default_image

अन्य

May 7, 2022

आर्मीको महिला भलिबल टोली पहिलोपटक च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोली क्लब भलिबलको इतिहासमा पहिलोपटक च्याम्पियन बनेको छ । शनिबार छैटौं संस्करणको आरबिबी एनभिए क्लब लिग भलिबल अन्तरगत महिलातर्फको राउन्ड रोविन लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

May 7, 2022

नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जेठ तेसा्र साता पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले शनिबार लोगो, मस्कट र नारा सार्वजनिक गरेका हुन् । राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित ५ सदस्यीय […]

May 6, 2022

नासिरको अर्काे राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याहया हुसैनले २४औं राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगितामा अर्काे कीर्तिमान बनाएका छन् । पहिलो दिन पुरुष २ सय मिटर फ्रिस्टायलमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका नासिरले शुक्रबार २ सय मिटर मिड्लेमा साय हम्जा शाहको नाममा रहेको कीर्तिमानलाई भंग गरेका हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दुरी २ मिनेट १६.२४ […]

May 6, 2022

पहिलो दिन २४ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताअन्तर्गत पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका छन् । विभिन्न ६ तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने २४ खेलाडी पहिलो चरणलाई छनोट भएको छनोट समितिका संयोजक एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो […]

May 6, 2022

बक्सिङ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा हुन लागेको आईबा विश्व महिला बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार बिदाई गरेका छन् । चार महिलासहित २ जना प्रशिक्षक र एक जना टिम व्यवस्थापकसहित जम्मा सात जनाको टोलीलाई बिदाई गरिएको हो । ८ देखि १९ मेसम्म हुने च्याम्पियनसिपमा ८३ देशका १९२ […]

May 6, 2022

पारा राष्ट्रिय खेलकुद शुरु

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने पारा राष्ट्रिय खेलकुदको शुक्रबार उद्घाटन गरिएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलकुदको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे । सोही अवसरमा २५औं विद्यालयस्तरीय विशेष खेलकुदको पनि सदस्य–सचिव घिसिङले उद्घाटन गरे । एकदिने प्रतियोगितमा ४० स्पर्धामा २ सय ९० खेलाडी सहभागी थिए […]

May 6, 2022

यशस्वी र ग्रिन उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – यशस्वी र ग्रिन भिलेज फाउन्डेसन प्रथम ब्राइट फ्युचर एसइइ कप छात्र फुटसल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु द्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा यशस्वीले ध्रुव तारालाई ४–३ गोलले पराजित ग¥यो । विजेतका अभिजित राना मगरले २ तथा धननाथ ढुंगेल र निसानराज परियारले १–१ गोल […]

May 6, 2022

जेभियरलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार जित हात पारेको छ । ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा जेभियरले नाथमलाई ७२–३८ ले पराजित ग¥यो । जेभियरका रवि पौडेलले २१ अंक जोडे । ब्वाइजमै मल्पी र केसीएम पनि विजयी भए । मल्पीले शुभश्रीलाई २४–२२ को साँघुरो अन्तरले हरायो […]

May 6, 2022

अपराजित रहँदै आर्मी शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– विभागीय त्रिभुवन आर्मी क्लब छैटौं आरबिबी एनभिए लिग भलिबल अन्तरगत पुरुषतर्फ अपराजित रहँदै शीर्षस्थानमा रहन सफल भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै अपराजित र शीर्षस्थानमा रहन सफल भएको हो । पहिलो सेट १७–२५ ले […]

May 5, 2022

नासिरको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याहया हुसैनले २४औं राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगिताको पुरुष २ सय मिटर फ्रिस्टायलमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दूरी २ मिनेट ००.९२ सेकेन्डमा पूरा गर्दै शिरिश गुरुङको नाममा रहेको २ मिनेट ०५.७१ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । नासिरले हितमा उक्त टाइमिङ […]

Success

Thank you for your time.