default_image

NSJF Pulsar Sports Award

September 30, 2019

उमेश र एस्तरलाई झापा स्पोर्टस् अवार्ड

बिर्तामोड (हाम्रो खेलकुद) –शरीरिक सुगठनका उमेश राई र करातेका एस्तर राईले झापा स्पोर्टस अवार्ड २०७५ जितेका छन् । शारीरिक सुगठनका उमेश राईले पुरुष बर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै मोटरसाइकल प्राप्त गरे । उनले फुटबलर नवयुग श्रेष्ठ र शारीरिक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । उमेश दक्षिण एसियाली च्याम्पियन हुन् ।  स्पोर्टस् अवार्डको बर्ष उत्कृष्ट […]

September 20, 2019

नवयुग झापा स्पोर्टस अवार्डको मनोनयमा

बिर्तामोड (हाम्रो खलकुद)– राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ तथा शारीरिक सुगठनका राम दाहाल र उमेश राई झापा स्पोर्टस अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनमा पर्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले असोज १३ गते आयोजना गर्ने झापा स्पोर्टस् अवार्ड तेस्रो संस्करणको शुक्रबार मनोनयन सार्वजनिक गरेको छ […]

September 3, 2019

झापा स्पोर्टस् अवार्ड असोजमा

बिर्तामोड (हाम्रो खेलकुद) – झापा स्पोर्टस् अवार्डको तेस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ असोज १३ गते बिर्तामोडको आदर्श ब्यांक्वेटमा हुने मंगलबार पत्रकार सम्मेलनमार्फत जनकारी दिएको छ । मंगलबार बिर्तामोडको रेड चिल्ली क्याफेमा भएको पत्रकार सम्मेलनमा अवार्डको मिति सार्वजनिक गर्नुका साथै अवार्ड […]

July 2, 2019

युकेश बने उत्कृष्ट पुरुष खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – पाराग्लाइडिङका युकेश गरुङले पल्सर स्पोर्टस अवार्ड २०७५ को उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् । युकेश गुरुङ (प्याराग्लाइडिङ) इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम इभेन्टका रजत पदक विजेता एसियाडमा नेपाललाई २० बर्षपछि रजत दिलाउँदा पाँच मध्येका प्रमुख खेलाडी, डेब्यु खेलमै सर्वाधिक स्कोर स्याङ्जामा भएको प्याराग्लाइडिङ एक्युरिसी […]

July 2, 2019

सावित्रालाई उत्कृष्ट महिला खेलाडी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल खेलाडी सावित्रा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को उत्कृष्ट महिला खेलाडी अवार्ड जितेकी छिन् । सावित्रा भण्डारी (फुटबल) भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान, भारतलाई इतिहासमा पहिलो पटक २–१ ले हराउँदा दुबै गोल गर्ने खेलाडी नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउनमा मुख्य भूमिका […]

July 2, 2019

रोकायालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – एथ्लेटिक्सका प्रशिक्षक हरिबहादुर रोकाया पल्सर स्पोर्टस अवार्ड २०७५ मा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । खेलाडी जिवनमा नेपालका लागि समेत खेलेका रोकायाकै प्रशिक्षणमा रहेका थुप्रै खेलाडीले अहिले नेपाली दबदबा जमाइरहेका छन् ।

July 2, 2019

अन्तर्राष्ट्रिय खेल पत्रकार अवार्डबाट मलिक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानी खेल पत्रकार अम्जद अजिज मलिक पल्सर स्पोर्टस अवार्ड २०७५ को अन्तर्राष्ट्रिय खेल पत्रकारबाट सम्मानित भएका छन् ‌। एआईपीएस एसियाका महासचिव समेत रहेका मलिक पाकिस्तान स्पोर्ट्स राइटर्स एसोसिएसनका अध्यक्ष हुन् ।

July 2, 2019

रेश्मालाई पिपुल्स च्वाइस अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – भलिबलकी रेश्मा भण्डारीले पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको उपाधि जितेकी छिन् । रेश्माले कुल मतको ३२ प्रतिशत मत प्राप्त गरेकी थिइन् । दोस्रो स्थानकी सावित्रा भण्डारी २९ प्रतिशत मतमा सिमित भइन् । यस उपाधि मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप […]

July 2, 2019

रोहित स्पेशल अवार्डबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा खेलाडी रोहित चन्द पल्सर स्पोर्टस अवार्ड २०७५ को स्पेशल अवार्डबाट सम्मानित भएका छन् । इन्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका चन्द गतवर्ष आफ्नो क्लब पर्सिजा जकार्तालाई लिग उपाधि जिताउँदा लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । रोहितको अनुपस्थितिमा दाजु रविन्द्र चन्दले अवार्ड ग्रहण गरेका थिए ।

July 2, 2019

मनकेसीलाई पारा एथलिट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – दृष्टिविहिन क्रिकेटर मनकेसी चौधरीले पल्सर स्पोर्टस अवार्ड २०७५ को पारा एथलिट अवार्डको उपाधि जितेकी छिन् । पाकिस्तानमा भएको मैत्रीपूर्ण सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै मनकेसी प्लेयर अफ द सिरिज भएकी थिइन् ।

Success

Thank you for your time.