default_image

बक्सिङ

April 19, 2022

मिनु र सन्जु क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ र नेपाल एपिएफ क्लबकी सन्जु माया थिङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । बसन्तपुर डबलीमा मंगलबार भएको महिला ५१ केजीमा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई तथा एपीएफकी सन्जुमाया थिङले प्रदेश १ की सुस्मिता श्रेष्ठलाई […]

April 18, 2022

गणेमान सिंह बक्सिङ मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ । काठमाडौंको बसन्तपुर डबलीमा आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता […]

April 12, 2022

बक्सिङ टोलीको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा सहभागी भई ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे । थाइल्यान्डको फुकेटमा अप्रिल १ देखि १० तारिखसम्म भएको प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले प्रतिस्पर्धा गरेका […]

April 9, 2022

पुनमलाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डको फुकेटमा संचालन भई रहेको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ खेलाडी पुनम रावलले महिला ६० केजी तौल समूहमा काँस्य पदक जित्न सफल भएकी छन् । वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले फिलिपिन्सकी रिजा पासइटसँग ३–२ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरीन् । फाइनलमा रिजाले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण […]

April 6, 2022

सुरज र किसन पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – दाङका सुरज ओली र रोल्पाका किसन घर्तीमगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । कैलालीको धनगढीमा भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजीमा सुरजले बाँकेका धर्मवीर चिडीमार र ५७ केजीमा किसनले बाँकेका विनोद चौधरीलाई पराजित गर्दै पहिलो स्थान हात पारे । पुरुषकै ६३ केजी तौल समूहमा […]

April 5, 2022

सन्दीप र रामबहादुरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कञ्चनपुरका सन्दीप नाथ र कञ्चनपुरकै रामबहादुर थापाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा स्वर्ण जितेका छन् । कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले बाजुराका चिरञ्जीवि खड्कालाई पराजित गर्दै स्वर्ण जिते । पुरुषकै ५७ केजीमा अछामका रञ्जन भट्टलाई हराउँदै रामबहादुरले पहिलो स्थान हासिल गरे । […]

April 5, 2022

बाग्मती टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशले मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा दोश्रो भएको एपीएफ क्लबले २ स्वर्ण हात पा¥यो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले १ स्वर्ण प्राप्त ग¥यो । […]

April 4, 2022

सन्दीप र चिरञ्जीवी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कञ्चनपुरका सन्दीप नाथ र बाजुराका चिरञ्जीवि खड्का गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेका छन् । सोमबार कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको प्रतिस्पर्धामा सन्दीपले अछामका ईश्वर बुढालाई पराजित गरे । यसैगरी चिरञ्जीविले कैलालीका सुनील रानालाई हराउँदै सन्दीपसँगको भिडन्त पक्का गरे । पुरुषकै ५७ केजीमा […]

April 4, 2022

सुष्माको प्रतिस्पर्धात्मक हार

काठमाडौं (हाम्रो खेलकुद) – फुकेटमा सञ्चालन भईरहेको थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुस्मा तामाङले ४८ केजी तौल समूहमा इटालीकी रोबर्टा बोहाटीसँग ३–२ को स्पिलिट डिसिजनमा हार बेहोरेकी छिन् । खेलको पहिलो राउण्डमा ५–० ले हारेकी सुष्माले दोश्रो राउण्डमा ३–२ ले पछाडी परे , तर तेश्रो तथा अन्तीम राउण्डमा ०–५ ले खेल आफ्नो पक्षमा पार्न […]

April 4, 2022

चिरन र डायमन्ड फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका चिरन राई र बाग्मती प्रदेशका डायमन्ड राई मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको फुल कन्ट्याक्टतर्फ पुरुष ५५ केजीमा सोमबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा चिरनले बाग्मतीका विमल वाइबा तथा डायमन्डले बाग्मतीकै जेम्स अवाललाई पराजित गरे । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगिताको के– […]

Success

Thank you for your time.