default_image

मार्सल आर्टस्

August 18, 2021

नेपाल तेक्वान्दो संघद्धारा पारा तेक्वान्दो टिमलाई बिदाई

काठमाडौं (हाम्रो खेलकद) – नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिक २०२० मा सहभागी हुने नेपाली पारा तेक्वान्दो टिमलाई बिदाई गरेको छ । संघले बुधबार आफ्नै केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच पारालिम्पिक टोलीलाई बिदाई गरेको छ । संघका अध्यक्ष प्रकाश शम्शेर राणा र महासचिव दीपराज गुरुङले खेलाडी र प्रशिक्षकलाई फुलको गुच्छा र खादाद्धारा बिदाई गर्दै सफलताको लागि […]

August 17, 2021

केल्मीद्वारा पारालिम्पिक टोलीलाई सामाग्री हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक केल्मीले टोकियो २०२० पारालिम्पिक गेम्समा भाग लिने नेपालको पारालिम्पिक टोलीलाई सामाग्री हस्तान्तरण गरेको छ । नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङका प्रवन्ध निर्देशक उत्तम न्यौपानले पारालिम्पिकमा सहभागी हुने ६ सदस्यीय टोलीलाई मंगलबार सामाग्री हस्तान्तरण गरेका हुन् । पलेशा गोवर्द्धनसहित ६ सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गर्नेछन् […]

August 17, 2021

पुनलाई अमेरिकाबाट आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा बसोबास गरिरहेका करातेका पुर्व अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीसँगै प्रशिक्षक तथा च्याम्पियन मार्सल आर्ट्स युएसएले अस्वस्थ्य रहेका कराँतेका निर्णायक जस बहादुर पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । करातेका पुर्व अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी तथा च्याम्पियन मार्सल आर्ट्स युएसएले नेपालमा कराते भित्र्याउने करातेका संस्थापक थानेश्वर राईको उपस्थितिमा संकलित १ हजार ६ […]

August 14, 2021

पारालिम्पिक जाने टोलीलाई पारा तेक्वान्दो समितिको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तर्फबाट टोकियो २०२० पारालिम्पिकमा सहभागिता जनाउने पारा तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघ अन्तर्गतको पारा तेक्वान्दो समितिले बिदाइ गरेको छ । समितिका संयोजक कासिम मियाँले आज एक कार्यक्रममाझ पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई बिदाइ गरेका हुन् । मियाँले पारालिम्पिकमा तेक्वान्दोले राष्ट्रको प्रतिनिधित्व गर्दा गौरव महसुस गरेको […]

August 14, 2021

धनुषा तेक्वान्दोमा लामा

काठमाडौं (हाम्रो खेलकुद) – धनुषा जिल्ला तेक्वान्दो संघको तेश्रो साधारण सभाले तिलक लामाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षद्वयमा सन्तोषकुमार चौधरी र गोपाल आचार्य, सचिवमा सुमन लामिछाने, सह–सचिवमा देवकुमार श्रेष्ठ र कोषाध्यक्षमा अमोल ठाकुरले जिम्मेवारी पाए । अबुलकुमार झा, सन्दिप मण्डल, निशान लामा, नविना सुन्दास, दिनेश राना मगर, […]

August 6, 2021

बसन्ती र भीम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ । नेपाल आर्मीका भीम र बागलुङकी बसन्तीले रोल्पा राष्ट्रिय भर्चुअल पुम्से प्रतियोगिताको दुई फरक संस्करणमा स्वर्ण जितेका थिए ।एनआईटीएफको २४औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको साङलास्थित साइनो स्पोर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा उनीहरुलाई […]

August 4, 2021

ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन जुडोकी देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । प्रहरी सेवामा जवानमा २०४८ मा प्रवेश गरेकी थापा तीन दशकमा इन्स्पेक्टरमा बढुवा भएकी हुन् । थापा २०५७ हवलदार, २०६२ मा असई […]

August 2, 2021

सञ्जीवलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सञ्जीव नेपालीसहित तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् । पुरुष ३०–४० वर्ष उमेर समूहको पुम्सेमा सञ्जीवले ५.४३३ स्कोर प्राप्त गर्दा क्लिभले […]

August 2, 2021

पुम्सेमा तीन नेपालीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिकामा भएको डिजी एसिया तेक्वान्दो ओपन पुम्से च्याम्पियनसिपमा तीन नेपाली खेलाडीले स्वर्ण पदक जितेका छन् । पुम्से पुरुष ४० वर्ष मुनी सञ्जिब नेपाली, महिला ३० वर्ष मुनीमा सन्दीपा अमगाई र पुरुष ५० वर्ष मुनीमा प्रेमकुमार दर्नालले स्वर्ण जितेका हुन् । डिजे तेक्वान्दो फिलिपिन्स र ओएनजी तेक्वान्दो अमेरिकाको आयोजनामा शुक्रबार सुरु भई आइतबार […]

July 30, 2021

जुडो टोली स्विट्जरल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दैछन् । तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन् । प्रशिक्षकमा राजीव प्रधान छन् । अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम […]

Success

Thank you for your time.