default_image

अन्य

August 13, 2023

श्रेष्ठ एसियन ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकार चयन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ एसियन ट्रायथलन संघका अध्यक्ष राजकुमार फहाद बिन जलाबी बिन अब्दुल अजिजको सिनियर सल्लाहकार चयन भएका छन् । साउदी अरेबियाका राजकुमार अजिज जुन २३ मा जापानमा भएको ल अफ एसियाअन्तर्गतको कार्यकारी चुनावी साधारण सभाबाट एसियन ट्रायथलनको अध्यक्ष चुनिएका थिए । उनी ओलम्पिक काउन्सिकार्यालयका सदस्य तथा शैक्षिक कमिटीका […]

August 13, 2023

न्यू डायमण्डलाई पर्वत क्लब हङकङको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– पर्वत क्लब,हङकङले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको निर्माणाधिन इन्डोर हलका लागि आर्थिक सहयोग गरेको छ । पर्वत क्लब हङकङले संकलन गरेको २ लाख १ रुपैयाँ रुपैयाँ निर्वतमान उपाध्यक्ष गौरवकुमार गुरुङले आइतबार न्यू डायमण्डका अध्यक्ष एवंम प्रशिक्षक कुमार राईलाई हस्तान्तरण गरे । न्यू डायमण्डले आफ्ना महिला खेलाडीलाई नियमित प्रशिक्षणका लागि इन्डोरहल र छात्रबास […]

August 12, 2023

एपिएफलाई हराउँदै किङ्स क्लब फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लबमाथि सोझो सेटमा जित निकाल्दै आयोजक किंग्स क्लब काठमाडौं दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको सेमिफाइनलमा एपिएफलाई २५–१८, २५–२२ र २६–२४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा विभागीय नेपाल पुलिस क्लबसँगको भेट […]

August 12, 2023

अरहान्त र कृष्णालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक खेलाडी अरहन्त केसर सिंह र कृष्णा थापा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । अरहान्त पुरुष एकलमा तथा कृष्णा महिला एकलमा च्याम्पियन बनेकी हुन् । गत वर्ष पनि यि दुई नै च्याम्पिउन बनेका थिए ।ललितपुरको सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले दिपक थापालाई ११–६, […]

August 11, 2023

भलिबल संघको ११ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले ११ जनाको सल्लाहकार समिति गठन गरेको छ । संघको कार्यसम्पादनको शुक्रबार बसेको बैठकले सल्लाहकार समितिसँगै ५ सदस्यीय रेफ्री कमिसन तदर्थ समिति गठन गरेको छ । संघका उपाध्यक्ष हरकसिंह धामीको संयोजकत्वमा रहेको रेफ्री कमिसन तदर्थ समितिलाई बढीमा छ महिना भित्र रेफ्रीहरुको राष्ट्रिय भेला गरि निर्वाचन गराउने जिम्मेवारी दिइएको संघका […]

August 11, 2023

गण्डकीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै विभागीय नेपाल पुलिस क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार भएको खेलमा पुलिसले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो […]

August 10, 2023

गण्डकी र एपिएफ समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश र विभागीय नेपाल एपिएफ क्लब समूह विजेता बन्दै दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी समूह ‘ए’ को विजेता तथा एपिएफ समूह ‘बी’ को विजेता बनेर अन्तिम चारमा पुगेको हो । दुवै टोली समूहमा अपराजित रह्यो । समूह ‘ए’ बाट आयोजक किङ्स क्लब […]

August 9, 2023

१० महिनापछि नवौं राष्ट्रिय खेलकुदको हिसाब सार्वजनिक, झण्डै ५४ करोड खर्च

काठमाडौं (हाम्रो खेलकुद)– गण्डकीमा गत वर्ष भएको नवौं राष्ट्रिय खेलकुद आयोजनामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको १० महिना भन्दा लामो समयपछि हिसाब सार्वजनिक गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले ५३ करोड ७९ लाख ४ हजार २ सय […]

August 7, 2023

मलेसियामा न्यूजेनका २ खेलाडीले जिते पदक

ठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेन तेक्वान्दो एकेडेमीका दुई खेलाडीले पदक जितेका छन् । मलेसियाको क्वालालम्पुरमा साउन १९ र २० गते भएको च्याम्पियनसिपमा न्यूजेन सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका हुन् । सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू १३ देखि १५ को ब्ल्याक […]

August 4, 2023

हाम्रो खेलकुदको यात्रा आठ वर्ष पूरा

हाम्रो खेलकुद डट कमले आज आठौं वर्ष पूरा गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख, विचार प्रस्तुत गर्नुका साथै देशको खेलकुद क्षेत्रको उन्नतीका लागि सञ्चारक्षेत्रले खेल्नु पर्ने भूमिका निर्वाह गर्नका लागि सुरु भएको हाम्रो यात्रा जति कठिन रह्यो त्यति नै रोमान्चक रह्यो । यो यात्रामा साथ दिनुहुने पाठक, श्रोता र दर्शक प्रति हामी […]

Success

Thank you for your time.