default_image

कराते

January 26, 2020

पर्शुराम क्यानडामा दोहोरो स्वर्णसहित ग्रान्ड च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – करातेका पुर्व राष्ट्रिय खेलाडी पर्शुराम बास्तोलाले क्यानडामा सम्पन्न च्यालेन्ज रिभ–नोर्ड कराते च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । वल्ड कराते कमिसन क्यानडाको आयोजनामा भएको च्याम्पियनसिपमा पर्शुरामले सिनियर मेल काता क्लासिक र सिनियर मेल काता ट्रयाडिसनलमा स्वर्ण पदक जित्न सफल भएका हुन् । पर्शुरामले सिनियर मेल काता क्लासिकमा पहिलो बाउटमा २८.२ अंक र […]

January 17, 2020

मन्जु र विनिता फाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मीकी मन्जु विक र एपीएफकी विनिता थापा मगर वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको महिला ६५ केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मन्जुले एपीएफकी मनीषा राउत तथा विनिताले मेन डोजोकी रविना तामाङलाई पराजित गरे । महिला […]

January 6, 2020

बिमलालाई अमेरिकामा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – इन्चोन एसियाड २०१४ मा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी कराँतेकी बिमला तामाङले  अमेरिकामा स्वर्ण जितेकी छिन् । अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण जित्न सफल भएकी हुन् । उनले फाइनलमा अमेरिकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएको हो । बिमलाले सेमिफाइनलमा पनि अमेरिकी खेलाडीलाई […]

January 3, 2020

सगरमाथा अन्तर्राष्ट्रिय कराते यसैमहिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २१ औं बार्षिकोत्सवको अवसरमा छैटौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता यही पौषको २७ देखि शुरु हुने भएको छ ।  प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानका करिव दुई हजार पाँचसय खेलाडी, प्रशिक्षक, निर्णायक तथा अफिसियलहरु सहभागिता रहनेछ । पुरुषतर्फको जुनियर तथा […]

December 28, 2019

सागका कराते पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– शंखडोल शाखा डोजो र भगवती युवा क्लबले गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका पदक विजेता सबै खेलाडीलाई शनिबार सम्मान गरेको छ । करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । सोही अवसरमा सागका करोत प्रशिक्षक, व्यवस्थापक र नेपाली निर्णायकहरुलाई पनि सम्मान गरिएको थियो […]

December 28, 2019

सागका दोहोरो स्वर्ण पदक विजेता मन्डे सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)-शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करातेतर्फ दोहोरो स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मानित गरको छ । मन्डेलाई भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ३ का सभासद राजेन्द्र मान श्रेष्ठले १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरे । संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायस्थले खेल क्षेत्रमा विशेष प्राथमिकता […]

December 27, 2019

सागमा पदक जित्ने बागलुङका खेलाडी सम्मानित

अर्जुन कार्की, बागलुङ गत महिना स्वदेशमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता बागलुङका खेलाडीलाई गृह जिल्लामा शुक्रबार सम्मान गरिएको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजना सुरु भएको छैटौं बागलुङ महोत्सवमा १३ औं सागमा कराते तर्फबाट स्वर्ण र कास्य पदक जित्ने २ जना खेलाडीलाई सम्मान गरिएको हो । करातेमा स्वर्ण पदक […]

December 19, 2019

साग पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– सूर्यबहादुर थापा प्रतिष्ठानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षकलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सागको पुरुष फुटबलमा स्वर्ण जितेका फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ तथा करातेका प्रशिक्षकद्वय कुशल श्रेष्ठ र तारा गुरुङलाई खेलकुदको माध्यमबाट धनकुटाको शान बढाएकोमा प्रतिष्ठानले सम्मान गरेको हो । करातेमा […]

December 14, 2019

दोहोरो स्वर्णधारी मन्डेकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्न सफल करातेका मन्डेकाजी श्रेष्ठ शनिबार नगदसहित सम्मानित भएका छन् । मध्यपुर थिमी नगरपालिकाले सागमा दोहोरो स्वर्ण जित्न सफल मन्डेकाजी श्रेष्ठलाई शनिबार ५ लाख ५५ हजार ५ सय ५५ रुपैया नगदले सम्मानित गरेका हुन् । उनलाई मध्यपुर थिमिमा मेयर मदन सुन्दर श्रेष्ठले मन्डेकाजीलाई […]

December 6, 2019

मण्डेकाजीलाई थ्री स्टार कोषाध्यक्ष श्रेष्ठको पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेका दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजी श्रेष्ठलाई रुस्लान थ्री स्टार क्लबका कोषाध्यक्ष राम श्रेष्ठ बोसले पुरस्कृत गरेका छन् । देशका दुई स्वर्ण जितेको भन्दै श्रेष्ठले मण्डेकाजीलाई शुक्रबार प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँबाट पुरस्कृत गरेका हुन् । उनले मण्डे बस्दै आएको होटल पुगेर चेक हस्तान्तरण गरेका […]

Success

Thank you for your time.