default_image

अन्य

September 12, 2019

सेन्ट जेभियर्स कप कलेज बास्केटबल अर्काे महिना

काठमाडौं (हाम्रो खेलकुद)- छैटौं सेन्ट जेभियर्स कप इन्टर कलेज बास्केटबल प्रतियोगिता यही असोजमा आयोजना हुने भएको छ । सेन्ट जेभियर्स कलेज अन्तरगको खेलकुद विभागले १ असोजदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा स्नातक तहमा अध्ययनरत राजधनीका २१ कलेजहरुको सहभागिता रहनेछ । पुरुषतर्फको प्रतियोगिता लिग कम नकआउट आधारमा हुनेछ । महिलामा सिँगल राउण्ड रोबिन लिगपछि सिधै […]

September 12, 2019

आर्मी र पुलिस सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । गोगंबु बसपार्कमा जारी प्रतियोगितामा बिहीबार आर्मीले जाउलाखेल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–२३,२५–११ र २५–२१ ले जावलाखेललाई पराजित गरेको थियो । समूह एबाट आर्मी सेमिफाइनलमा पुगेका […]

September 11, 2019

काठमाडौं तेक्वान्दो च्याम्पियनसिप शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको तेस्रो संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीको सहभगिता रहने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । […]

September 11, 2019

खेल पत्रकार सिलवाल र राई सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनसजेएफ खेलपत्रकारिता सम्मानबाट नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाल र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट खेलपाटीका समाचार प्रमुख निशान राई ‘सुच्चा’लाई सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले २४औं स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘अग्रजलाई सम्मान र […]

September 10, 2019

शीर्ष वरीयताका रत्न र दिपेशको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका नेपाली सेनाका रत्नजित तामाङ र एपीएफका दिपेश धामीले नवौं संस्करणको योनेक्स सनराइज पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । इटहरीको कभर्डहलमा मंगलबार भएको शीर्ष १६ वरीयता भित्रको खेलमा रत्नले एपीएफका गौतम कठायतमाथि २–१ को सेटमा जित हात पारेको हो । अत्यधिक गर्मी भएपछि खेल्न असहज हुदा […]

September 10, 2019

नेपालगन्ज रंगशाला सञ्चालन कार्यविधि लागु

२१ करोडको पौडी पोखरी अझै अनिश्चय टीएस ठकुरी नेपालगन्ज- मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ को कार्यालयले नेपालगन्ज रंगशाला परिसरमा निर्मित सम्पुर्ण भौतिक पुर्वाधार सञ्चालनको कार्यविधि सार्वजनिक गर्दा पौडी पोखरीका बारेमा मौनता देखाएको छ । सोमबार पत्रकार सम्मेलनमार्फत कार्यालयले रंगशाला परिसरमा निर्मित अत्याधुनिक फुटबल स्टेडियम, बहुउद्देश्यीय कभर्डहल, सुटिङ रेन्ज, भारोत्तोलन हल, बास्केटबल कोर्ट र […]

September 10, 2019

भलिबल संघलाई थापाको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– यसै महिनाको सुृरुवातमा नेपाल भलिबल संघले एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पिनसिपको भव्य र सफल आयोजना गरेको भन्दा हङकङमा बस्दै आएका धर्मराज थापाले संघले आर्थिक सहयोग गरेका छन् । संघले उत्कृष्ट व्यवस्थानका साथ प्रतियोगिता आयोजना गरेको भन्दै ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी गराए । संघलाई यसरी […]

September 9, 2019

केल्मी नेपालका न्यौपाने एनआरएनए चीनका अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का चीनका लागि विशेष दुत प्रदीप न्यौपाने गैरआवासिय नेपाली संघ (एनआरएनए) चीनको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।   दुई वर्षे कार्यकालका लागि कार्यसमिति चयन हुँदा उपाध्यक्षमा सुशील बेल्बासे, खुस्बु अग्रवाल, महासचिवमा यमबहादुर क्षेत्री, सचिवमा तीर्थ पौडेल र मुकेश श्रेष्ठ, कोषाध्यक्षमा रञ्जिता आचार्य, सहकोषाध्यक्षमा बलराम लामा […]

September 8, 2019

एनओसी निर्वाचनका लागि बाटो खुल्यो !

प्रकाश तिमल्सिना काठमाडौं  – सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनका लागि बाटो खोलिदएिको छ । आफ्नै अन्तरिम आदेशलाई सर्वोच्च अदालतले आइतबार खारेज गरेपछि एनओसीको नयाँ कार्यसमितिको चयनका लागि बाटो खुलेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक परिषद् (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) सँगको परामर्शपछि निर्वाचनकोन नयाँ मिति तय गरिने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले […]

September 7, 2019

न्यु समिटलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यु समिट कलेजले दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । शनिवार भएको पुरुषतर्फको फाइनलमा आयोजक न्यु समिटिले बर्नहार्ट कलेजलाई तथा महिलातर्फ एशियन स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोेलोजी(एएसएमटी) कलेजलाई हराउदै दोहोरो उपाधि जितेको हो । पुरुषतर्फ बनहार्टलाई ४३–३७ को स्कोरमा हराउदै च्याम्पियन बन्यो भने महिलातर्फ न्यु […]

Success

Thank you for your time.