April 3, 2025
एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा थप मजबुत बनेको छ। एभर्टनलाई बुधवार १-० ले पराजित लिभरपुल शीर्षस्थानमा अझै बलियो बनेको हो। मर्सीसाइड डर्बीमा डियोगो जोटाको गोलमा विजयी भएपछि प्रिमियर लिग उपाधि नजिक पुगेको छ। जोटाले ५६ औं मिनेटमा गोल गरेका हुन्। पोर्चुगलियन फरवार्ड खेलमा खासै प्रभावशाली देखिएका थिएनन्। तर लुइस डियाजको सुन्दर ब्याकहिल […]
April 3, 2025
एजेन्सी – बार्सिलोनाले कोपा डेल रेको फाइनल पुगेको छ। एट्लेटिको म्याड्रिडलाई बुधवार १-० ले पराजित गर्दै बार्सिलोनाले चार सिजनपछि पहिलो पटक कोपा डेल रे फाइनलमा स्थान बनाएको हो । यो नतिजाले कोपा डेल रेको फाइनल रियल म्याड्रिडविरुद्ध ‘ एल क्लासिको’ तय भएको छ । फेरान टोरेसले पहिलो हाफमा विजयी गोल गरे । त्यसले क्याटालान क्लबलाई […]
April 3, 2025
काठमाडौं हाम्रो खेलकुद)- अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गरेकि छ । शुक्रवारदेखि आइतवारसम्म हुने प्रतियोगितामा ४ महिला र १ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६८ केजीमाथि एसियाली खेलकुदकी रजत पदक विजेता […]
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ। तनावपूर्ण खेलमा आज ललितपुरले पोखरा थन्डर्सलाई ३-२ ले हरायो। पोखराको यो लगातार दोस्रो हार हो। दशरथ रंगशालामा भएको खेलमा ललितपरले ११ औं मिनेटमा नै अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोलकिपर गिलामो […]
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा ललितपुरले २-१ को अग्रता बनाएको छ। दशरथ रंगशालामा भएको खेलमा साविक विजेता ललितपरले ११औं मिनेटमा अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोल किपर गिलामो प्रिसोलाई डिफलेक्ट हुँदै […]
April 2, 2025
एजेन्सी – इङ्लिस प्रिमियर लिगमा मंगलवार दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको नटिङ्घम फरेस्ट विजयी भएका भएक छन् । आर्सनलले फुलहमलाई २-१ ले पराजित गर्यो । टोलीले शीर्ष स्थानको लिभरपुलसँग दूरी ९ अंकमा झारेको छ । मिकेल मेरिनोले खेलको ३७ औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । खेलको ७३ औं मिनेटमा बुकायो साका अर्को […]
April 2, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रेको फाइनल पुगेको छ। रियल सोसिडाडविरुद्ध मंगलवार अतिरिक्त समयमा एन्टोनियो रुडिगरले हेडरमा निर्णायक गोल गरेपछि रियलले सिजनमा तेहरो उपाधि जित्ने सम्भावनालाई जीवित राखेको छ । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका रुडिगरले ११५ औं मिनेटमा अरदा गुलरको कर्नर बलमा उत्कृष्ट हेड गोल गर्दै घरेलु समर्थकलाई खुसी पारे। ४-४ को […]
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले तेस्रो जित हात पारेको छ। लिगको पुछारमा रहेको श्री कुमारी क्लबलाई मंगलवार २-० ले हराउँदै श्री भगवती १० अंकका साथ लिगको शीर्षस्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको १४ औं मिनेटमा नै श्री भगवतीले अग्रता बनायो। डिफेन्सिभ इररमा सुलेमान थापा मगरले गोल गरे। पहिलो […]