default_image

अन्तर्राष्ट्रिय

August 9, 2019

बायर्न म्युनिख २३-० ले विजयी

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा तल्लो श्रेणीको जर्मन क्लब रोताक एगर्नलाई २३-० ले पराजित गरेको छ । बायर्नको जितमा ५ खेलाडीले ह्याट्रिक पूरा गरे । मिडफिल्डर कोरेन्टिन टोलिसोले सर्वाधिक ४ गोल गर्दा बायर्नका १० खेलाडी गोल गर्न सफल भए । एक गोल भने आत्मघाती गोल भएको थियो । बायर्नले खेलको छैटौं […]

August 9, 2019

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद टोरन्टो बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि-२० अन्तर्गत शुक्रबार भएको खेलमा सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स एलिमिनेटरबाट बाहिरिएको छ । खराब प्रकाशका कारण खेल १७.१ ओभरमा रोकिएपछि विनिपेग हक्सले डकवर्थ लेविस पद्दतिका आधारमा टोरन्टोलाई २ रनले पराजित गरेको हो । विनिपेगले नेपाली अलराउन्डर सोमपाल कामीलाई पहिलो रोजाइमा राखेको थिएन । पहिलो ब्याटिङको निम्तो पाएको […]

August 8, 2019

लुकाकु कीर्तिमानी मुल्यमा इन्टर मिलानमा अनुबन्धित

एजेन्सी – बेल्जियन तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकु कीर्तिमानी मुल्यमा इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् । इन्टर मिलानले क्लबको कीर्तिमानी ७३ मिलियन पाउन्डमा बिहीबार लुकाकुलाई ५ वर्षका लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । क्लबले एकै खेलाडीका लागि खर्चिएको यो सबैभन्दा मोटो रकम हो । यसअघि क्लबले १९९९ मा […]

David Luiz

August 8, 2019

लुइज चेल्सी त्यागेर आर्सनल लागे

एजेन्सी – चेल्सीका ब्राजिलियन डिफेन्डर डेविड लुइजले लन्डन सहरकै अर्को क्लब आर्सनलबाट खेल्ने भएका छन् । गत मे महिनामा मात्र चेल्सीसँग नयाँ सम्झौता गरेका लुइजले क्लबलाई आर्सनलको प्रस्ताव स्वीकार गर्न दवाव दिएका थिए । उनलाई अनुबन्ध गर्न आर्सनलले ८ मिलियन पाउण्ड प्रस्ताव गरेको हो । फ्रान्क लाम्पार्डको प्रशिक्षकत्वमा रहेको चेल्सीले प्रस्ताव स्वीकार गरेपछि लुइज आर्सनल […]

August 8, 2019

युभेन्टस र सिटीद्वारा डिफेन्डर साटासाट

एजेन्सी – इंग्ल्यान्डको ट्रान्सफर विन्डो सकिने अघिल्लो दिन इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी र इटालियन च्याम्पियन युभेन्टसले डिफेन्डर साटासाट गरेका छन् । सिटीका ब्राजिलियन डिफेन्डर ड्यानीलो युभेन्ट्स जाँदा युभेन्ट्सबाट पोर्चुगिज डिफेन्डर जोआओ क्यान्सेलो सिटी आएका हुन् । यसवापत सिटीले युभेन्टसलाई २८ मिलियन युरो थप उपलब्ध गराउनेछ । सिटीले राइट ब्याक पोजिसनमा काइल वाल्करलाई चुनौती दिन सक्ने […]

August 8, 2019

बार्सिलोनाले नेपोलीलाई हरायो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेल अन्तर्गत इटालियन टोली नेपोलीलाई २-१ ले पराजित गरेको छ । बार्सिलोनाले खेलको ३९ औं मिनेटमा सर्जियो बुस्केट्सको गोलमा अग्रता लिएको थियो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षकको अगाडी बाउन्स हुँदै गोलमा परिणत भएको थियो । नेपोलीले ३ मिनेटमा नै खेल बराबरीमा ल्यायो । उम्टिटीको गल्तिको फाइदा […]

August 8, 2019

हाजार्डको उत्कृष्ट गोलमा रियलको जित

एजेन्सी – इडेन हाजार्डको उत्कृष्ट गोलसँगै स्पेनिस क्लब रियल म्याड्रिडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा जर्मन क्लब आरबी लाइप्जिगलाई १-० ले पराजित गरेको छ । यसै सिजन चेल्सी छाडेर रियल पुगेका हाजार्डले खेलको १९ अौं मिनेटमा गोल गरेका थिए । काउन्टर अट्याकमा उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । रियल आएयता […]

August 8, 2019

सन्दीपको औसत प्रदर्शन, टोरन्टो प्लेअफमा

एजेन्सी – नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टि-२० को प्लेअफमा प्रवेश गरेको छ । बुधबार सम्पन्न लिग चरणको अन्तिम खेलमा टोरन्टोले मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गरेपछि प्लेअफमा स्थान बनाएको हो । लिग चरणको अन्तिम खेल निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भएको थियो । सम्बन्धित टोलीले अन्तिम खेलसम्म पनि […]

August 7, 2019

ग्लोबल टि-२० : पैसा नपाएपछि सन्दीपको टोली मैदान आएन

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि-२० अन्तर्गत आज हुने खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले मोन्टरियल टाइगर्सको सामना गर्दैछ । तर हालसम्म पूरा पैसा नपाएको भन्दै दुवै टोलीले मैदान आउनको लागि होटेल छाडेका छैनन् । एसोसिएट क्रिकेटको जानकारी राख्ने पत्रकार पिटर डेला पेनाका अनुसार टोली खेल सुरु हुनुभन्दा ५० मिनेट अघिसम्म […]

August 7, 2019

आल्भेसको भव्य स्वागत, १० नम्बर जर्सी लगाउने

एजेन्सी– साउ पाउलोमा डानी अल्भेसको भव्य स्वागत भएको छ । ब्राजिलिन भेट्रान फुल ब्याक सन् २०२२ सम्म नयाँ क्लबमा रहनेछन् । भव्य समारोह अघि उनलाई सयौं समर्थकले विमानस्थलमा भव्य स्वागत गरेका थिए । बार्सिलोना र पेरिस सेन्ट जर्मेनका पूर्व स्टार क्लबको मैदानमा सार्वजनिक हुँदा ४० हजार भन्दा बढी समर्थकहरुको उपस्थिति थियो । डेढ दशक भन्दा […]

Success

Thank you for your time.