default_image

गल्फ

October 26, 2019

मनाङका पूर्व कप्तान टासीलाई एनसेल बाह्रखरी गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी टासी दोङले एनसेल बाह्रखरी गल्फ आमन्त्रण गल्फ प्रतियोगिता उपाधि जितेका छन् । गोकर्ण गल्फ कोर्षमा शनिबार भएको तेस्रो संस्करणको प्रतियोगितामा टासीले उपाधि जितेका हुन् । ३९ अंक स्कोर गरेका ए डिभिजन टोली सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबका पूर्व कप्तान रहेका टासी काउन्ट ब्याकका आधारमा विजयी भएका थिए । ३९ […]

October 21, 2019

शुक्रलाई ५० हजार बराबर सामाग्रीसहित सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – गत साता भुटानमा सम्पन्न भुटान एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका नेपालका नम्बर १ एमेच्योर गल्फर शुक्रबहादुर राईलाई नेपाल गल्फ संघले सोमबार सम्मान गरेको छ । गल्फ संघका अध्यक्ष टासी घलेले एक कार्यक्रमबीच शुक्रलाई ५० हजार बराबरको सामग्री उपलब्ध गराएको घोषणा गरे । उनले दक्षिण एसियाली खेलकुदका लागि नेपालले गरेको तयारी राम्रो […]

October 20, 2019

सगरमाथा आधारक्षेत्रमा गल्फ

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकै सबैभन्दा उचाईमा ‘आमन्त्रण गल्फ’ प्रतियोगिता खेलिएको छ । बाह्रखरी मिडियाको वार्षिक इभेन्टको आमन्त्रण गल्फ प्रतियोगिता विश्वको सर्वाेच्च शिखर सगरमाथाको आधार शिविर कोङ्दे रि (४,२५०) मिटर उचाईमा भएको हो । यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्वनमा उल्लेखनीय सहयोग पु¥याउने अपेक्षाका साथ प्रतियोगिता […]

October 13, 2019

शुक्रलाई भुटानमा एमेच्योर गल्फ उपाधि, शीर्ष ५ मा ४ नेपाली

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली नम्बर एक एमेच्योर गल्फर शुक्रबहादुर राईले २८ औं भुटान ओपन एमेच्योर च्याम्पियनसिपको उपाधि जितेका छन् । रोयल थिम्पु गल्फ क्लबमा आइतबार सम्पन्न च्याम्पियनसिपमा भुटानी जिवाङ गुरुङलाई एक स्ट्रोकले पछि पार्दै शुक्रले उपाधि जितेका हुन् । अन्तिम दिन इभन पार ७० को कार्ड बनाएका शुक्रबाले ७२ होलमा कुल ४ अन्डर २ सय […]

September 27, 2019

प्रिन्सलाई ‘टुरिजम डे’गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स भण्डारीले ‘वल्ड टुरिजम डे’ गल्फ प्रतियोगिताको उपाधि जितेको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार गोकर्ण गल्फ रिसोर्टमा एक दिन आयोजना भएको गल्फ प्रतियोगितामा प्रिन्सले १८ ह्यान्डीक्यापमा ४० स्टेबलफोर्ड अंकसहित उपाधि जित्न सफल भएका हुन् । उपाधिसँगै प्रिन्सले थाइ एयरवेजबाट थाइल्यान्ड भ्रमणको टिकटका साथै ट्रफी मेडल र प्रमाणपत्र पाए । किसन अग्रवालले […]

September 25, 2019

विश्व पर्यटन दिवसमा गल्फ हुने

काठमाडौं (हाम्रो खेलकुद) – विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार एक दिने ‘वल्ड टुरिजम डे गल्फ’ प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल गल्फ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भ्रमण वर्ष २०२० लाई प्रवर्दन गर्ने उदेश्यले आयोजना गर्न लागिएको जानकारी गराए । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता १८ होलको स्टेबल ३÷४ हेन्डीक्यापमा हुनेछ । प्रतियोगितामा […]

September 23, 2019

बाह्रखरी एभरेष्ट गल्फ दुई चरणमा हुने

काठमाडौं (हाम्रो खेलकुद)– बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’को तेस्रो संस्करण अक्टोबरमा आयोजना हुने भएको छ । बाह्रखरी मिडियाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताले देशको प्रचारप्रसार गर्नुका साथै खेल भावनालाई प्रोत्साहन गर्ने र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखेको बताइएको छ । बाह्रखरी मिडियाले यस वर्षको […]

September 21, 2019

सागका लागि गल्फ टोली वैदेशिक प्रशिक्षणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि गल्फतर्फ नेपालको दुई टोली प्रतियोगितामा प्रतिस्पर्धा तथा प्रशिक्षणका लागि विदेश प्रस्थान गर्ने भएका छन् । चीनमा हुने एसियन एम्योचोर गल्फ च्याम्पियनसिप र थाइल्याण्डमा हुने ८५औं थाइ एम्योचोर ओपन गल्फ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली त्यसतर्फ जाने भएका हुन् । नेपाली […]

August 3, 2019

प्रधुम्नलाई पाँचौ संस्करणको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – प्रधुम्न सिम्खडाले गोकर्ण गल्फ क्लबमा जारी सुर्य नेपाल मन्थ्ली मेडल अन्तर्गत पाँचौ संस्करणको उपाधि जितेका छन् । १९ ह्यान्डीक्यापका सिम्खडाले ११ अन्डर ६१ को नेट स्कोर जोड्दै उपाधि जितेका हुन् । दोस्रो स्थानका फिन्त्सो ओङदीले नेट स्कोर ४ अन्डर ६८ तथा तेसोर स्थानका पूर्णबहादुर राईले ३ अन्डर ६९ नेट स्कोर जोडे […]

July 6, 2019

च्यारिटी गल्फ सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका गोप चित्रकारले गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न ‘वी आर अल एबल’ च्यारिटी गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोपालले ४२ अंक जोड्दै ४१ अंक जोडेका दिपक कार्कीलाई पछाडि पारे । उनले काठमाडौंबाट सिंगापुरको दुईतर्फी हवाई टिकट प्राप्त गरे । उनले उक्त टिकट च्यारिटीलाई हस्तान्तरण गर्ने गरी बोलकबोलमा राखे […]

Success

Thank you for your time.