default_image

अन्तर्राष्ट्रिय

New zealand India

October 25, 2017

दोस्रो खेलमा न्युजिल्यान्ड र भारत भिड्दै

पुने (एजेन्सी) – भारत भ्रमणमा रहेको न्युजिल्यान्ड र घरेलु टोलीबीच आज दोस्रो एक दिवसिय क्रिकेट हुँदैछ । टोम लाथम र रोस टेलरले चौथो विकेटका लागि कीर्तिमान २ सय रनको साझेदारी गरेपछि न्युजिल्यान्डले पहिलो एक दिवसिय क्रिकेटमा भारतलाई ६ विकेटले हराउँदै शृंखलामा महत्वपूर्ण अग्रता लिएको छ । तीन खेलको सिरिजमा न्युजिल्यान्ड दोस्रो जितको खोजिमा रहनेछ । […]

Barcelona

October 25, 2017

मेस्सी बिना कोपा डेल रेमा बार्सिलोनाको जित

मर्सिया (एजेन्सी) – साविक विजेता बार्सिलोनाले कोपा डेल रे को अन्तिम ३२ को पहिलो लेगको खेलमा रियल मर्सियालाई ३-० ले हराएको छ । गए राती स्टार स्ट्राइकरद्वय लियोनल मेस्सी र लुइस स्वारेजलाई विश्राम दिएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको क्लबमाथि सहज जित हात पारेको हो । बार्सिलोनाको जितमा पाको एल्कासर, जेरार्ड डेउलोफेउ र जोसे अर्नाइज दियाजले गोल गरे । पहिलो हाफमा […]

United

October 25, 2017

इएफएल कपमा युनाइटेड, सिटी र आर्सनल विजयी

एजेन्सी – इङ्ग्लिस फुटबल लिग (इएफएल) कप अन्तर्गत प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र आर्सनलले आ–आफ्नो खेलमा जित दर्ता गरेका छन् । क्रिस्टल प्यालेस भने हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । गए राति खेलिएको खेलमा म्यानचेस्टर युनाइटेडले अर्को प्रिमियर लिग टोली स्वान्सि सिटीलाई २–० ले हराउन सफल रह्यो । युनाइटेडको यस जितमा फरवार्ड […]

October 25, 2017

‘मेस्सीलाई अवार्ड दिन नपाउँदा दुःख लागेको छ’- म्यारोडोना

लन्डन (एजेन्सी)– अर्जेन्टिनका महान खेलाडी डिएगो म्यारोडोनाले सोमबार राती लन्डनमा रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई फिफा उत्कृष्ट खेलाडी २०१७ को अवार्ड प्रदान गरेका थिए । तर, अवार्ड वितरण समारोहपछि लियोन मेस्सीलाई नभइ रोनाल्डोलाई अवार्ड दिनु परेकोमा म्यारोडोनाले दुःख मनाउ गरेका छन् । रोनाल्डोले लगातार दोस्रो दोस्रो वर्ष फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । उनले […]

October 24, 2017

इएफएल कपमा युनाइटेडले स्वान्सिको सामना गर्दै

स्वान्सि (एजेन्सी) – इङ्ग्लिस फुटबल लिग (इएफएल) कप अन्तर्गत आज राति म्यानचेस्टर युनाइटेड स्वान्सि सिटीसँग भिड्दै छ । स्वान्सिको घरेलु मैदान लिबर्टी स्टेडियममा खेलिने यस खेल नेपाली समय अनुसार १२.३० बजे सुरु हुने छ । म्यानचेस्टर युनाइटेडका मुख्य दुई डिफेन्डर फिल जोन्स र एरिक बाई घाइते रहेका छन् भने रोमेलु लुकाकु, डेभिड डे गेया र […]

October 24, 2017

बाप्पे वर्षको उत्कृष्ट युवा खेलाडी , जिते गोल्डेन बोय २०१७

लण्डन (एजेन्सी) – मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मन (पिएसजी)मा रहेका किलियन बाप्पेले गए राति गोल्डेन बोय २०१७ को उपाधि हात पारेका थिए । वर्षको उत्कृष्ट युवा खेलाडिलाई दिइने यस अवार्डमा बाप्पेले बार्सिलोनाका उस्माने डेम्बेले र म्यानचेस्टर युनाइटेडका मार्कोस रासफोर्डलाई उछिनेका थिए । गत सिजन उनले मोनाकोका लागि ४४ खेलमा २६ गोल गरेका थिए । उनको […]

Giroud

October 24, 2017

जिरुडको गोललाई पुस्कास अवार्ड (यस्तो छ गोल)

लण्डन (एजेन्सी) – आर्सनलका फरवार्ड ओलिभर जिरुडले वर्षको उत्कृष्ट गोलका लागि प्रदान गरिने फिफा पुसकास अवार्ड जितेका छन् । उनले जनवरीमा क्रिष्टल प्यालेसविरुद्ध गरेको गोल उत्कृष्ट भएको हो ।

messi ronaldo

October 24, 2017

मेस्सी र रोनाल्डोले वर्ष खेलाडिका लागि को-कोलाई भोट गरे ?

लण्डन (एजेन्सी) – फिफा ‘द वेस्ट‘ अवार्डमा वर्ष खेलाडिका लागि रियल म्याड्रिड र पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले बाजी मारेका छन् भने बार्सिलोनाका लियोनल मेस्सीले गत वर्षझैँ सो विधामा दोस्रो स्थानमा चित्त बुझाउनु पर्‍यो । तर वर्ष खेलाडिका लागि मेस्सी र रोनाल्डोले एक–अर्कालाई आफ्नो पहिलो तीन रोजाईमा छनोट नै गरेका थिएनन् । यस अवार्डका लागि हरेक […]

October 24, 2017

तस्बिरमा ‘द बेष्ट’ अवार्ड

लण्डन (एजेन्सी) – फ्रान्स फुटबल र फिफाले सन् २०१० देखि संयुक्त रुपमा दिदैं आएको फिफा ब्यालन डो’रमा फ्रान्स फुटबलले हात निकालेपछि फिफाले ‘द बेष्ट’ नामाकरण गरेर गत बर्षबाट नयाँ उपाधिको थालनी गरेको हो। रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले यो बर्षको फिफा बर्ष खेलाडि अवार्ड जितेको छन् । रोनाल्डो र मेस्सी हात मिलाउदै        

October 24, 2017

फिफा प्रो वर्ल्ड ११ को घोषणा

लण्डन (एजेन्सी)- आज लण्डनमा जारी फिफा उत्कृष्ट फूटबल अवार्डको समारोह बिच यस बर्षको उत्कृष्ट ११ खेलाडिको सुची सार्वजनिक गरिएको छ। यसै गरी सेल्टिक समर्थकहरुले उत्कृष्ट फ्यानको अवार्ड प्राप्त गरे।   फिफा विश्व ११: बुफन; बोनुचि, रामोस, मार्सेलो, आल्भेस; मोद्रिच, ईनिएस्टा, क्रुज; मेस्सी, रोनाल्डो, नेयमार

Success

Thank you for your time.