default_image

कराते

February 26, 2022

देउराली टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक देउराली डोजो दोश्रो देउराली कप भीमचन्द ठकुरी स्मृति खुला कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउरालीले १० स्वर्ण, ५ रजत र ६ कांस्य जित्दै टिम च्याम्पियन बनेको रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् । नगदेश ३ स्वर्ण, १ रजत र ४ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको च्याम्पियनले […]

February 23, 2022

सागका स्वर्ण पदक विजेता रविलाई मातृशोक

काठमाडौं (हाम्रो खेलकुद)– आठौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रवि महर्जनलाई मातृशोक परेको छ । रविकी आमा जगतमाया महर्जनको ७१ वर्षको उमेरमा बुधबार विहान ७ः०० बजे पाटन धौगलबजारस्थित निवासमा मृत्यु भएको हो । उनी लामो समयदेखि दम, सुगर, प्रेसरबाट पीडित थिइन् । बुधबार नै उनको अन्तिम संस्कार गरिने रविले जानकारी दिए । […]

February 12, 2022

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते चैतमा

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा चैतमा राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कराते महासंघको तत्वाधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो लगनखेलको संयुक्त आयोजना चैत २४ देखि २६ गते सम्म सातदोबाटोमा हुने शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । करातेका मुख्य प्रशिक्षक हिरासिंह डंगोलले प्रतियोगितामा समावेश २१ तौल […]

January 17, 2022

दुई अन्तर्राष्ट्रिय कराते खेल्ने टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाई गरिएको छ । टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराते प्रतियोगितामा सहभागिता जनाउने छ । सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टिम […]

January 12, 2022

पदक विजेता सुमन सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगिताका पदक विजेता खेलाडी सुमन तिमल्सिनालाई नेपाल गोजुरियो कराते डो संघले बुधबार सम्मान गरेको छ । नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बीआर मित्र र सागा एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रालि.का निर्देशक स्वच्छम गुरुङले सुमनलाई खादा र प्रशंसा पत्रसहित एक कार्यक्रमबीच […]

January 11, 2022

जोरपाटी डोजो टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजु काई कराँते संघले आयोजना गरेको उमा खुला कराँते प्रतियोगितामा जोरपाटी डोजो टिम च्याम्पियन भएको छ । चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा मंगलबार सम्पन्न प्रतियोगितामा जोरपाटीले ५ स्वर्ण, १ रजत र ३ कांस्य जितेर च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र ५ कांस्य जितेर मानसिंह डोजो उपविजेता भएको छ । […]

January 10, 2022

उमा खुला कराँते सुरु

काठमाडौं (हामो खेलकुद) – नेपाल गोजु काई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । दुईदिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ । बाँकी स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ । प्रतियोगितामा महिला र पुरुषको १०-१० तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । २० जिल्ला […]

January 4, 2022

बंगलादेशमा नेपाललाई चार स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा सम्पन्न बि–जी कराते च्यामिपयनसिप २०२१ म नेपाल सितेरियो करातेका खेलाडीहरुले ४ स्वर्ण पदक हात पार्न सफल भएका छन् । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा डिजेन डोल्मा लामा कुमिते र कातामा गरि २ स्वर्ण प्राप्त गरिन् । यस्तै पासाङ तामाङले […]

December 29, 2021

सोतोकान टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – तीसौं विनोय सरकार खुला कराते च्याम्पियनसिपमा सहभागी हुने २१ खेलाडीसहित २६ सदस्यीय नेपाली सोतोकान कराते टोली बिहीबार भारतको कोलकाता जाने भएको छ । नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाको नेतृत्वमा जाने टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । […]

December 27, 2021

मन्जु च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी मन्जु विक १७ औं राष्ट्रिय पुरुष तौल समूह तथा १६औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला खुला तौलसमूहमा सोमबार पहिलो भएकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मन्जुले सो क्योकुसिनकी शिवानी श्रेष्ठलाई पराजित गरिन् ।केडब्लुडब्लुकी करिष्मा कार्की तेश्रो तथा आईकेकेएफकी चन्दाकुमारी भुजेल चौथो […]

Success

Thank you for your time.