November 10, 2020
काठमाडौं (हाम्रो खेलकुद) – खेलाडीहरु नियमित अभ्यासमा फर्कन पाउने सम्भावना देखिएको छ । कोरोना भाइस कोभिड १९ कारण चैत ११ गते गरिएको लकडाउनयता र पछि सरकारले अनुमति नदिएका कारणका अधिकांश खेलका नियमित प्रशिक्षण रोकिएका थिए । मन्त्री परिषद्को सोमबारको बैठकले कोरोना सम्बन्धि स्वास्थ मापदण्ड अपनाएर खेलकुदका नियमित प्रशिक्षण सुरु गर्न सैद्धान्तिक सहमति जनाएको श्रोतले जनाएको […]
November 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी भएका छन् । पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए । चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । उनीहरु अंकका […]
November 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र हीराबहादुर थापाले २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । प्रतियोगिता नोभेम्बर ९ र १० तारिखमा हुने छ । प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उनीहरुलाई निर्णायकमा छनोट गरेको बताइएको छ । लामा दोश्रो तथा थापा तेश्रो श्रेणीका निर्णायक हुन् […]
November 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सोलुखुम्बु ब्याडमिन्टन संघ र स्वर्णिम सारथी संस्था सोलुखुम्बुले संयुक्त रुपमा आयोजना गरेको ब्याडमिन्टनको आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । १३ जना महिलाको सहभागितामा १५ दिन सम्म चलेको तालिमलाई प्रशिक्षकद्वय पेम्बा शेर्पा र अर्जुन श्रेष्ठले सञ्चालन गरेका थिए । समापनका अवसरमा प्रशिक्षकद्वय शेर्पा र श्रेष्ठले प्रशिक्षार्थीहरुको उज्जवल भविष्यको कामना गरे । […]
November 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन् । कमल गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता हुन् । जितबहादुरले भने सागमा टिम पुम्सेमा कांस्य पदक […]
November 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुश ढुंगेलले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । आयुशले यु–१४ पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् । ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको प्रतियोगितामा आयुशले खेलेको स्पर्धामा विभिन्न राष्ट्रका ३८ खेलाडीले सहभागिता जनाएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । ब्राजिल दोश्रो तथा […]
November 8, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपालगन्ज म्याराथनले यो वर्ष पनि निरन्तरता पाउने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि खेलकुदका सबै खाले प्रतियोगिता स्थगित छन् । चैत ११ गते सरकारले कोरोना संक्रमणको न्यूनिकरणका लागि गरेको लकडाउनयता खेलकुदको प्रतियोगिता हुन लागेको नेपालगन्ज म्याराथन पहिलो हो । क्रिएटिभ ह्यान्ड्सको आयोजना,तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापन र धारा […]
November 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्प्यिनसिपको ५० वर्षमाथिको समूहमा अलग अलग देशमा रहेका खेलाडीले पदक जितेका छन् । मेक्सिको जुआन भेलास्कोले स्वर्ण पदक जितेका थिए । आइतबार सम्पन्न प्रतियोगितामा नेपालबाट प्रतिस्पर्धा गरेका लक्ष्मणबहादुर ऐरले रजत पदक जितेको छ । त्यस्तै मकाउनमा रहेका राजु नगरकोटी र भारतका प्रमित कुमारले कास्य पदक जितेका थिए […]
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको इमाडोलमा दुई ओटा कोर्ट भएको नयाँ ब्याडमिन्टन कभर्डहल सञ्चालनमा आएको छ । इमाडोल ब्याडमिन्टन एन्ड स्पोर्ट्स क्लबले उक्त कभर्डहलको निर्माण गरेको हो । उक्त हलमा ६० जना सदस्यहरुले नियमित ब्याडमिन्टन खेल्दै आएको र निकट भविष्यमा जुनियर खेलाडीलाई प्रशिक्षण गरउोन लक्ष्य रहेको क्लबका अध्यक्ष लोक बहादुर श्रेष्ठले जानकारी गराए । यस्तै […]
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – संयुुक्त अरब इमिरेट्स (युएई) को दुवईमा नेपाली समुदायबीचको दशै–तिहार कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । विनर्स स्पोर्ट्स एकेडेमी जुराफ अजमानमा शुक्रबार राति सम्पन्न खेलको लेभल ‘ए’ तर्फ सानिया चन्द र सुमन उदयको जोडीले उपाधि जितेका छन् । सानिया र सुमनको जोडीले दिपेश श्रेष्ठ र कपुर श्रेष्ठको जोडीलाई १५–८ र १५–९ […]