default_image

मार्सल आर्टस्

October 20, 2019

अमेरिकामा खेल्न पाँच खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताबाट पाँच खेलाडी अमेरिकाको मिसिगनमा सन् २०२० को मेमा हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् । रत्ननगर, सरित सौरहा, न्यु स्टार, सौरहा, पिठुवा र इच्छाकामना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताबाट सीतापाइला तेक्वान्दो डोजाङबाट ३ तथा कोटेश्वर र मैत्री तेक्वान्दो डोजाङबाट १–१ […]

October 19, 2019

विजय र शैलेशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – दिलिप स्मृति तेक्वान्दो डोजाङका विजय हायु र सितापाइलाका शैलेश गिरीले तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । चितवनको रत्ननगरमा शनिबार भएको पुरष जुनियर ४१ केजीमुनि विजयले मैत्री तेक्वान्दो डोजाङका सुजन सिलवाललाई हराए । पुरुष सिनियर ५४ केजीमुनि शैलेशले चुनदेवीका पुस्कल तामाङलाई हराए । जुनियर पुरुष ४९ केजीमुनि चुनदेवीका […]

October 18, 2019

मैत्री तेक्वान्दोको आयुशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि चितवनको रत्ननगरमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ३६ केजी तौल समूह मुुनि मुलपानी तेक्वान्दो डोजाङका आयुश ढुङ्गेलले स्वर्ण पदक जितेका छन् । फाइनलमा उनले मैत्री तेक्वान्दो डोजाङका सागर घिमिरेलाई पराजित गरे । न्युलाईफका सुगम चौधरी र अल्फाका जस्गिन चौधरी तेस्रो भए […]

October 17, 2019

विश्व जुडो च्याम्पियनसिप– सोनियालाई पहिलो बाउटमा सफलता

काठमाडौं (हाम्रो खेलकुद)– जुडोकी सोनिया भट्टले विश्व जुडो च्याम्पियनसिप जुनियरमा एक बाउट जितेकी छिन् । मोरक्कोमा जारी च्याम्पियनसिपमा बुधबार ४८ केजी मुनि तौल समूह आफ्नो पहिलो बाउटमा सोनियाले मोजाम्बिककी मन्मे जेन्नीलाई वाजारी आवासोती इप्पोनको आधारमा पराजित गरेकी थिइन् । विश्व च्याम्पियनसिपमा एक बाउट जित्ने सोनिया पहिलो नेपाली खेलाडी हुन् । सोनिया दोस्रो बाउटमा भने जापानकी […]

October 17, 2019

उसु प्यासिफिकमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– चीनमा आयोजना हुने १५औं विश्व उसु प्यासिफिक च्याम्पियनसिपमा भाग लिन उसु टोली त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्पियनसिप चीनको संघाईमा शनिबार सुरु भएर कात्तिक ८ गते सम्म चल्नेछ । च्याम्पियनसिपमा ११ खेलाडीले चुनौति पेश गर्नेछन् । थाउलोतर्फ सुस्मिता तामाङ, निमा घर्तीमगर, विजय सिन्जाली, दिपक हमाल, मिना ग्लान, विश्व बुढामगर, कविता थापा र […]

October 16, 2019

विश्व च्याम्पियन उसुमा नेपाली खेलाडी प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)-मित्रराष्ट्र चीनको संघाई शहरमा आयोजना हुने १५औं विश्व उसु प्रतियोगिता नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । असोज ३० देखि कार्तिक ७ गतेसम्म संचालन हुने विश्व च्याम्पियनसिपमा नेपालका ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् । ११ खेलाडी सहित ५ जना अफिसियलले सहभागिता जनाउने उक्त […]

October 15, 2019

एमेच्योर के १ मा नेपाली खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुसिदो कोन्सेकाई (एमएमऐ) का खेलाडीले भारतको कोलकातामा यसै साता हुने एमेच्योर के १ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा मन्दिप राना मगर, विशाल तामाङ , सविन लामा,वरुण घले,सन्तोष साउथ, विश्वास राई र राउल ठकुरी प्रतिस्पर्धा गर्नेछन् । उनिहरुले प्रो तथा एमेच्योर दुई विधामा प्रतिस्पर्धा गर्ने एमएमऐले जानकारी दिएको छ […]

October 14, 2019

सुनिल न्युयोर्क ओपनमा स्वर्णसहित ग्रान्ड च्याम्पियन

काठमाडौं – अमेरिका बसोबास गर्दै आएका दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामा न्युयोर्क ओपन कराते च्याम्पियनसिपमास्वर्णपदकसहित ग्रान्ड च्याम्पियन बनेका छन् । न्युयोर्कस्थित वेस्टचेस्टरमा सम्पन्न खेलमा नेपालको च्याम्पियन मार्सल आर्टस् एकेडेमीबाट प्रतिनिधित्व गर्दै च्याम्पियनसिपमा सहभागिता जनाएका ११औं सागका स्वर्णधारी सुनिलले ७५ केजीमुनि अमेरिकी प्रतिद्धन्द्धीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएका हुन् । […]

October 13, 2019

तेक्वान्दोका सुदर्शनलाई मानव अधिकार अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा गठित गिरिजाप्रसाद स्मृति फाउन्डेसनले पुराना तेक्वान्दो खेलाडी सुदर्शन थापामगरलाई मानव अधिकार अवार्ड प्रदान गरेको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आइतबार राजधानीमा आयोजित कार्यक्रममा तेक्वान्दोका पाँचौं डान सुदर्शनलाई अवार्ड प्रदान गरे । सुदर्शन फाउन्डेसनको एसिया प्यासिफिक क्षेत्रका संयोजक पनि हुन् । उनी पछिल्ला केही वर्षदेखि मकाउमा खेलकुदका साथै […]

October 12, 2019

विश्व च्याम्पियनसिपका लागि जुडो टोली मोरक्को जाने

काठमाडौं (हाम्रो खेलाडी)– दुई खेलाडीले मोरक्कोमा आयोजना हुने विश्व जुडो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर १६ देखि २० सम्म आयोजना हुने विश्व च्याम्पियनसिपमा सोनिया भट्ट र मनिता श्रेष्ठ प्रधानले चुनौती प्रस्तुत गर्नेछन् । मनिताले ५६ केजीमुनि तौल समूह र सोनियाले ४८ केजीमुनि तौलसमूहमा प्रतिस्धर्पा गर्ने छिन् । प्रशिक्षकमा चन्द्रकुमार डंगोल र व्यवस्थापकमा लक्ष्मीरत्न […]

Success

Thank you for your time.