default_image

NSJF Pulsar Sports Award

August 18, 2020

पल्सर अवार्ड आयोजनाको तयारी सुरु

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले वर्षेनी आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड यो वर्ष पनि आयोजना गर्ने तयारी थालेको छ । मञ्चको मंगलबार बसेको भर्चुअल बैठकले यस वर्षको अवार्ड असोज अन्तिमसम्ममा आयोजना गर्ने तयारी थालिएको निर्णय गरेको हो । हरेक वर्ष असार वा साउनमा हुदै आएको अवार्ड कार्यक्रम यसपटक विश्वव्यापी बनेको […]

July 1, 2020

धनगढीले सुदूरपश्चिम स्पोर्टस अवार्डलाई बजेट छुट्टायो

धनगढी (हाम्रो खेलकुद) – धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले आयोजना गर्ने सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि बजेट विनियोजन गरेको छ । धनगढीले अगामी आर्थिक बर्ष २०७७/७८ का लागि स्पोर्टस अवार्डका लागि बजेट विनियोजन गरेको हो । धनगढीकी उपमेयर सुशिला मिश्र भट्टले पाँचौं नगर सभामा प्रस्तुत गरेको बजेमा स्पोर्ट्स अवार्डलाई बजेटको व्यवस्था मिलाईएको […]

June 12, 2020

मञ्चका सदस्यलाई मास्क र सेनिटाइजर सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका सदस्य रोशन श्रेष्ठले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का सदस्यहरुलाई शुक्रबारबार मास्क र सेनिटाईजर सहयोग गर्नु भएको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण सहयोग गरेको बताइएको छ । संघका सदस्य श्रेष्ठले मञ्चका अध्यक्ष दुर्गा नाथ सुवेदी (देवेन्द्र) लाई एक सय थान केएन–९५ मास्क र एक सय थान सेनिटाईजर […]

May 1, 2020

सुमनको स्मृतिमा आश्रमलाई सहयोग

हेटौडा (हाम्रो खेलकुद)– विनाशकारी भूकम्पमा परी निधन भएका खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा शुक्रबार एक वृद्धाश्रमलाई नगद सहयोग गरिएको छ । हेटौंडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रममा आश्रितहरुलाई एकदिनको भोजन ग्रहणका लागि नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रिय कार्यसमिति काठमाडौंले आफ्ना मञ्चका मकवानपुर समन्वय शाखाका संस्थापक अध्यक्ष भोम्जनको स्मृतिमा वृद्धाश्रलाई १० हजार रुपैयाँ सहयोग गरेको हो । मञ्च […]

May 1, 2020

सुमनको छत्रछायाँमा रन्जनको फुटबल यात्रा

पाँचौं सुमन भोम्जन स्मृति दिवस प्रकाश तिमल्सिना, काठमाडौं फुटबल खेल्ने हरेक खेलाडीको सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ नै । त्यसमध्ये थोरैको मात्र सपना पूरा हुन्छ । राष्ट्रिय टोलीमा परेर उपाधि जित्ने त्यो भन्दा कम हुन्छन् । यसमा दाजुभाई एकैपटक राष्ट्रिय टोलीमा खेल्ने दुर्लभ हुन्छ । अनि सँगै उपाधि जित्ने अवसर सायदै सोचिएको हुन्छ । नेपाली […]

February 4, 2020

ओलीलाई बेष्ट कोलम राइटिङ अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – खेल पत्रकार प्रज्जवल ओलीले एआइपिएस स्पोर्ट्स मिडिया अवार्डअन्तर्गत बेष्ट कोलम राइटिङ जितेका छन् । विश्वभरका खेल पत्रकारहरुको साझा संस्था इन्टरनेसनल स्पोर्ट्स प्रेस एसोसिएसन (एआइपिएस) ले गत वर्षदेखि आयोजना गरेको स्पोर्ट्स मिडिया अवार्डको ‘बेष्ट कोलम राइटिङ’तर्फ ओलीको समाचार विश्वको उत्कृष्ट बन्न सफल भएको हो । हगेंरीको बुडापेस्टमा सोमबार राति भएको अवार्ड कार्यक्रममा […]

January 24, 2020

शीर्ष ३ मा परेका ओलीलाई मञ्चको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)– खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकुद पत्रकार मञ्चले एआईपीएस स्पोर्टस् मिडिया अवार्डको ‘वेस्ट कोलम राइटिङ’ विधाको उत्कृष्ट तीनमा पर्न सफल काठमाडौं पोष्टका खेल पत्रकार प्रज्वल ओलीलाई बधाई तथा शुभकामना दिएको छ । मञ्चले शुक्रबार कार्यक्रमको आयोजना गर्दै मञ्चका महासचिव समेत गरेका ओलीलाई मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र), एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी, मञ्चका […]

December 31, 2019

प्रिन्स र कविता सुदूरपश्चिमका उत्कृष्ट

धनगढी (हाम्रो खेलकुद)– ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवरले सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । पहिलो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डमा क्रिकेटका खड्ग बोहोरा र भारोत्तोलनका सागर भण्डारीलाई पछि पार्दै ब्याडमिन्टनमा सागका पदक विजेता प्रिन्स विजेता बनेका हुन् । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले आयोजना गरेको अवार्डमा […]

December 29, 2019

खेलकुद पत्रकार मञ्च झापा र नेम्वाङबीच सम्झौता

धुलाबारी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ का लागि दाताहरुसँग आर्थिक सम्झौता सुरु गरेको छ । यसै क्रममा आगामी तीन वर्षका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मञ्चबीच आर्थिक सम्झौता नवीकरण भएको छ । नेम्वाङले यसअघि अवार्डका तीन संस्करणमा पनि सहयोग गरका […]

December 25, 2019

सुदूरपश्चिम स्पोर्टस अवाडलाई ठाकुर ग्रुपको पनि साथ

धनगढी (हाम्रो खेलकुद)– अर्को साता आयोजना हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको ठाकुर ग्रुपले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलाली समनवय शाखाको आयोजनामा पुस १५ गते धनगढीमा अवार्ड आयोजना हुँदैछ । स्पोर्टस अवार्डको एउटा विधा लाइभफाइम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेको छ । अब यो विधाको नाम ठाकुर ग्रुप लाईफ टाईम […]

Success

Thank you for your time.