default_image

राष्ट्रिय खेलकुद

October 13, 2022

नवौं राष्ट्रिय खेलकुद – ६ हजार बढी खेलाडी, ४ सय ४ स्वर्ण पदक

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदमा ६ हजार बढी खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पोखरा रंगशालामा उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने नवौं राष्ट्रिय खेलकुद आयोजनाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।७ प्रदेश, ३ विभाग […]

October 13, 2022

महिला भलिबलमा गण्डकी समूह विजेता

म्याग्दी (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलमा गण्डकी प्रदेश समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको छ । म्याग्दीको बेनी बजारस्थित खुल्लामञ्चमा बिहीबारदेखि भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुआत गरेको हो । पहिलो सेटमा गण्डकीले २५–१८ को जित निकाल्न सफल भयो । […]

October 13, 2022

हक्कीमा गण्डकी र आर्मीको विजयी सुरुआत

पोखरा (हाम्रो खेलकुद) – पोखरामा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हक्कीमा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश र पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेका छन् । गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखराको मैदानमा बिहीबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको हो । गण्डकीका तर्फबाट […]

October 13, 2022

फुटबलमा प्रदेश १ आफ्नै प्रदेशका खेलाडीसँग पराजित

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको उद्घाटन खेलमा प्रदेश १ को टोली गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग पराजित भएको छ । गोस्टेघाट फुटबल मैदानमा विहीबार भएको खेलमा एनआरएनएले प्रदेश १ लाई २-० ले पराजित गर्यो । प्रदेश १ कै अधिकांश खेलाडी सम्मिलित एनआरएनएका लागि संजोक राई र विमल घर्ती मगरले […]

October 13, 2022

नवौं राष्ट्रिय खेलकुदः महिला भलिबल आजदेखि

म्याग्दी (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । म्याग्दी जिल्लाको बेनी बजारमा हुन महिला भलिबलको सम्पूर्ण तयारी पुरा भएको र आजदेखि प्रतियोगिताका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीले बताएको छ । महिला भलिबल प्रतियोगिता बेनीको खुल्लामञ्चमा हुने र खेलमैदान तयार गरिएको जिल्ला खेलकुद विकास […]

October 13, 2022

नवौं राष्ट्रिय खेलकुद : भलिबलको खेल तालिका सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलतर्फ खेल तालिका सार्वजनिक भएको छ । महिलातर्फ ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहनेछ भने पुरुष तर्फ गैर आवासीय नेपाली संघ (एनआरएनए) पनि थपिनेछ । महिलातर्फको खेल म्याग्दीस्थित बेनी बजारमा हुँदैछ । महिलाको समूह ए मा नेपाल एपिएफ क्लब, कर्णाली र त्रिभुवन आर्मी क्लब […]

October 12, 2022

हक्की भोलीदेखि, तर मैदान अझै तयार भएन

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हक्की प्रतियोगिता विहीबारदेखि सुरु हुने तालिका रहेको छ । तर एक दिन बाँकी हुँदासम्म मैदान भने अझै पूर्ण रुपमा तयार भएको छैन । पुरुषतर्फ खेल हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिलातर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिँदै छ । पर्याप्त भौतिक व्यवस्थापन नहुँदा प्रतियोगिता नजिकिदै जाँदा आयोजकलाई प्रतियोगिताको […]

October 12, 2022

नवौं राष्ट्रिय खेलकुद : मन्त्री आएपछि खेलाडीले लगाएको मेडल फिर्ता मागियो

विजय नेपाली, पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङमा खेलाडीले लगाएको पदक फिर्ता लगिएको छ । बुधबार साँझ भएको ईपि इभेन्टका विजेतालाई प्रदान गर्ने पदक नभएपछि दिउँसो भएको इभेन्टका विजेताबाट पदक फिर्ता मागिएको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज फेन्सिङ आयोजना भइरहेको खेलस्थलमा आएपछि त्यसअघि नै विजेता खेलाडीहरुलाई प्रदान गरिएको मेडल फिर्ता […]

October 12, 2022

ह्यान्डबल – पुरुषतर्फ गण्डकीको तेस्रो जित

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष ह्याण्डबलमा गण्डकीले तेस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको खेलमा गण्डकीले बागमतीलाई ३२–१४ ले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । लगातार ३ खेल जितेको गण्डकीले ९ अंक बटुलेको छ । गण्डकीका विशाल बस्नेतले सर्वाधिक ६ गोल गरे । नवौं राष्ट्रिय […]

October 12, 2022

फेन्सिङमा बागमतीलाई तेस्रो दिन दुई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तरगत फेन्सिङमा तेश्रो दिन थप दुई स्वर्ण हात पारेको छ । यससँगै बागमती ४ स्वर्णसहित पदक तालिकामा अग्रस्थानमा रहेको छ । बुधबार पुरुष टिम फ्वईलतर्फ बागमतीले विभागीय त्रिभुवन आर्मी क्लबलाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पु¥याएको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य […]

Success

Thank you for your time.