, भरतपुर अर्को महिना हुने भनिएको दोस्रो भरतपुर गोल्डकप फुटबल प्रतियोगिता तत्कालका लागि स्थगित गरिएको आयोजक एजे इन्टरनेसनलले जनाएको छ । ‘कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन सक्ने भन्दै स्थानीय प्रशासन, भरतपुर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् ठूला प्रतियोगिताहरु नगर्न आग्रह गरेकाले तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको छ’, प्रतियोगिता संयोजक आलोकप्रताप राणाले भने, […]

March 6, 2020

बिच भलिबलः सन्जु र होमको जोडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाका सन्जुविक्रम शाह र होम पुनको जोडी न्युटन–बाग्लुङ कप टु ‘ए’ साइड पुरुष खुला भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै एपीएफका विजय थापा र राजकुमार निरौलाले पनि अन्तिम चारमा स्थान बनाएको छ ।   बालुवाटरस्थित आयोजक न्युटन हाइ स्कुलमा भएको खेलमा विजय र राजको जोडीले छन्त्याल समाज म्याग्दीका […]

March 6, 2020

भावना र विपनाको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – भावना सुनुवार र विपना ब्लोनले पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।  सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा शुक्रबार भएको खेलमा भावनाले अस्मिता नगरकोटीलाई सोझो सेटमा तथा विपनाले स्वस्थानी श्रेष्ठमाथि ३–१ को सेटमा जित निकालेको हो । एकपक्षीय खेलमा भावनाले अस्मितामाथि ११–२, ११–० र ११–३ को […]

March 6, 2020

प्रिन्स जर्मन सिरिजको प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लगातार तेस्रो जित निकाल्दै प्रिन्स सिरिजको अन्तिम १६ मा पुग्न सफल भएका हुन् ।  बर्लिनमा शुक्रबार भएको पुरुष यु–१९ एकलको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले घरेलु टोली जर्मनीका कियन यु ओइलाई २–१ को सेटमा […]

March 5, 2020

फिस्लिङ ‘ए’ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल  र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ चौथो राष्ट्रिय  र्‍याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोसीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ च्याम्पियन बन्न सफल भएको हो । आठौं पर्वतिय खेलकुद महोत्सव अन्तरगत नेपाल  र्‍याफ्टिङ एण्ड […]

March 5, 2020

पहिलो हाफ त्रिभुवन आर्मी र माइभ्यालीको बराबरी

दिपक बोहोरा, इलाम इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको दोश्रो सेमिफाइनलको पहिलो हाफमा नेपाल आर्मी र आयोजक माइभ्याली फुटबल क्लबबीचको खेल १–१ बराबरी टुंगिएको छ । खेलको ३३ औं मिनेटमा आर्मीका गोल किपर बिबश चौधरी बल नियन्त्रको लागि अगाडि बढेका अवस्थामा माइभ्यालीका करण राइले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा आर्मीका सन्तोष […]

March 5, 2020

फ्रान्स र पोर्चुगल एकै समूहमा

एजेन्सी – विश्वविजेता फ्रान्स र पहिलो संस्करणको नेसन्स लिग विजेता पोर्चुगल युइएफए नेसन्स लिगको एकै समूहमा परेका छन् । युइएफएले २०२०÷२१ सिजनको लागि मंगलबार राति सार्वजनिक गरेको ‘ड्र’को लिग ‘ए’ को ग्रुप ३ मा फ्रान्स र पोर्चुगल एकै समूहमा परेको हो । यो समूहमा स्वीडेन र क्रोएसिया पनि रहेका छन् । यो समूहलाई ‘ग्रुप अफ […]

March 4, 2020

जर्मन जुनियर सिरिजमा प्रिन्सको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा विजयी सुरुवात गरेका छन् । मंगलबार मात्रै विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) को जुनियर वरीयतामा शीर्ष १० मा अटाएका प्रिन्सले बर्लिनमा बुधबार भएको पुरुष यु–१९ एकलको पहिलो राउन्डको खेलमा अष्ट्रियाका लेनी सुदर्मालाई २–० को सोझो सेटमा पराजित गर्दै राउन्ड अफ ६४ […]

March 4, 2020

पिआरसी ओपन स्क्वास यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – पशुपति रोड क्यारियर (पिआरसी) को मुख्य प्रायोजनमा पिआरसी ओपन स्क्वास प्रतियोगिता यसै साता आयोजना हुने भएको छ । नेपाल स्क्वास राकेट्स संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २३ देखि २७ फाुगनसम्म हुने जानकारी गराएको हो । पशुपति रोड क्यारियर (पिआरसी) ले यसअघि पनि स्क्पासको कार्यक्रमहरुलाई सहयोग गर्दै आइरहेको थियो […]

March 2, 2020

दिपेशलाई सिन्धुली गढी राष्ट्रिय ब्याडिमिन्टन उपाधि

सिन्धुली (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विभागीय नेपाल एपिएफ क्लबका दिपेश धामी प्रथम सिन्धुली गढी राष्ट्रिय ब्याडिमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको च्याम्पियन बनेका छन् ।  सिन्धुली माडीमा आइतबार भएको फाइनलमा दिपेशले नेपाल पुलिस क्लबका विष्णु कटुवालमाथि २–० को सोझो सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । एकपक्षीय खेलमा दिपेशले विष्णुमाथि २१–१७ र २१–६ को […]

Success

Thank you for your time.