default_image

राष्ट्रिय खेलकुद

October 18, 2022

भारोत्तोलनमा पुलिसको वर्चश्व

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिसका विकास थापाले भारोत्तोलनको पुरुष ८१ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५१ केजी भार बहन गर्दै स्वर्ण जिते । मधेश प्रदेशका राज गुरु यादवले रजत र सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य जिते । मधेशका राजले स्न्याचमा […]

October 18, 2022

पौडीमा आर्मी टिम च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – पौडीमा आर्मी च्याम्पियन बनेको छ । २० स्वर्ण, ९ रजत र ७ कास्यसहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदकसहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदकसहित तेस्रो भयो । अन्तिम दिन […]

October 18, 2022

महिला कुस्तीमा आर्मी र सुदूरपश्चिमलाई स्वर्ण

नवलपुर (हाम्रो खेलकुद) – महिला कुस्तीमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले स्वर्ण जितेका छन् । पूर्वी नवलपरासीमा मंगलबार भएको स्पर्धामा आर्मी र पुलिसले समान ५ स्वर्ण पदक जितेका हुन् । ५७ केजी तौल समूहमा आर्मीकी लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल […]

October 18, 2022

आर्चरीमा गण्डकी अग्रस्थानमा

पोखरा (हाम्रो खेलकुद) – आर्चरीको तीन विधाको कुल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो हुँदा गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । गण्डकीले दुई रजत र एक कास्य पनि जितेको छ । आर्मीले दुई स्वर्ण र चार कास्य तथा एपिएफले एक स्वर्ण, एक रजत र एक कास्य जितेको छ । पुलिसले एक रजत, एक काँस्य […]

October 18, 2022

अभावै अभावमा आर्चरी : खेल सकिन लाग्दा पनि सामाग्री आएन

पोखरा (हाम्रो खेलकुद) – बाहिर खुबै हर्ष छ, नवौं संस्करणमा आइपुग्दा आर्चरी खेलमा पहिलो पटक देशभरबाट यति धेरै खेलाडी र टोली सहभागी भएका छन् । भित्री मनमा भने असाध्यै पीडा छ, खेलको महाकुम्भ आयोजना गर्न खेलकुदको सर्वोच्च निकाय राखेपले आवश्यक खेल सामाग्री नै दिएन । आर्चरी खेलको विकास तथा विस्तारमा तन, मन, ध्यान लगाएका आर्चरी […]

October 18, 2022

तीन विभागसँगै गण्डकी पुरुष भलिबलको सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – तीन विभागीय टोलीसँगै गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार क्वाटरफाइनलमा आर्मी, पुलिस, एपिएफ र गण्डकी प्रदेशले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । पहिलो क्वाटरफाइनलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० ले हरायो । दोस्रो खेलमा आर्मीले बागमती प्रदेशलाई […]

October 18, 2022

शीर्ष खेलाडीविनै ब्याडमिन्टनको राष्ट्रिय खेलकुद

सुबास हुमागाईं, पोखरा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ब्याडमिन्टनमा राष्ट्रिय वरीयताका शीर्ष ४ खेलाडीविना नै प्रतियोगिता संचालन भएको छ । नेपाल नम्बर १ दीपेश धामीसहितका ४ खेलाडी विदेशमै रहँदा राष्ट्रिय प्रतियोगिता केही खल्लो बन्न पुगेको छ । नेपाल ब्याडमिन्टन संघले पछिल्लो पटक सार्वजनिक गरेको वरीयता अनुसार दीपेश धामी २६ हजार ५ सय ७० अंकसहित नेपालको […]

October 18, 2022

सावित्राको गोलमा एपिएफ महिला फुटबलको फाइनलमा

वालिङ (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । वालिङ खेल मैदानमा मंगलबार अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै उपाधि रक्षा नजिक पुगेको छ । एपिएफ साविक विजेता हो । सावित्रा भण्डारी सम्बाले गरेको गोल खेलको निर्णायक बनेको छ । सावित्राले ५६ औं मिनेटमा […]

October 18, 2022

एपिएफकी धाविका पुष्पा घाइते

पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी धाविका पुष्पा भण्डारी नवौं राष्ट्रिय खेलकुदका क्रममा घाइते भएकी छन् । एथलेटिक्सअन्तर्गत मंगलबार महिला म्याराथनमा दौडिरहेको समयमा खुट्टामा चोट लागेर घाइते भएकी हुन् । म्यराथनको करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । झन्डै २० कीलोमिटर पार गर्दै थिँए,खुट्टा दुख्यो,’ नवौं महिला १० किलोमिटरमा […]

October 18, 2022

एपिएफ र पुलिस महिला भलिबलको फाइनलमा

म्याग्दी (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ फाइनलमा प्रवेश गरेका छन् । एपिएफले बागमती प्रदेशलाई तथा पुलिसले घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा भेट तय गरेका हुन् । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा मंगलबार भएको पहिलो सेमिफाइनलमा एपिएफले बागमती प्रदेशमाथि ३–१ को […]

Success

Thank you for your time.