default_image

lokpriya

July 20, 2019

ग्रीनउडको गोलमा युनाइटेडको जित

सुबास हुमागाईं, सिंगापुर युवा खेलाडी मेसन ग्रीनउडले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै निर्णायक गोल गरेपछि प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले प्रि सिजन टुरमा जितलाई निरन्तरता दिएको छ । अष्ट्रेलियामा दुई वटा अभ्यास खेल जितेर सिंगापुर पुगेको युनाइटेडले शनिबार इटालियन क्लब इन्टर मिलानलाई १–० ले हराएको हो । इन्टरनेसनल च्याम्पियन्स कपमा युनाइटेडलाई जित दिलाउन ग्रीनउडको […]

July 20, 2019

फिलिपिन्सलाई हराउदै नेपाल नवौं

काठमाडौं (हाम्रो खेलकुद)- एसिया कप इन्डोर हक्की च्याम्पियनसिपमा नेपाली पुरुष हक्की टोलीले नवौं स्थान हात पारेको छ । शनिबार थाइल्यान्डको चुनवरीमा नवौं र १०औंको लागि भएको प्ले अफमा फिलिपिन्सलाई ३–० ले पराजित गर्दै नेपालले नवौं स्थान हात पारेको हो । यससँगै नेपालले च्याम्पियनसिपमा सान्त्वना जित निकाल्न सफल भयो । नेपालको जितमा नवीन क्षेत्रीले २ तथा […]

July 20, 2019

रजत पदक विजेता मण्डेकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- एकसाताअघि थाइल्याण्डमा सम्पन्न थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका रजतपदकधारी करातेका राष्ट्रिय खेलाडी मण्डेकाजी श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन् । मण्डेकाजीलाई सामाजिक क्षेत्रमा कार्यरत ‘एट फाउन्डेसन’ नामक संस्थाले शनिबार ५ हजार नगद र प्रशंशापत्रले सम्मानित गरेको हो । मण्डेकाजीलाई फाउन्डेसनका उपाध्यक्ष बाल सुन्दर श्रेष्ठले सम्मान गरेका थिए । मण्डेले पुरुष एकल कातामा रजत […]

July 20, 2019

धोनीले दुई महिना आर्मी तालिम गर्ने

एजेन्सी – भारतीय टोलीका कप्तान तथा विकेटकीपर महेन्द्र सिंह धोनीले आगमी दुई महिना सम्म आर्मीमा तालिम गर्ने भएका छन्।धोनी भारतीय प्रादेशिक आर्मीको लेफ्टिनेन्ट कर्नल हुन् । शनिबार भारतीय क्रिकेट कन्ट्रोल अफ बोर्ड (बीसीसीआई) ले आधिकारीक रुपमा पुष्टि गर्दै धोनीले अर्को महिनामा वेस्ट इन्डिजसँग हुने समान तीन टी ट्वान्टी र वान डे सिरिजको लागि आफ्नो नाम […]

July 20, 2019

एसियन सेन्ट्रल जोन भलिबललाई नेपाल सेटलाइटको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमालाई नेपाल सेटलाइट टेलिकमले प्रायोजन गरेको छ । नेपाल भलिबल संघको आयोजनामा च्याम्पियनसिप साउन ३२ गतेदेखि भदौ ८ गते सम्म नेपाली सेनाको लगनखेस्थित कभर्ड हलमा सञ्चालन हुनेछ । नेपाल सेटलाइट टेलिकमले च्याम्पियनसिपलाई २० लाख रुपैयाँ प्रायोजन गरेको छ । टेलिकमकी अध्यक्ष अस्मिता सुमार्गीले शनिबार […]

July 20, 2019

पोखरामा १३ औं सागका प्याराग्लाइडिङसहित ७ खेल हुन सक्ने !

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदमा नेपालका लागि एक मात्र पदक जित्ने प्याराग्लाइडिङसहित पोखरामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का ७ खेल हुने सम्भावना रहेको बताइएको छ । गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा नेपालका लागि प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । त्यसमा नेपालले जितेको त्यो एकमात्र पदक हो । १३ औं साग मंसिर […]

July 20, 2019

डर्टमन्डसँग लिभरपुलको हार

एजेन्सी – च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब लिभरपुलले प्रि सिजनको मैत्रीपूर्ण खेलमा जर्मन क्लब डर्टमन्डसँग हार बेहोरेको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा लिभरपुल बोरुसिया डर्टमन्डसँग ३–२ को अन्तरमा पराजित भएको हो । प्रि सिजनमा लिभरपुलको यो पहिलो हार हो । यसअघि लिभरपुलले दुई खेलमा फराकिलो जित निकालेको थियो । डर्टमन्डको भने प्रि सिजनमा […]

July 20, 2019

युनाइटेड र इन्टर भिड्दै

सुबास हुमागाईं, सिंगापुर युरोपेली सिजन सुरु हुनुअघिको तयारी स्वरूप खेलिने प्रि सिजन प्रतियोगिता इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत शनिबार सिंगापुरको राष्ट्रिय रंगशालामा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलान भिड्दैछन् । नेपाली समयअनुसार ५:१५ मा सुरु हुने खेलका लागि दुवै टोलीले पछिल्लो दुई दिनदेखि तयारी गरिरहेका छन् । दुवै टोलीले आफ्ना मुख्य खेलाडीलाई पहिलो […]

July 20, 2019

विश्वकप छनोटमा नेपालले बनाउन सक्ने ३ कीर्तिमान

सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टी ट्वान्टी विश्वकप एसिया छनोटको लागि नेपाली टोलीले सम्पूर्ण तयारी पुरा गरेको छ । नेपाली टोली शनिबार मलेसियाबाट सिंगापुर आउँदैछ । सिंगापुरको इन्डियन सिंगापुर एसोसियसनको मैदानमा २२ जुलाई देखी २८ सम्म चल्ने प्रतियोगितामा नेपालसहित कतार,कुवेत,सिंगापुर र मलेसिया छन् । शीर्षस्थानमा रहने टोलीले आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोट खेल्न पाउनेछ […]

July 20, 2019

सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिकाको च्याम्पियन

एजेन्सी – अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन बनेको छ । शुक्रबार फाइनलमा सेनेगललाई १-० ले पराजित गर्दै अल्जेरियाले दोस्रो पटक उपाधि जितेको हो । खेलको दोस्रो मिनेटमा अल्जेरियाले गरेको गोल नै खेलमा निर्णायक सावित भयो ‌। बागदाद बोउनेदाको प्रहार सेनेगेलका सालिफ सानेलाई लाग्दै गोल भएको थियो । खेल अवधिभर अल्जेरियाले पोस्टमा गरेको एकमात्र आक्रमण […]

Success

Thank you for your time.