default_image

मार्सल आर्टस्

August 11, 2025

वादोरियो कराते टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकाको रतनपुरामा भएको पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ४ स्वर्ण, १ रजत पदकसहित दोस्रो भएको नेपाल वादोरियो कराते टोली सोमवार स्वदेश फर्किएको छ । अगस्ट ७ र ८ तारिखमा भएको प्रतियोगितामा नेपालका लागि पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेन थोक्रा, ५२ केजीमुनि निशान घले, महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा […]

August 10, 2025

दक्षिण कोरियामा नेपाली खेलाडीलाई स्वर्णसहित ७ पदक

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण कोरियामा भएको द १० औं एमबिसी कप इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ‘ए’ र ‘बी’ लिगमा नेपाली खेलाडीले ३ स्वर्णसहित ७ पदक जितेको छन् । ‘ए’ लिग को सिनियर यु ३० इन्डिभिजुयलमा पुरुषमा अस्मिन राउतले रजत र महिला निशा दर्नालले कास्य पदक जितेकी छिन्। निशा र अस्मिनको जोडीले कास्य पदक जित्यो । […]

August 10, 2025

न्युजेनका खेलाडीले जिते ४ स्वर्णसहित ७ पदक

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा भएको सातौँ हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा नेपालको न्युजेनका खेलाडीले ४ स्वर्ण, २ रजत र १ कास्य पदक जितेका छन्। इन्डिभिजुयल पुम्सेमा साम्राज्ञी क्षेत्री र रायन अर्यालले स्वर्ण पदक जितेका छन्। त्यस्तै स्वमिक महतरा र विष्णु महतराले फेमिली पुम्सेमा स्वर्ण पदक जिते । स्वमिक महतरा र रिया अर्यालले इन्डिभिजुयल पुम्सेमा रजत पदक […]

August 10, 2025

टोखा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा ८ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ दुबई शाखा टोखा च्याम्पियन भएको छ। टोखामा भएको अन्तर टोखा र तारकेश्वर नगरबीच शनिवार भएको प्रतियोगितामा १ सय ५० खेलाडीको सहभागिता थियो। महिला २०-२५ केजीमा आयुष्मा स्याङतान,२६-३० केजी निमिता शाही, ३०-३५ केजी रेशु तामाङ, ३१- ३५ केजीमा […]

August 8, 2025

५७ औं कराते राष्ट्रिय प्रतियोगिता दोलखामा हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघको आयोजनामा ५७ औँ राष्ट्रिय कराते प्रतियोगिता दोलखाको‌ चरिकोटमा हुने भएको छ। महासंघको बिहीवार बसेको बैठकले राष्ट्रिय प्रतियोगिताभदौको अन्तिम वा असोजको पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ। त्यस्तै महासंघले रिक्त महासंघमा कृष्ण गौतमदलाई नियुक्त गरेको छ । तत्कालीन कोषाध्यक्ष किशोर भट्टराई र सदस्य गोपाल महर्जनको राजीनामा स्वीकृत गरेको‌ छ […]

August 7, 2025

राष्ट्रपति पौडेलद्वारा एमएमए फाइटर रविन्द्र सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा भएको स्वागत कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई विश्वभर चिनाउने खेल क्षेत्रको विकास एवं खेलाडीको सम्मान गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले खेलाडीको भविष्य खेल क्षेत्रमा नै सुरक्षित गर्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । […]

August 6, 2025

सानुमाया कराते विश्व च्याम्पियनसिपमा छनोट

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा हुने कराते विश्व च्याम्पियनसिपमा एकल काताका लागि छनोट भएकी छन् । विश्व कराते महासंघले नेपाल कराते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुमाया आगामी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाएको हो । आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म इजिप्टको काइरो शहरमा कराते विश्व च्याम्पियन आयोजना हुँदैछ । उक्त च्याम्पियनसिपका […]

August 3, 2025

एसियन कुराश च्याम्पियनसिप- प्रशान्तले जिते पदक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडी प्रशान्त राईले  दक्षिण कोरियामा जारी एसियन कुराश च्याम्पियनसिप २०२५ मा कास्य पदक जितेका छन्। दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी  प्रतियोगितामा शनिवार प्रशान्तले जुनियर -४२ केजी तौल समूहमा पदक जितेको नेपाल कुराश संघले जनाएको छ। प्रशान्त सेमिफाइनल उज्वेकिस्तानका खेलाडीसँग पराजित भएका थिए। एसियाली कुराश महासंघको आयोजनामा जारी प्रतियोगितामा प्रशान्तको तौल समूहमा […]

August 2, 2025

चारआलीमा इन्डो-नेपाल अन्तर विद्यालय कराते हुने

हिमाल खरेल,बिर्तामोड झापाको मेचीनगरमा आयोजना हुने हालसम्मकै सर्वाधिक पुरस्कार राशिको कराते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आज साँझ मेचीनगरको चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रथम इन्डो–नेपाल अन्तर विद्यालय खुला कराते च्याम्पियनसिपको तयारीबारे जानकारी दिएको हो । एकेडेमीका अध्यक्ष फुर्वा लामाका अनुसार प्रतियोगिताको प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री […]

August 2, 2025

न्युजेन एकेडेमीका खेलाडीले हिरोज तेक्वान्दो कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- न्युजेन तेक्वान्दो एकेडेमीका खेलाडीले अर्को साता मलेसियामा हुने सातौँ हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा प्रतिस्पर्धा गर्ने भएका छन्। एकेडेमीका सम्राज्ञी क्षेत्री, रायन अर्याल, रिया अर्याल, स्वामिक महतरा र विष्णु महतरा सहित ५ सदस्यीय टोली प्रशिक्षक सुप्रेम गुरुङको नेतृत्वमा प्रतियोगितामा सहभागी हुनेछ। प्रतियोगिता साउन २२ गते सुरु हुनेछ। खेलाडी तथा अफिसियललाई आज दक्षिण एसियाली […]

Success

Thank you for your time.