September 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – माजेका सनोज खड्गीले दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा आइतबार जित हात पारेका छन् । बौद्धस्थित आयोजक छोर्तेन स्नुकर क्लब, बौद्धमा भइरहेको प्रतियोगितामा सनोजले एक्सक्लुसिभका नुजल मानन्धरलाई ३–१ को फ्रेममा पराजित गरे । अन्य खेलमा स्टार युथ क्लबका सन्दिप मगरले एमजीएमका छिरिङ लामालाई ३–०, दिप लभका परिवेश रेग्मीले साम्भालाका विकास […]
September 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सन्जिव तामाङ र सन्जितकुमार राईले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्समा दोहोरो पदक जितेका छन् । स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा ८.३ अंक जोड्दै सन्जिव पहिलो भएको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । पोल्यान्ड दोश्रो तथा जर्मनी तेश्रो भए। […]
September 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आइतबारसम्म गण्डकी प्रदेशले सर्वाधिक ७ सय २ खेलाडीको नाम दर्ता गराएको छ । राष्ट्रिय खेलकुदमा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने राष्ट्रिय खेलकुदमा सहभागिता जनाउदै छन् । नेपाल आर्मीले ६ सय […]
September 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वको प्रतिष्ठित म्याराथन मध्येको एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन् । धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाई गरे […]
September 25, 2022
एजेन्सी – केन्याली धावक एलिउड किप्चोगेले आफ्नै नामको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाएका छन् । जर्मनीको बर्लिनमा आइतबार भएको म्यारथनमा उनले नयाँ कीर्तिमान बनाएका हुन् । ३७ वर्षीय किप्चोगेले २ घण्टा १ मिनेट ९ सेकेण्डमा निर्धारित दुरी पार गरेका हुन् । बर्लिनमा नै चारवर्ष अघि उनले सोही दुरी २ घण्टा १ मिनेट ३९ सेकेण्डमा पूरा […]
September 25, 2022
दिपक बोहरा, पाँचथरनवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश १ को छनोमा पाँचथरले ११ स्वर्ण पदक जितेको छ । प्रदेशबाट पाँचथरका २२ खेलाडी छनोट भएका छन् । भदौ २८ गते देखि असोज ८ गतेसम्म प्रदेश छनोटमा पाँचथरले आइ.टि.एफ तेक्वान्दो, फुलकन्ट्रयाक कराते र कुस्तीमा समान ३ वटा स्वर्ण तथा जुडो र शारीरिक सुगठनमा समान १ स्वर्ण जितेको जिल्ला खेलकुद […]
September 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आयोजक माल्दिभ्सविरुद्ध आइतबार खेल्दै साबा महिला बास्केटबल च्याम्पियनसिपको सुरुवात गर्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राती ९ः१५ बजे सुरु हुनेछ । दक्षिण एसियाका ४ राष्ट्रको सहभागिता रहने च्याम्पियनसिपमा नेपालले दोस्रो खेल असोज ११ गते श्रीलंकासँग र राउन्ड रोविनको अन्तिम खेल भुटानसँग असोज १२ गते खेल्नेछ । सदिना […]
September 25, 2022
काठमाडौं (हाम्रो खेलकुद)– खेल पदाधिकारी रहि सकेका मोहन राई र कर्मा छिरिङ शेर्पा नेपाल काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकको बन्दसूचीमा परेका छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले निर्वाचनमा आयोजनमा बुझाएको १ सय १० बन्द सूचीमा राई र शेर्पा समेटिएका हुन् । काग्रेसको बन्द सूचीमा राईको नाम ३४ औं र शेर्पाको […]
September 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पूर्वाञ्चल प्रवासी समाज माल्टाको आयोजनामा माल्टामा पुरुष भलिबल प्रतियोगिता तथा सांगितिक कार्यक्रम आयोजना हुने भएको छ । पूर्वाञ्चल प्रवासी समाज माल्टाले पहिलोपटक वडा दशैं, दिपावली र छठको अवसरमा पुरुष भलिबल प्रतियोगिता तथा सांगितिक कार्यक्रम २ अक्टोवर अर्थात वडादशैंको फुलपातीको दिन हुनेछ । एक दिने प्रतियोगिताको खेलहरु सेन्ट मर्टिन कलेज स्वाटरमा हुनेछ […]
September 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगतामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजककी अध्यक्ष भगवती खड्काले जनाएकी छन् । विजयादशमी तथा तिहारको उपलक्ष्यमा भृकुटिमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराए । […]