April 7, 2025
सुमन अधिकारी,बुटवल दाङमा लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता–२०८१ सोमवार सुरु भएको छ । पहिलो दिन रुपन्देही र दाङ विजयी भएका छन् ।रुपन्देहीले नवलपरासीलाई ८४ रनले र दाङले रोल्पालाई १० विकेटले हराएको छ। लमहिस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङजको निम्ता पाएको रुपन्देहीले १ सय ४६ रन बनाएको थियो । जसमा […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हङकङमा हुने चारदेशीय टि ट्वान्टी आई सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। आज नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरे। बुधबार सुरु हुन सिरिजको लागि टोली ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहनेछ। नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल नआइपुगेको कारण मल्ललाई यो […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले विभागीय टोली एपिएफ फुटबल क्लबबाट खेल्ने भएकी छिन् । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी अन्जनाले एपिएफसँग नयाँ सिजनका लागि सम्झौता गरेकी हुन् । उनलाई नेपाल एपिएफ क्लब अध्यक्ष एसएसपी विकास घिमिरेले सोमवार क्लबमा स्वागत गरेका थिए। उनी […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साहित्यकार क्षेत्रप्रताप अधिकारी स्मृति दिवसमा नेपाली राष्ट्रिय महिला टिमकी सशक्त मिडफिल्डर रेनुका नगरकोटी युवा प्रोत्साहन पुरस्कार २०८१ बाट सम्मानित भएकी छन् । एनसीएम डेमा आयोजित कार्यक्रममा रेनुकालाई साहित्यकार विप्लप प्रतिक, गुरूकुल एजुकेशन फाउन्डेसनका अध्यक्ष विनोद दवाडी, एनसिएमका प्रिन्सिपल सुशिल भक्त माथेमा र गुरूकुल एजुकेशन फाउन्डेसनका कोषाध्यक्ष अमन प्रताप अधिकारीले सम्मान गरे […]
April 7, 2025
सुनिल गाउँले,सिमरा मच्छिन्द्र फुटबल क्लब १५औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता पुलिसलाई आइतवार राति भएको खेलमा टाइब्रेकरमा पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारको यात्रा तय गर्यो। मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने । प्लेयर अफ दि म्याच विशालले टाइब्रेकरमा पुलिसको अन्तिम पेनाल्टीलाई रोकेपछि मच्छिन्द्र ४–३ ले विजयी भयो। निर्धारित समयको […]
April 7, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्बी बराबरी सकिएको छ । म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले आइतवार गोलरहित बराबरी खेले। पहिलो हाफमा दुवै टोली प्रभावकारी देखिएन। दोस्रो हाफमा दुवै टोलीले केहि राम्रा अवसर सिर्जना गरे। सिटीका फिल फोडेन र युनाइटेडका जोसुवा जिर्कजेले मौका पाएर पनि गोल गर्न सकेनन्। यो बराबरीले रुबेन आमोरिमको युनाइटेडले यो साता […]
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]
April 6, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलको प्रिमियर लिगमा २६ खेलको अपराजित यात्रा टुंगिएको छ। फुलहमले आइतवार लिभरपुललाई ३-२ ले हराएको छ।क्राभेन कटेजमा उनीहरूलाई हरायो। अलेक्सिस म्याक एलिस्टरले २५ यार्ड टाढाबाट गोल गर्दै १४ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए । तर पहिलो हाफअघि १३ मिनेटभित्र फुलहमले ३ गोल गर्दै खेल उल्टाइदियो। २३ औं मिनेटमा एन्ड्रियास पेरेइराको क्रसमा […]
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]
April 6, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको गोलमा स्याङ्जा वालिङको विधान ट्रिनिटी क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा आइतवार भएको खेलमा वीरगंज युथ एकेडेमीलाई १-० ले हराउँदै वालिङ अन्तिम चारमा पुगेको छ। पूर्णिमाले ६१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।वीरगंजका गोलकिपर सोनु क्षेत्रीले पञ्च गरेपछि रिबान्डमा […]