default_image

अन्तर्राष्ट्रिय

January 10, 2025

रियल स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]

January 9, 2025

टोटेहमसँग लिभरपुलको‌ हार

एजेन्सी – टोटनहमले लिग को सेमिफाइनलको‌ पहिलो लेगमा बुधवार लिभरपुललाई हराएको छ। खेलको अन्त्यतिर लुकास बेरगभालले गरेको गोलमा टोटनहमले लिभरपुललाई १-० ले हराएको छ । यो सिजनमा लिभरपुलको यो दोस्रो हार मात्रै हो । सबै प्रतियोगिताका २४ खेलयता लिभरपुल पहिलो पटक पराजित भएको हो । लन्डनको टोटनहम स्टेडियममा भएको खेल सकिन ४ मिनेट अघि बेरगभालले गोल गरे […]

January 9, 2025

बार्सिलोना सुपर कपको फाइनलमा

एजेन्सी – बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरबको जेद्दामा एथलेटिक क्लबलाई बुधवार २-० ले हराउँदै बर्सिलोना उपाधि नजिक पुगेको हो। गाभी र लामिन यमलको गोलमा बार्सिलोनाले जित निकालेको हो । खेलको १७ औं मिनेटमा गाभिले पहिलो गोल गरे । ५७ औं मिनेटमा यमलले गोल गरेपछि बार्सिलोनाको फाइनल यात्रा निश्चित भयो । अर्को […]

January 7, 2025

एसी मिलानलाई इटालियन सुपरकप

एजेन्सी – एसी मिलानले इटालियन सुपरकपको उपाधि जितेको छ। टामी अब्राहमले खेलको अन्त्यतिर गरेको गोलमाले एसी सोमवार इन्टर मिलानलाई ३–२ ले पराजित गर्दै एसी मिलानले इटालियन सुपरकपको उपाधि जितेको हो । साउदी अरेबियाको रियादमा भएको खेलमा साविक विजेता इन्टरले २-० गोलको अग्रता गुमाएको हो । लउटारो मार्टिनेज पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे। मेहदी टारेमीको ४७ […]

January 6, 2025

शीर्षस्थानको लिभरपुलसँग युनाइटेडको बराबरी

एजेन्सी – सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई बराबरीमा‌ रोकेको छ। लिगमा सन् १९७९ पछि लगातार चौथो हारलाई रोक्ने क्रममा युनाइटेडले लिभरपुलसँग आइतवार २-२ को बराबरी खेलेको हो । अमाड डेल्लोले ८० औं मिनेटमा बराबरी गोल गर्दैै युनाइटेडलाई अं‌क‌ दिलाएका हुन्। खेलमा‌ अग्रता युनाइटेडले नै लिएपनि जोगाउन सकेन । […]

December 31, 2024

चेल्सी र युनाइटेड पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमवार चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित भएका छन्। रेलिगेसन क्षेत्रमा रहेको इप्स्विच टाउनले चेल्सीलाई र न्युक्यासलले युनाइटेडलाई समान २-० ले हरायो। घरेलु मैदानमा इप्स्विचलाई जित दिलाउन लियाम डेपाल र ओमारी हुट्चिन्सनले गोल गरे। डेपालले १२ औं मिनेटमा पेनाल्टीमा गोल गरे । ५३ मिनेट हुट्चिन्सनले गोल गरेपछि चेल्सी थप दबाबमा पर्यो। […]

December 30, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको गोल

एजेन्सी – साभिन्हो र इर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले आइतवार इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले हराएको छ। सिटीको प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाको ५ सयौं खेल सुखद रह्यो। हालान्ड ४ खेलपछि गोल गर्न सफल भए । साभिन्होले २१ औं मिनेटमा सिटीले पहिलो गोल गरे। हालान्डले ७४ औं‌ मिनेटमा हेड मार्फत गोल गरे । सबै […]

December 29, 2024

मिसन २०२६ को प्रशिक्षणमा रहेका खेलाडीलाई एन्टी डोपिङ र खेल पोषण कक्षा

काठमाडौं (हाम्रो खेलकुद)- जापानमा हुने २० औं एसियाली खेलकुद (मिसन २०२६) को तयारीमा रहेका खेलाडीका लागि राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा एन्टी डोपिङ र खेल पोषण कक्षाको आयोजना भएको छ। दुई दिने कक्षाको समापनमा आइतवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ को लक्ष्य विशेष प्रशिक्षणमा रहेका खेलाडीबाट पूरा हुने विश्वास व्यक्त गरे‌। […]

December 27, 2024

लिभरपुल शीर्षस्थानमा थप बलियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा विजयी यात्रालाई जारी राख्दै लिभरपुल शीर्ष स्थानमा थप मजबुत बनेको छ। उपाधिको मुख्य दाबेदार लिभरपुलले बिहीवार लेस्टर सिटीलाई ३-१ ले पराजित गर्यो। लिभरपुलले १-० ले पछि परेको खेल उल्टाएको थियो। लिभरपुलको‌ जितमा कोडी गाक्पो,कर्टिस जोन्स,मोहमद सलाहले गोल गरे। एनफिल्डमा भएको खेलमा जोर्डन एयेको गोलले लेस्टरले छैटौं मिनेटमा अग्रता लियो । […]

December 27, 2024

म्यानचेस्टर सिटी बराबरीमा रोकियो

एजेन्सी – इर्लिङ हालान्डले दोस्रो हाफमा हानेको पेनाल्टी गोलकिपर जोर्डन पिकफोर्डले रोकेपछि इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बिहीवार जितबाट बन्चित भएको छ। खेलमा अग्रता लिएपनि सिटी एभर्टनसँग १-१ को बराबरीमा रोकिएको छ । लगातार चार पटकको लिग विजेता सिटीले सबै प्रतियोगिताका गरेर पछिल्ला १३ खेलमा एउटा मात्र खेल जितेको छ।एकैमा मात्र विजयी छ ।  घरेलु मैदानमा […]

Success

Thank you for your time.