default_image

General

November 18, 2017

फ्रेण्डस् चन्द्रागिरी गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– फ्रेण्डस् क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज भएको सेमिफाइनल सिएमजी क्लब संकटा १–० ले हराउँदै अन्तिम दुई मा पुगेको हो । ७० औं मिनेट सियुङले फ्रिकिकमार्फत गरेको गाेल नै खेलको निर्णय बनेको थियो । नेपाल जनरल मार्केट (हिरो) को मुख्य प्रायोजन, […]

November 16, 2017

अब राजधानीमै प्याराग्लाइडिङ गर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)– अब राजधानीमै साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ । काठमाडौंको जहरसिंह पौवामा शंखरापुर प्याराग्लाइडिङ प्रालिले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी व्यावसायिक रुपमा उडान सुरु गरेको जानकारी दिएको हो । जहरसिंह पौवाबाट विभिन्न हिमाली शृंखलाका साथै काठमाडौं र भक्तपुर सहर तथा मेलम्चीको समेत दृष्यावलोकन गर्न मिल्ने गरी साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक […]

November 13, 2017

खेलकुद पत्रकार प्रियासहितको टोली सगरमाथा आरोहणको तयारीमा

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकार प्रिया लक्ष्मी कार्कीसहित पाँच महिला पत्रकार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । समानताका लागि बुदल्न आवाज भन्ने नाराका साथ आरोहण गर्ने टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो राष्ट्रपति भवनमा शुभकामना दिएकी छन् । प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ नाम दिइएको उक्त आरोहण टोलीलाई राष्ट्रपति भण्डारीले नेपाली […]

November 11, 2017

अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज, ८ देशका रेलर भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको दोस्रो संस्करण आज हुँदैछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा शनिबार हुदैछ । दोस्रो खेल इटहरीको ठुलो जनता माविमा कात्र्तिक २७ गते सोमबार हुदैछ । प्रतियोगितामा नेपाल सहित ८ देशका रेस्लरहरुको सहभागिता रहने संघकी अध्यक्ष सुनिता थापाले हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । आयोजक […]

November 10, 2017

१५ जनाले ‘ए’ कोचिङ कोर्ष उतिर्ण गरे, थ्री स्टारका पूर्व प्रशिक्षक हुमागाईले ल्याए सर्वाधिक अंक

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईंले एएफसी ‘ए’ कोचिङ कोर्षमा सबैभन्दा बढी अंक ल्याएका छन् । हाल अमेरिकामा एक फुटबल एकेडेमीमा प्रशिक्षकका रुपमा कार्यरत हुमागार्इंसहित १५ जनाले दुई महिनाअघि भएको कोर्ष उर्तिण गरेका हुन् । इरानका नादेर अरबीले अगस्ट १६ देखि सेप्टेम्बर १६ सम्म सञ्चालन गरेको कोर्षमा २१ प्रशिक्षक सहभागी […]

November 2, 2017

अन्तर्राष्ट्रिय रिङ रेस्लिङ यसै महिना आयोजना हुने

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप कात्तिक अन्तिम साता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजना तथा डिस होमको मुख्य प्रायोजनमा च्याम्पियनसिप कात्तिक २५ गते राखेप कभर्ड हलमा तथा कात्तिक २७ गते इटहरीको ठूलो जनता माविमा हुने बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा नेपाल सहित ८ देशका रेस्लरहरुको सहभागिता […]

October 31, 2017

कमलाको व्यक्तिगत प्रदर्शनमा सुधार

काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी भारोत्तोलन खेलाडी कमला श्रेष्ठले दक्षिण कोरियामा जारी एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसिपमा आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । दक्षिण कोरियाको योङगुमा मंगलबार भएको ६३ केनी तौल समूहमा कमलाले आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । कमलाले स्न्याचमा ७० केजी, क्लिन एण्ड जर्कमा ८७ केजीसहित कुल १ सय ५७ केजी भार वहन […]

October 31, 2017

किर्गिस्तान विरुद्ध नेपाल [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ फुटबल च्याम्पियनसिपको समूह चरणको छनोटमा नेपालले पहिलो खेलमा आज घरेलु टोली किर्गिस्तानको सामना गर्दैछ।खेल नेपाली समयानुसार ११:४५ मा सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण किर्गिस्तान फुटबल संघले माइक्युजू मार्फत दिनेछ । यहाँ पनि खेलको प्रसारण हेर्न सक्नु हुनेछ ।

October 24, 2017

बाप्पे वर्षको उत्कृष्ट युवा खेलाडी , जिते गोल्डेन बोय २०१७

लण्डन (एजेन्सी) – मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मन (पिएसजी)मा रहेका किलियन बाप्पेले गए राति गोल्डेन बोय २०१७ को उपाधि हात पारेका थिए । वर्षको उत्कृष्ट युवा खेलाडिलाई दिइने यस अवार्डमा बाप्पेले बार्सिलोनाका उस्माने डेम्बेले र म्यानचेस्टर युनाइटेडका मार्कोस रासफोर्डलाई उछिनेका थिए । गत सिजन उनले मोनाकोका लागि ४४ खेलमा २६ गोल गरेका थिए । उनको […]

September 27, 2017

म्यानचेस्टर सिटीको जित, लिभरपुल फेरी रोकियो

म्यानचेस्टर (एजेन्सी) – इङ्लिस टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग समूह एफमा शाख्तार डोनेस्कलाई २–० ले हराउँदै आफ्नो दोस्रो जित दर्ता गरेको छ । सिटीका लागि केभिन डि ब्रुयन र रहिम स्टेर्लिङले गोल गरेका थिए । खेलको ४८ औँ मिनेटमा डेभिड सिल्भासँग पास साटासाट गर्दै डि ब्रुयनले पेनाल्टी बक्स बाहिरबाट शानदार गोल गर्दै सिटीको गोलको खाता […]

Success

Thank you for your time.