October 15, 2022
पोखरा (हाम्रो खेलकुद)– अस्वस्थताका कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबारको आफ्ना दुई इभेन्टबाट नाम फिर्ता लिइन् । पौडीको पहिलो दिन विहान गौरिकाले १ सय मिटर फ्रिस्टाइलको हिटमा भाग लिएकी थिइन् । उनी फाइनल राउन्डका लागि छनोट भएकी थिइन् । त्यसपछि स्वास्थ्य खराबपछि पनि […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत ह्याण्डबलबाट घरेलु टोली गण्डकी प्रदेशले पहिलो जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यी कभर्डहलमा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ आर्मीलाई ४३–३६ ले पराजित गर्दै स्वर्ण जितेको छ । आठौंमा पनि गण्डकीले स्वर्ण जितेको थियो । एपीएफले लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जित्यो । महिला ह्यान्डबलमा आर्मी […]
October 15, 2022
बेनी (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश १ विजयी भएको छ । आर्मीले कर्णाली प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एक पक्षीय खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ को सहज जित निकाल्यो । आर्मीकी संगम महतो खेलको वुमन अफ […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवैतर्फको स्वर्ण विभागीय त्रिभुवन आर्मी क्लबले जितेका छन् । पुरुषतर्फ राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पुरा गर्दै बिजेता बन्दै स्वर्ण जितेका हुन् । बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेमा १० टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पर्वतको कुस्मामा शनिबार सुरु भएको करातेमा गैर आवासिय नेपाली संघ (एनआरएनए) का खेलाडीले आयोजनास्थल नपुगेपछि १० टोलीका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् । अब ७ प्रदेश, ३ विभाग त्रिभुवन आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी गरि १० टोलीका खेलाडीबीच […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा लगातार दोस्रो जित निकाल्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै समूह विजेता बनेर अन्तिम आठमा पुग्न सफल भएको हो । एकपक्षीय खेलमा पुलिसले […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी डुवाना लामाले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी च्याम्पियनसिपममा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पोखराको वीरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा आर्मीकी डुवाना लामाले आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भईन् । उनले २०० मिटर ब्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहले नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरगत २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । फिस्टेल एकेडेमीको सर्ट कोर्समा नासिरले १५ सय मिटिर फ्रिस्टाइलमा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा कायम गरेको १७ मिनेट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डसहित […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्सतर्फको सटपुटमा पुलिसकी चन्द्रकला लामगादे र त्रिभुवन आर्मी क्लबका तिलक विकले स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा शनिबार भएको महिलातर्फ चन्द्रकलाले १२.४० मिटर दुरी थ्रो गर्दै स्वर्ण जितिन् । लुम्विनी प्रदेशकी संगिता अधिकारीले १०.८३ मिटर दुरी थ्रो गर्दै रजत जितिन् । पुलिसकी बसन्ती चौधरीले ९.८६ […]
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको महिला डाउन हिलमा त्रिभुवन आर्मी क्लबकी निश्मा श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । पोखराको ड्यामसाइडनजिक रानीबनको ट्रयाकमा शनिबार भएको स्पर्धामा रेश्माले निर्धारित दुरी २ मिनेट २३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । निश्माले सन् २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली […]