default_image

राष्ट्रिय खेलकुद

April 14, 2019

आर्मी र एपीएफसँगै दुई प्रदेश अन्तिम चारमा

नेपालगन्ज (हाम्रो खेलकुद) – विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबसँगै सुदूरपश्चिम र प्रदेश १ आठौं राष्ट्रिय खेलकुदअन्तर्गत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला टिम ईभेन्ट्समा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । आर्मीले प्रतियोगिताको पहिलो दिन आईतबार कर्णाली प्रदेशलाई २ – ० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । अब […]

April 14, 2019

जुडो : पहिलो दिन पुलिसको वर्चस्व

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जुडोको पहिलो दिन प्रतिस्पर्धा भएको ७ मध्य ५ स्पर्धामा स्वर्ण पदक जितेको छ । पुरुष ६० केजी तौल समूहमा पुलिसका उमेश मगरले आर्मीका कर्मा तामाङलाई पराजित गर्दै पुलिसको स्वर्ण खाता खोलेका थिए । उक्त स्पर्धामा पुलिसकै सुदेश दोङ र एनआरएनका मोहन बमले कांस्य जिते […]

April 14, 2019

फेन्सिङमा आर्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङमा विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा च्याम्पियन बनेको हो । दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ […]

April 13, 2019

बक्सिङ जारी

काठमाडौं (हाम्रो खेलकुद) – आठौ राष्ट्रिय खेलकुद अन्तरगत बाँकेको ज्ञानोदय मावि खजुरामा महिला र पुरुष बक्सिङ प्रतियोगिता शुरु भएको छ । शनिबार सम्म महिलाको १ र पुरुषको ८ वटा गरी ९ खेल सम्पन्न भएका छन् । लाईट फ्लाई ४९ तौल समुहमा कर्णाली प्रदेशकी अनु नेपालीले प्रदेश ५ की रीता धरालालाई ५–० ले पराजित गर्दै क्वाटरफाईनलमा […]

April 13, 2019

हक्कीमा आर्मीलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – आठौं अन्तर्गत हक्कीमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले महिला र पुरुषमा सफलता हात पारेको छ । नेपालगन्जको मंगलप्रसाद माविको खेलमैदनमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीमा आर्मीले प्रदेश ३ लाई ८–० गोल अन्तरले पराजित गरेको छ । आर्मीको जितमा दीपेन्दै ऐरले ह्याट्रिकसहति ४ गोल गरे । प्रदीप राजवंशी, रोशन […]

April 13, 2019

बास्केटबल : प्रदेश ३ को जित

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १५औं राष्ट्रिय महिला बास्केटबलमा राष्ट्रिय टिमकी कप्तान समेत रहेकी सदीना श्रेष्ठको टोली प्रदेश ३ ले विजयी सुरुआत गरेको छ । दाङको घोराहीमा भएको प्रतियोगितामा प्रदेश ३ ले प्रदेश १ लाई ४८–१७ ले पराजित ग¥यो । जितमा सदीनाले ११ अंक योगदान गरिन् । महिलामै एपीएफले प्रदेश ४ लाई ५०–३५, प्रदेश ७ […]

April 13, 2019

फेन्सिङः आर्मी च्याम्पियन हुने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – आठौँ अन्तर्गत फेन्सिङ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी यसपटक पनि च्याम्पियन हुने पक्का भएको छ । शनिबारसम्म आर्मीले सर्वाधिक ६ स्वर्णपदक जितसँगै आर्मी च्याम्पियन बन्ने पक्का भएको हो । ३ वटा प्रदेशले समान ३ र एपीएफले एक स्वर्ण हात पारेको छ । शनिबारको खेलमा फोयल पुरुष समूहमा त्रिभुवन आर्मीले प्रदेश ३ […]

April 13, 2019

कबड्डी : आर्मीको सानदार सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पहिलो दिन शनिबार आर्मीले सानदार सुरुआत गरेको छ । पुरुष/महिला दुवैमा आर्मीले दोहोरो जित निकाल्यो । बर्दियाँको बाँसगढी कबड्डी एकेडेमीमा पुरुषतर्फ आर्मीले प्रदेश १ लाई ७७–२९ तथा प्रहरीलाई ६२–३० ले पराजित ग¥यो । अन्यमा प्रदेश ५ ले प्रदेश २ लाई ३६–२६, एपीएफले सुदूरपश्चिम प्रदेशलाई ४५–३५ र गण्डकीले प्रदेश […]

April 13, 2019

बुद्धिचाल: ६ खेलाडीको समान अंक

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलातर्फ ६ खेलाडीको समान अंक भएको छ । मनोलिसा खुम्बु, सुजना लोहनी, सुरुची थिङ, सिन्दिरा जोशी, खुश्बु थापा र शान्ति धिमालले दोश्रो चरणको खेल समाप्तिसम्म समान २–२ अंक जोडेका छन् । खुश्बु र शान्ति प्रदेश १ तथा बाँकी चार आर्मीका हुन् । खुलातर्फ एपीएफका क्षितिज भण्डारी, प्रहरीका सूरवीर […]

April 13, 2019

लनटेनिस : लिसानेविच दिदीभाइलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस खेलमा मिक्स डबल्सतर्फ एपीएफका इभान हो लिसानेविच र अश्लेषा लिसानेविच दीदीभाईको जोडीले स्वर्ण जितेका छन । शनिबार भएको फाईनलमा उक्त जोडीले अभिलाषा विष्ट र प्रनव खनालको जोडीलाई ३–६, ६–४, १०–७ को सेटमा पराजित गरे । प्रदेश नं. ४ का अनिल साही र गंगा शर्मा […]

Success

Thank you for your time.