default_image

अन्तर्राष्ट्रिय

August 10, 2019

प्रिमियर लिगमा आज ६ खेल, को कोसँग खेल्दै ?

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबारबाट शुरु भएको छ । नयाँ सिजनको पहिलो खेलम अघिल्लो संस्करणको उपविजेता मर्सिसाइड क्लब लिभरपुलले नर्विच सिटीमाथि ४–१ को फराकिलो जित निकाल्दै प्रभावशाली जित हात पारेको छ । लिभरपुलको जितमा मोहम्मद सलाह, भर्जिल भान डाइक र डिभोका ओरिगीले गोल गरे । एक गोल उपहार पाएको थियो । […]

August 10, 2019

हाजार्डले रियलमा ७ नम्बर लगाउने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका लागि यसै सिजन क्लब आएका विंगर इडेन हाजार्डले ७ नम्बर जर्सी लगाउने भएका छन् । क्लबका दिग्गज खेलाडी राउल गोन्जालेज, क्रिस्टियानो रोनाल्डो लगायतले लगाएको जर्सीको महत्त्व बेग्लै रहेको छ । अघिल्लो सिजन मारियानो डियाजले ७ नम्बर लगाएका थिए । हाजार्डको आगमनसँगै मारियानोले अब २४ नम्बर लगाउने भएका छन् । […]

August 10, 2019

प्रिमियर लिगमा लिभरपुलको सानदार सुरुवात

एजेन्सी – अघिल्लो संस्करणको उपविजेता मर्सिसाइड क्लब लिभरपुलले नयाँ सिजनको पहिलो खेलमा प्रभावशाली जित हात पारेको छ । घरेलु मैदान एनफिल्डमा शुक्रबार राति भएको खेलमा लिभरपुलले प्रिमियरसिप च्याम्पियन नर्विच सिटीमाथि ४–१ को फराकिलो जित निकालेको हो । लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा लिभरपुलले रक्षापङ्ति चुस्त बनाउन सकेको थिएन । […]

August 9, 2019

मेस्सी र रोनाल्डोसहित लिभरपुलका पाँच खेलाडी च्याम्पियन्स लिग अवार्डको मनोनयनमा

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी, इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोसहित लिभपुलका पाँच खेलाडीहरु च्याम्पियन्स लिगको व्यक्तिगत अवार्डको मनोनयनमा परेका छन् । युइएफएले २०१८/१९ को च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरेका खेलाडीहरु सर्ट लिस्ट बिहीबार सार्वजिनक गर्दा च्याम्पियन्स लिग विजेता लिभरपुलका खेलाडीहरुले वर्चस्व जमाएको हो । बार्सिलोनाका फ्रान्की डि जोङसहित ३, टोटेनहमका २ र […]

August 9, 2019

साने सात महिना मैदान बाहिर

एजेन्सी – इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी तथा जर्मनी राष्ट्रिय टोलीका भरपर्दा विंगर लिरोए साने कम्तीमा सात महिना मैदान बाहिर रहने पक्का भएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले साने सात महिना मैदान बाहिर रहने पुष्टि गरेका छन् । सानेले लिभरपुलविरुद्ध कम्युनिटी शिल्ड अन्तरगतको खेलमा एन्टेरियर क्रिउसेट लिगामेन्ट (एसिएल) को चोट बोकेका थिए । […]

August 9, 2019

मेस्सीको गोल युरोपमा सिजनकै उत्कृष्ट

एजेन्सी – बार्सिलोनाले गएको सिजन च्याम्पियन्स लिग उपाधि जित्न नसकेपनि टोलीका कप्तान कप्तान लियोनल मेस्सी युइएफए डट कम गोल अफ दि सिजन जित्न सफल भएका छन् । लिभरपुलविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा मेस्सीले गरको गोल सिजनकै उत्कृष्ट बन्न सफल भयो । त्यो पहिलो लेगमा मेस्सीको बार्सिलोना ३–० ले विजयी भएको थियो । तर दोस्रो […]

August 9, 2019

नेपालले टेष्ट राष्ट्र सहभागी टि२० प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन नसकेपनि टेष्ट राष्ट्र आयरल्यान्डसहित पाँच देश सम्मिलित क्रिकेट सिरिज खेल्ने भएको छ । ओमान क्रिकेटको आयोजनामा ओमानमा अक्टोबर ५ देखि १० सम्म हुने प्रतियोगितामा ओमान सहित टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, हङकङ र नेदरल्यान्डले प्रतिस्पर्धा गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) […]

August 9, 2019

‘नेयमारले पिएसजी छाडेमा लिगलाई नै घाटा!’

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यदि नेयमारलाई गुमायो भने त्यो लिग १ कै लागि ठूलो घाटा हुने लियोनका अध्यक्ष जिन मिचेल औलसले बताएका छन् । त्यसले लिग १ च्याम्पियन पिएसजीले आफ्ना सुपर स्टारलाई राख्नका लागि हर सम्भव प्रयास गर्नुपर्ने उनले बताएका छन् । नेयमारले पिएसजी छाड्न सक्ने चर्चा अझै सेलाएको छैन । उनी […]

August 9, 2019

प्रिमियर लिग ट्रान्सफर: सर्वाधिक महँगा १० खेलाडी

एजेन्सी – इंग्लिस प्रिमियर लिगका क्लबहरुले बिहीबार नयाँ सिजनका लागि खेलाडी खरिद गर्ने सम्पूर्ण कार्य पूरा गरेका छन् । अन्य लिगभन्दा फरक नियम रहेको प्रिमियर लिगका क्लबहरुले अब खेलाडी बेच्न भने पाउनेछन् । गत सिजनबाट सुरु भएको नयाँ नियम अनुसार सिजन सुरु हुनुअघि नै टोलीको खेलाडी किन्ने प्रक्रिया पूरा हुनुपर्ने प्रावधान रहेको छ । जस […]

August 9, 2019

टोटेनहमले अर्जेन्टिनी मिडफिल्डर भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले लामो समयदेखि पछ्याइरहेको अर्जेन्टिनी मिडफिल्डर जिओभानी लो सेल्सोलाई स्पेनिस क्लब रियल बेटिसबाट अनुबन्ध गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले पहिलो रोजाईका रुपमा लिएका मिडफिल्डर लो सेल्सो पहिलो वर्ष भने लोनमा टोटेनहम आएका हुन् । क्लबले उनलाई अर्को सिजन ५५ मिलियन पाउण्ड तिरेर स्थायी रुपमा अनुबन्ध गर्न पाउनेछ । २३ […]

Success

Thank you for your time.