default_image

तेक्वान्दो

September 22, 2018

क्यानाडामा राजुलाई कांस्य

काठमाडौं (हाम्रो खेलकुद) – राजु नगरकोटीले क्यानाडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको ५० वर्षमुनि पुरुष एकल पुम्सेमा राजुले कांस्य जितेको राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ । राजु सहभागी स्पर्धामा ९ राष्ट्रका खेलाडी सहभागी थिए । नुवाकोट स्थायी घर भएका राजु विगत […]

September 15, 2018

‘खेलाडीको मनस्थिति बलियो नबनाए सफलता असम्भव’ –ओलम्पिन विष्ट

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्टले राष्ट्रले खेलाडीको मनस्थिति बलियो बनाउनु पर्ने र खेलाडीले पनि निश्चित समयका लागि सम्पूर्ण समय खेलका लागि दिने हो भने सफलता सम्भव हुने बताएका छन् । इन्डोनेसियसामा यसै महिना सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपालका अधिकांश खेलाडीले निराश पारेपछि डिस होम एक्सन स्पोर्टसको फेयर प्लेमा बोल्दै कीर्तिमानी विष्टले सरकारले खेलाडीको […]

August 21, 2018

एसियाड तेक्वान्दोः तेस्रो दिन पनि कमजोर प्रदर्शन

दीपक न्यौपाने जकार्ता – एसिायाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोको तेस्रो दिन मंगलबार पनि पदकविहीन बनेको छ । तेस्रो दिन नेपालबाट १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुदाँ दुई खेलाडी पहिलो चरणमै रोकिए […]

August 21, 2018

एसियाड तेक्वान्दोः ज्ञानी क्वाटरफाइनलमा पराजित

दीपक न्यौपाने जकार्ता– ज्ञानी चुनारा इन्डोनेसियामा जारी १८औं एसियाड अन्र्तगतको महिला तेक्वान्दोको क्वाटरफाइनलमा पराजित भएकी छन् । ज्ञानी क्वाटरफाइनलमा फिलिपिन्सकी लोपेज पाउलिनसँग २०–० को अन्तरमा पराजित भईन् ।    आज बिहान भएको अन्तिम १६ को खेलमा भुटानकी छोदेन किनजाङलाई २८–६ को भारी अन्तरमा पराजित गर्दै ज्ञानी क्वाटरफाइनलमा पुग्न सफल भएकी थिईन् । तर,  क्वाटरफाइनलमा  ज्ञानी फिलिपिन्सकी लोपेज पाउलिनसँग खेल्नै सकिनन् । […]

August 19, 2018

एसियाड : तेक्वान्दो पुुम्सेमा सम्भावना सकियो

दिपक न्यौपाने जकार्ता –एसियाड खेलकुदमा पदकको अपेक्षा गरिएको तेक्वान्दोको पुम्सेतर्फको नेपालको पदकको सम्भावना सकिएको छ । नेपालले तेक्वान्दोको पुम्से टिम इभेन्टमा उज्वेकिस्तानबाट वार्कओभर पाएपछि पदकको आशा गरिएको थियो । नेपालले पुुम्सेमा व्यक्तिगततर्फ १ पुुरुष, १ महिला र टिम महिलामा भाग लिएको थियो । तीन वटै इभेन्टमा नेपाल बाहिरीसकेको छ । नेपालको महिलाको टिम क्वार्टरफाइनलमा पराजित […]

August 18, 2018

एसियाड पदक विजेता आयशा भन्छिन् -‘एकदम मिस हुने रहेछ’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली तेक्वान्दोकी सफल खेलाडी आयशा शाक्यलाई अन्तर्राष्ट्रिय ठूला खेल मेलामा नेपालको प्रतिनिधित्व गर्ने आदत नै भइसकेको थियो । एक दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनमा उनले सफलता पनि त्यस्तै हात पारिन्, जसलाई प्राप्त गर्नु हर खेलाडीको चाहना हुन्छ । सन् २००६ देखि २०१६ सम्मका तीन एसियाली खेलकुद र तीन दक्षिण एसियाली खेलकुद(साग) मा […]

August 10, 2018

एसियाडमा पदक जित्ने खेलाडीलाई युयुएनटीएफको पुरस्कार घोषणा

सुरज भण्डारी अमेरिका –इन्डोनेसियामा अर्को महिना हुने १८ औं एसियाली खेलकुदमा तेक्वान्दोमा पदक जित्ने नेपाली खेलाडीलाई युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो फेडेरेशन (युयुएनटिएफ) ले नगद पुरस्कारको घोषणा गरेको छ । विश्वभर रहेका नेपाली तेक्वान्दो पूर्व प्रशिक्षक, प्रशिक्षक एवं खेलाडीहरुको संस्था युयुएनटिएफ एसियाडमा स्वर्ण पदक जित्नेलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । रजत पदक जित्नेलाई […]

August 8, 2018

ह्वीलचियर तेक्वान्दोलाई (इन्टा) को प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन(इन्टा) हङकङले नेपाली राष्ट्रिय ह्वीलचियर तेक्वान्दो टिमलाई खेल पोसाक प्रायोजन गरेको छ । इन्टा हङकङका अध्यक्ष राजु खड्काले ह्वीलचियर राष्ट्रिय तेक्वान्दो टिमलाई करिब ५० हजार बराबरको तेक्वान्दो पोसाक प्रायोजन गरेको प्रशिक्षक कल्याण कुँवरले जानकारी दिए । बुधबार जावलाखेलस्थित नेपाल तेक्वान्दो संघ प्रदेश–३ को कार्यक्रम आयोजित कार्यक्रममा बीच खेलाडीलाई […]

August 7, 2018

रुबिका र चाउची आइटिएफ वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी रुबिना खड्का र चाउची डंगोल आईटिएफ बर्ष उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपाल इन्टरनेश्नल तेक्वान्दो(आईटिएफ)को २१ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको अवार्डमा रुबिका र चाउची आइटिएफ वर्ष उत्कृष्ट खेलाडी घोषित भएको हो । दुवै सम्मानित खेलाडीले सर्लाहीमा सम्पन्न सिनियर राष्ट्रिय आईटिएफ प्रतियोगिता र १५ औ सिनियर […]

August 7, 2018

एसियाड खेल्ने तेक्वान्दो टोलीलाई आइएनटिएको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– इन्टनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन (आइएनटिए) ले १८ औं एसियाली खेलकुदमा भाग लिने नेपाली तेक्वान्दो टोलीलाई २ लाख रुपैयाँ बराबरीको ट्रयाकसुट उपलब्ध गराएको छ । १४ खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरि २० जनालाई आइएनटिएले ट्रयाकसुट उपलब्ध गराएको टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए । नेपाली खेलाडी झन्डै ३ महिनादेखि कोरियामा प्रशिक्षण लिइरहेका छन् […]

Success

Thank you for your time.