default_image

मार्सल आर्टस्

October 27, 2025

जुडोकी समिता एसियाली युथ गेम्स खेल्न जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- बहराइनमा जारी तेश्रो एसियाली युथ गेम्समा सहभागी हुन नेपाली जुडो टोली आज त्यसतर्फ जाने भएको छ । एसियाली युथ गेम्स सुरु भइसकेपनि जुडोको प्रतिस्पर्धा बुधवार सुरु हुनेछ । जुडोमा नेपालबाट महिला ४४ केजीमुनि समिता नेपालीले चुनौती प्रस्तुत गर्ने छिन् । समितासहित उनको स्पर्धामा १३ प्रतिस्पर्धी छन् । समिता बन्दी सहायता नियोग (पाम) […]

October 18, 2025

महर्जन ओमानमा सम्मानित

मस्कट (हाम्रो खेलकुद)- आवासीय नेपाली सामाजिक क्लब ओमानले आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रवि महर्जनलाई सम्मान गरेको छ। नेपाली क्रिकेट टोली च्याम्पियन बनेको आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट हेर्नका लागि ओमान आएका बेला शुक्रवार महर्जनलाई सम्मान गरिएको हो। महर्जनलाई क्लबका अध्यक्ष सुरेश खड्का, प्रमुख संरक्षक विकल […]

October 14, 2025

विश्व कराते छनोटमा ४ खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिता अक्टोबर १७ देखि १९ तारिखसम्म हुनेछ । त्यसका लागि ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार फ्रान्स जाँदै छ । एक पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । स्वनिम मानन्धरले पुरुष एकल […]

October 10, 2025

एरिका सहितका खेलाडीले करातेको विश्व च्याम्पियनसिप छनोट खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- स्टार कराते खेलाडी एरिका गुरुङ सहित ४ नेपाल पुलिस क्लबका खेलाडीले पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पिनसिप छनोट चरणमा सहभागिता जनाउँदै छन्। एरिका सँगै वर्षा बुढा मगर, सविना श्रेष्ठ र स्वप्निल मानन्धरले प्रतिस्पर्धा गर्नेछन्।‌ विश्व कराते महासंघको क्यालेन्डर अनुसार फ्रान्स कराते महासंघद्वारा आयोजित छनोट असोज ३१ गतेदेखि कार्तिक २ सम्म पेरिसमा हुनेछ। […]

October 3, 2025

एरिकाको अर्को ठूलो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले करातेमा अर्को ठूलो सफलता हासिल गरेकी छिन्। एरिकाले मलेसियामा जारी कराते वान सिरिज एको स्वर्ण पदक जितेकी छिन्। उनले ६८ केजीमाथि पहिला स्थान प्राप्त गरेकी हुन्। एरिकाले फाइनलमा तेस्मिन मास्क्नीलाई २-० ले हराउँदै स्वर्ण पदकको सफलता प्राप्त गरिन्। यसअघि उनले सेमिफाइनलमा चेक रिपब्लिकका हकोभा अमाल्जीलाई ७-० […]

September 20, 2025

श्रेष्ठको नेतृत्वमा चितवन तेक्वान्दोमा नयाँ कार्यसमिति

सुशील पन्त क्षेत्री,चितवन चितवन जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शैलेश श्रेष्ठ निर्वाचित भएका छन् । आज सौराहा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट संघको उपाध्यक्षमा धनबहादुर दराई तथा कोषाध्यक्षमा प्रदीप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा सुरज पौडेल, बिक्रम श्रेष्ठ, रन्जन तामाङ, सोमराज दराई र सुस्मिता थापा चयन […]

September 6, 2025

मनिषा र रेहानले जिते कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले २३औं एशियन क्याडेट जुनियर तथा यु २१ कराते च्याम्पियनसिपमा दुईवटा कांस्य पदक जितेको छ। चीनमा जारी च्याम्पियनसिपको इन्डिभिजुअल काता क्याडेटतर्फ रेहान जावेदले कांस्य पदक जितेका हुन् । त्यस्तै क्याडेट महिला कुमिते ६१ माथि केजीतर्फ मनिषा कुमारी बोहराले कांस्य पदक जिरेको टोलीका प्रशिक्षक कुशल श्रेष्ठले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन्।

August 31, 2025

राखेपको वार्षिकोत्सव पुरस्कारमा तेक्वान्दो संघको आपत्ति

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औं वार्षिकोत्सवको अवसरमा प्रदान गरेको सम्मान तथा पुरस्कार प्रति नेपाल तेक्वान्दो संघले आपत्ति प्रकट गर्दै उक्त कार्यक्रममा गरिएको निर्णयको भर्त्सना समेत गरेको छ । राखेपले भाद्र १३ गते आयोजना गरेको कार्यक्रममा विभिन्न विधाका खेलाडी, प्रशिक्षक, कर्मचारी, खेल संघ, प्रायोजक तथा पत्रकारलाई पुरस्कार तथा सम्मान […]

August 29, 2025

सृष्टिमा तेक्वान्दो र फुटसल एकेडेमीको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)- नयाँ बानेश्वरको देवीनगरस्थित सृष्टि एकेडेमीमा तेक्वान्दो र फुटसल एकेडेमी औपचारिक रुपमा आज सञ्चालनमा आएको छ । पेरिस पारालिम्पिकको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन, नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ र सृष्टिकी प्रिन्सिपल वाणी प्रधानले संयुक्त रुपमा एकेडेमीको उद्घाटन गरे । सो अवसरमा पलेशा र सावित्रालाई नगदसहित पनि सम्मान गरिएको […]

August 17, 2025

इन्डो–नेपाल करातेको उपाधि धरान रंगशाला कराते एकेडेमीलाई

हिमाल खरेल, बिर्तामोड प्रथम इन्डो–नेपाल अन्तरविद्यालय खुला कराते च्याम्पियनसिपको उपाधि धरान रंगशाला कराते एकेडेमीले जितेको छ । धरानले ७५ वटा विद्यालयलाई पछि पार्दै उपाधि उचालेको हो । च्याम्पियनसिपको विजेता धरानले नगद नगद १ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । धरान ३३ स्वर्ण जित्दै च्याम्पियन बनेको हो । धरानकै अर्को टिम धरान […]

Success

Thank you for your time.