default_image

मार्सल आर्टस्

December 2, 2019

उत्कृष्ट प्रदर्शनसँगै कराँतेमा अनुको स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – अनु अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको कुमुते अन्तर्गत महिला ५० केजी मुनि तौल समूहमा स्वर्ण जितेकी छन् । ११औं सागकी रजत पदकधारी अनुले उत्कृष्ट प्रदर्शनसँगै कराँतेमा अर्को स्वर्ण थपेकी हुन् । फाइनलमा अनुले श्रीलंकाकी डन पाउलु बादलेगीलाई ८-० ले पराजित गरेकी गर्दै स्वर्ण पक्का गरेकी हुन् । […]

December 2, 2019

कुसुमले जितिन् नेपालको लागि ११ औं स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कराँतेकी कुसुम खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुमेतको ४५ केजी मुनि तौल समूह स्पर्धामा स्वर्ण पदक जितेकी छिन् । कुसुमले फाइनलमा बंगलादेशकी माउन्जारा बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यसअघि कुसुमले सेमिफाइनलमा श्रीलंकाकी सेनारथ आराचागीलाई ७-६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । कराँतेबाट […]

December 2, 2019

आफ्नै गल्तिमा दिवस स्वर्णबाट चुके

काठमाडौं (हाम्रो खेलकुद)– आफ्नै गल्तिका कारण दिवस श्रेष्ठ स्वर्ण पदकबाट चुकेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार सातदाबाटोमा जारी करातेको ८४ केजी मूनि तौल समूहको फाइनलमा दिवस आफ्नै गल्तिमा रजतमा चित्त बुझाउन बाध्य भएका छन् । बंगलादेशका खेलाडीसँग फाइनलमा २–२ को बराबरीको अवस्थामा हान्साकु भएपछि उनी पराजित भएका हुन् । ३ […]

December 2, 2019

मन्डेले दिलाए नेपाललाई पहिलो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कराँतेका मन्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष एकल काँतामा विजयी हुँदै नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।   सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे । त्यसअघि […]

December 2, 2019

नेपाललाई पहिलो पदक, चन्चलालाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी चन्चला दनुवारले कराँतेको महिला एकल काँतातर्फ रजत जित्दै नेपाललाई १३ अौं दक्षिण एसियाली खेलकुदमा पहिलो पदक दिलाएकी छिन् । सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको प्रतिस्पर्धामा चन्चला फाइनलमा पाकिस्तानकी साहीदासँग पराजित भइन् । चन्चलाले फाइनलमा २४.६२ अंक जोड्दा साहीदाले २४.६२ अंक जोड्न सकिन् । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा श्रीलंकाकी […]

November 28, 2019

नेपाली कराँतेका ‘विश्व च्याम्पियन’ सारथि

सुबास हुमागाईं, काठमाडौं पाँच पटक कराँतेका विश्व च्याम्पियन रहिसकेका एन्जेलो स्पाटारो बिहीबार विहान गौशालास्थित शिवम प्लाजा होटेलको कन्फेरेन्स हलमा नेपाली राष्ट्रिय कराँते टोलीका खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका थिए । नेपाली कराँते नजिकबाट नियाल्नेका लागि स्पाटारो नयाँ अनुहार होइनन् । पछिल्लो २५ वर्षदेखि नेपाली कराँतेका लागि आफूलाई नियमित समर्पित गर्दै आएका उनको हालको परिचय भने कराँतेभन्दा बाहिरको […]

November 28, 2019

सर्वाधिक सफलताको आशा गरिएको तेक्वान्दो

प्रकाश तिमल्सिना, काठमाडौं पदकका आधारमा तेक्वान्दो नेपालका लागि सबैभन्दा फलदायी खेल । नेपालले खेल्ने ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता क्षेत्रिय स्तरको दक्षिण एसियाली खेलकुद (साग), महादेशिय खेल एसियाली खेलकुद होस् वा विश्व खेलको महाकुम्भ ओलम्पिक । यी सबैमा नेपाललाई चिनाउने खेल तेक्वान्दो नै स्थान सबैभन्दा माथि छ । तेक्वान्दोकी एसियन च्याम्पियनसिप वा विश्व च्याम्पियनसिपमा पनि नेपाली खेलाडीको […]

November 28, 2019

तेक्वान्दोमा भारतको ‘इन्ट्री’, कराँते र आर्चरीमा असफल

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा भारतको ‘इन्ट्री’ भएको छ । सागको औपचारिक उद्घाटन हुन ३ दिन मात्रै समय बाँकी रहँदा भारतले तेक्वान्दो, कराँते र आर्चरीमा सहभागिताको लागि पहल गरेपनि तेक्वान्दोमा मात्रै प्रवेश पाएको हो । नेपाल ओलम्पिक कमिटिका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले आइसोसी र विश्व तेक्वान्दो महासंघको आग्रहमा भारतलाई […]

November 27, 2019

सागको कराते टोलीलाई खेल पोशाक प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिने कराते टोलीलाई खेलप्रेमीहरुले खेल पोशाकलगायतका सामाग्री प्रायोजन गरेका छन् । सम्झना ल्याबका उर्दिप जोशी, क्लासिक डायमन्डले समान १ लाख, नेपाल कराते महासंघका सदस्य ध्वजमान मोक्तानले ८० हजार, महर्जन निर्माण सेवका वीरेन्द्र महर्जन, ऐला रेष्टुरेन्टका निदेश राई, नविव पाण्डे, राजेश […]

November 25, 2019

ब्रिटिश ओपनमा राजु र सञ्जिवलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली तेक्वान्दो खेलाडीले ब्रिटिश तेक्वान्दो ओपन २०१९ मा स्वर्ण पदक जितेका छन् । मकाउ बसोबास गर्दै आएका राजु नगरकोटी र सञ्जिव नेपालीले म्यानचेस्टरमा सम्पन्न ब्रिटिश तेक्वान्दो ओपनको पुम्सेमा स्वर्ण पदक जितेको नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कसिम मियाँले जानकारी दिए । शनिबार र आइतबार भएको ब्रिटिश तेक्वान्दो ओपनको पुम्से ५० वर्ष मूनिको […]

Success

Thank you for your time.